Powered by Blogger.
निशालाई चढ्यो रुपको नशा



गायिका निशा लिम्बुको मधुर स्वर पछिल्लो समयमा चलचित्र क्षेत्रमा पनि गुञ्जन थालेको छ । पाश्र्व गायनमा आफ्नो छुट्टै पहिचान बनाउँदै  गरेकी निशाले हालै चलचित्र ‘चिनारी’को एउटा गीतमा स्वर भरेकी छन् । ‘हामीले मिहिनेतका साथ ‘रुपको नशाले.......’ गीतको भिडियो तयार पारि सार्वजनिक गरेका छौं यसले दर्शक–स्रोताको मन जित्नेमा आशावादी छु’, निशाले भनिन् । आभाष निशाको दोस्रो एल्वम हो । 

यतिबेला गायिका निशा लिम्बु रुपको नशाले भन्दै दर्शक–स्रोता माझ आएकी छन् । उनकोे आभाष एल्वममा रहेको ‘रुपको नशाले.......’ गीत सार्वजनिक भएको छ । एक दशक अघि देखि मधुर साङगीतिक कोशेली दर्शक–स्रोतमाझ पुर्याउँदै आएकी निशाको यो गीत युट्युव मार्फत सार्वजनिक भएको हो ।

विकास चौधरीको सङ्गीत रहेको यो गीतको भिडियोमा सुरज कार्की र अनु शाहले मोडलिङ गरेका छन् भने भुवन लामाको निर्देशन रहेको छ । माया प्रेम भित्रको यथार्थ परक रुपमा शब्द तथा म्युजिक भिडियो मार्फत पर्दामा उतारिएको यस गीतले नेपाली साङ्गीतिक क्षेत्रमा एउटा आयाम थप्ने आफूले विश्वास लिएको निशा बताउँछिन् । 

पाँचथर, लुम्फाबुङ ९ मा जन्मेकी गायिका हाल काठमाडौं, माकलबारी वस्दै आएकी छन् ।

0 comments

Write Down Your Responses