Powered by Blogger.
जिल्ला स्तरीय वक्तृत्वकलामा कैलाश गाउँपालिकाकी स्वस्तिका बानियाँ प्रथम

हेटौडा,   जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा कैलाश गाउँपालिकाकी स्वस्तिका बानियाँ प्रथम भएकी छिन ।
विश्व बाल श्रमविरुद्धको दिवसको अवसरमा हेटौंडामा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा थाहा नगरपालिकाका कुशल नेगी दोस्रो, बकैया गाउँपालिकाका अमृत दुलाल तेस्रो र मनहरी गाउँपालिकाका रितेश सर्मा तितृय भएका छन ।

साथी सहकार्य नेपालको आयोजनामा ‘सुशासन र बालश्रमको अन्त्य बालमैत्री समाज निर्माण अबको गन्तव्य भन्ने शिर्षकमा बक्तृत्वकला प्रतियोगिता आयोजना गरेको संस्थाका अध्यक्ष सुदन विश्वकर्माले बताए ।

त्यस्तै प्रतियोगितामा मकवानपुरका १० वटै स्थानीय तहबाट १–१ जना गरी जम्मा १० जना बालबालिका सहभागी भएका संस्थाका सदस्य मनोज तितुङले बताए ।

कार्यक्रम संस्थाका अध्यक्ष सुदन विश्वकर्माको सभाध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापाको प्रमुख आतिथ्यतामा भएको हो ।

0 comments

Write Down Your Responses