Powered by Blogger.
आनाश्रित वालवालिकालाई सामग्री प्रदान


काठमाडौं । अनाश्रित वालवालिकाहरुलाई खाजा, खाना तथा पाठ्य सामग्री प्रदान गरिएको छ । 

क्षेत्रपाटी स्थित अनाश्रित वालवालिका उत्थान केन्द्र नेपालको कार्यालयमै आएर मनकारी युवा व्यवसायीले यस्तो सेवा गरेका हुन् । युवा व्यवसायी तथा महिला नेतृ सपना पाण्डेले गत शनिवार वालवालिकाहरुलाई खाजा, खाना, कापी कलम तथा खेलौना प्रदान गरेकी हुन् । 

कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णप्रसाद शिवाकोटीले समाजसेवी पाण्डेलाई धन्यवाद दिए । उक्त केन्द्रमा विगत ४ वर्षदेखि उत्पीडित, दलित, पिछडिएका र अपाङ्गता भएका एकल र आमाबाबु गुमाएका बालवालिका आश्रित छन् । 


0 comments

Write Down Your Responses