Powered by Blogger.
सडक मिचेर राखिएका पसल हटाउन थाहा नगरपालिकाको आग्रह

थाहानगर, २असार ।  मकवानपुरको थाहा नगरपालिकाले वजार क्षेत्रमा सडक मिचेर व्यापार गर्नेहरुलाई हटाउन थालेको छ ।

 नगरपालिका अन्तर्गत पर्ने त्रिभुवन राजपथ र नगरपालिकाको विभिन्न शाखा सडकहरुमा अस्थायी टहरा, घुम्ती, ठेलागाडा तथा निर्माण सामाग्रीहरु राखि नियम बिपरित सडक पेटीमा व्यापार व्यवसाय गर्दै आएकाहरुलाई हटाउन थालेको थाहा नगरपालिकाले जारी गरेको सुचनामा उल्लेख गरेको छ । 

सडक मिचेर व्यापार गर्दा दुर्घटनाको जोखिम बढेको, शहरको शौन्दर्यमा ह्रास आएको र सटर भाडामा लिएर व्यवसाय गर्ने मारमा परेको गुनासो बढे सँगै नगरपालिकाले सडक पेटिका व्यवसाय हटाउन थालेको हो । 

थाहानगरका मुख्य चोक तथा बजारका अन्य स्थानमा व्यापार व्यवसाय गर्नेहरुलाई सार्वजनिक सुचना जारी गरेको एकसाता भित्र हटाई सहयोग गरिदिनूहुन अनुरोध समेत गरेको छ । 

एक साता सम्म पनि नहटाई अटेर गरेमा सामान जफत गर्ने थाहा नगरपालिकाका कार्यकारी अधिकृत जिवन प्रसाद आर्चायले बताउनु भयो ।  
नगरपालिकाले उक्त कार्यलाई निरन्तरता नदिदा सडक पेटीमा व्यापार गर्नेहरुको संख्या बढदै गएको छ ।

0 comments

Write Down Your Responses