Powered by Blogger.
किसानले उचित मुल्य नपाउँदा बारीमै कुहियो आलु

थाहानगर,६ असार/ आलुको उचित मुल्य नपाउँदा आलु खेतीको पकेट क्षेत्र उत्तरी मकवानपुरको थाहा नगरपालिकाका किसानहरु मर्कामा परेका छन् । थाहा ३का कृषक सुजन गोपालीले १२ रोपनीमा आलु लगाउनु भएको  छ ।
 हालसम्मकै सस्तो मुल्यमा आलु बिक्री गर्नु परेपछि लगानी उठाउन पनि मुश्किल परेकोको उहाको भनाई रहेको छ । हाल सेतो आलु दश र रातो आलु १३ रुपैयाँसम्म बिक्री भईरहेको उहाँले जानकारी दिनुभयो ।

थाहानगर आग्रा चौबासका मान बहादुर मोत्तानले ३२ रोपानीमा आलु रोप्नु भएका थियो । उहाँले भन्नु भयो ४० रुपैयाँ प्रतिकेजी बिउ खरिद गरौँ’ अहिले आएर १० रुपैयाँमा बिक्री गर्नुपर्नेे अवस्था छ । लगानी समेत उठ्न गाह्रो छ ।

थाहा नगरका ३ का कृषक प्रताब मुक्तानले ११ रोपिनी बारीमा आलु रोपेको बताउन हुन्छ । गत वर्ष शुरु शुरुमा नै २० भन्दा माथि रहेको थियो । अहिले १० रुपैँया प्रति केजि दिइरहँदा लगानी समेत उठ्न धाउ् धाउ रहेको बताउनु भयो । ज्याला समेत उठ्न गाह्रो छ केहि समय राखौँ भने पनि राख्ने ठाउँ छैन आलु बारीमै कुहिएर जान थाल्यो’, उहाँले भन्नुभयो ।

गत वर्ष यहाँका किसानले सेतो आलु २५ र रातो आलु ३० रुपैयाँ प्रति केजि  बिक्री गरेको थाहा नगर उद्योग बाणिज्य संघका सभापति कबिराज खत्रीले जानकारी दिनु भयो ।

गत वर्ष यहाँका किसानले दुई अर्ब ५० करोड  रुपैयाँको आलु बिक्री गरेको संघको तथ्याङ्क छ । गत वर्ष ५० केजिको १३ लाख बोरा आलु उत्पादन भएको संघले जनाएको छ । ‘यस वर्ष गत वर्ष भन्दा थप आलु उत्पदन भएको हाम्रो अनुमान छ’,थाहा नगर उद्योग बाणिज्य संघका महासचिव सुरेन्द्र प्रधानले भन्नुभयो, ‘तर मुल्य सस्तो हुँदा समस्या भएको छ ।’
 

0 comments

Write Down Your Responses