Powered by Blogger.
जनप्रिय नमूना माविद्धारा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान

हेटौंडा,९  असार ।    हेटौंडा उपमहानगरपालिका १६ मा अबस्थित जनप्रिय नमूना माध्यमिक बिद्यालय प्राबिधिक शिक्षालयले हेटौंडा उपमहानगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुलाई एक भव्य समारोहका बिच सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा वडा अध्यक्षहरु राजन थापा , लक्ष्मण प्रसाद भण्डारी , दिपक खड्का , महारत्न लामा , राम कृष्ण कोइराला , भैरब बहादुर राई १६ का वडा सदस्यहरु ध्रुब धिताल , जित बहादुर भोलन ,मिठु बिश्वकर्मा र सरस्वती चौलागाईं   एबम  नगर बोर्ड सदस्य कृष्ण बहादुर राईलाई विद्यालय ब्यबस्थापन समिति, शिक्षक अभिभावक संघ विद्यालयका प्रधानाध्यापक लगायतकाले   नेपाली ढाका खादा फुलमाला र अबिर लगाई सम्मान गर्नु भएको थियो ।कार्यक्रममा नवयुग सन्जाल ९ किशोर किशोरी तथा एनिमेटर सम्बाद सन्जाल हेटौंडा (१६० ले लागू पदार्थ दुर्व्यशनी विरुद्धको सडक नाटक प्रस्तुत गरेका थिए भने विद्यार्थीहरुले रमाइला नृत्यहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा श्रोत ब्यक्ति  केशव सन्जेल ,१७ नम्बर  वडाका अध्यक्ष भैरब बहादुर राई १६ नम्बर वडाका अध्यक्ष राम कृष्ण कोइराला , बोर्ड सदस्य कृष्ण बहादुर राई , क्याम्पस समितिका अध्यक्ष मोहन बस्ताकोटी र प्राबिधिक कोअर्डिनेटेर मोतिउर रहमान लगायतकाले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा क्भ्भ्  परीक्षा मा सफल विद्यार्थीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रम विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लोकनाथ चौलागाईंको अध्यक्षता र शिक्षक युक्तलाल विश्वकर्माको सन्चालनमा सम्पन्न भएको थियो ।

0 comments

Write Down Your Responses