Powered by Blogger.
थाहामा यात्रुबहाक बस दुर्घटना हुँदा मर्नेको संख्या २ पुग्यो,मृतकको संख्या बढ्न सक्ने

थाहा ,मकवानपुर थाहा नगरपालिका वडा नम्बर १ खानीगाउँमा यात्रुबहाक बस दुर्घटना हुँदा मर्नेको संख्या २ पुगेको छ  । 
मकवानपुरको कैलाश गाउँपालिकाको पकनेबाट काठमाण्डौका लागि छुटेको ना ४ ख ४५६७ नम्बरको बस दुर्घटना हुँदा कैलास गाउँपालिका गोगनेकी कमला दोङको मृत्यू भएको छ भने एक जना मृत्यूहुनेको सनाखत भएको छैन । मृतकको संख्य बढ्न सक्के अनुमान गरिएको छ ।

दुर्घटनामा ३५ जना गम्भीर घाइतेछन् । गम्भीर घाइते हुनेहरुको थप उपचारका लागि काठमाण्डौ पठाइएको छ भने अरु घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।  गाडी दुर्घटना हुँदा सडकबाट करिब एकसय मीटर तल पुगेको छ ।






0 comments

Write Down Your Responses