Powered by Blogger.
अपडेट:थाहामा दुर्घटनामा मृत्यु हुनेहरुको सनाखत भयो

थाहा, थाहा नगरपालिका १ खानी गाउँमा भएको दुर्घटनामा परी मृत्यु भएका दुई जनाको सनाखत भएको छ ।

इलाका प्रहरी कार्यालय पालुङ्गको अनुसार कैलास गाउँपालिका वडा नम्बर ६ का कुन्साङ लामा र सोहि गाउँपालिका गोगनेकी कमला दोङ रहेका छन् ।

दोङको उपचारको क्रममा पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा र लामाको उपचारको लागि काठमाण्डौं लैजादै गर्दा बाटैमा मृत्यू भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते हुनेहरुको थप उपचारका लागि काठमाण्डौ पठाइएको छ भने अरु घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

मकवानपुरको कैलाश गाउँपालिकाको पकनीबाट काठमाण्डौका लागि छुटेको ना४ख ४५६७ नम्बरको बस दुर्घटना भएको हो ।

गाडी दुर्घटना हुँदा सडकबाट करिब एकसय मीटर तल पुगेको छ ।


0 comments

Write Down Your Responses