Powered by Blogger.
एक हप्ता देखि मनहरीका शिव ढुंगाना बेपत्ता, खोजी दिन परिवारको आग्रह

हेटौडा, २६ असार ÷  मकवानपुर बहुमुखी क्याम्पसमा स्नातक तह चौथो बर्षमा अध्यनरत शिव ढुंगाना केहि दिनदेखि सम्पर्क विहिन भएका छन ।

गत असार २० गते विहान क्याम्पसमा प्रवेश पत्र लिन जान्छु भनि निस्केका शिव एक हप्तादेखि जति खोजेपनि भेट्न नसकिएको उनका बुबा चन्द्रमणि ढुंगानाले बताए ।

मनहरी गाउँपालिका ९ बस्ने २३ बर्षिय ढुंगानालाई खोजि दिन प्रहरी प्रशासन देखि सबै आफन्तहरु लाई खबर गर्दा समेत घर नफर्केकाले परिवारजनमा रुवावासी भएको पीडित परिवारले जनाएको छ ।

बेपत्ता भएका ती शिवलाई खोजी गरिदिनहुन स्थानीय प्रशासन, मानव अधिकारकर्मी, सञ्चारकर्मी र सम्बन्धित निकाय तथा विभिन्न सङ्घसंस्थालाई समेत उनका परिवारले आग्रह गरेका छन् ।

कोहि कसैले फेला पारेको खण्डमा नजिकको प्रहरी कार्यालय अथवा ९८५५०७०७२५ मा सम्पर्क गरिदिनु हुन शिवका दाई बासुदेव ढुंगानाले आग्रह समेत गर्नु भएको छ ।

0 comments

Write Down Your Responses