Powered by Blogger.
नेपालमा बेरोजगारीको समस्या र समाधानको विकल्प

ज्योतिलाल बन

जनशक्तिको विद्यमान स्थितिः

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, युथ भिजन–२०२५ का अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिलाई युवामा परिभाषित गरिएको छ । यतिबेला यो उमेर समूहकुल जनसङ्ख्याको ४०.३५ प्रतिशत अर्थात लगभग १ करोड १४ लाख रहेको देखिन आउँछ । 

अँझ काममा सक्रीय हुन सक्ने कुल जनशक्ति ( १५–५९) को हिसाव गर्ने हो भने यो जनसंख्या लगभग ५७ प्रतिशत (१ करोड ६० लाख) हुन आउछ ।

सक्रीय जनसंख्यामध्ये आईएलओले  गरेको एक अध्ययन अनुसार पूर्ण बेरोजगारी दर १९.२ प्रतिशत (लगभग २२ लाख) र अर्ध बेरोजगारी दर २८.३ प्रतिशत (३२ लाख २६ हजारभन्दा बढी) छ । अर्ध बेरोजगारीमा रहेको करिब ३६ प्रतिशत (११ लाख ६१ हजारभन्दा बढी) युवा जनशक्ति आर्थिक उत्पादन र सीपसँग जोडिन सकेको छैन । युवा श्रमशक्तिको झण्डै आधा भाग अझै गुजारामुखी कृषिमाआश्रित छ ।

स्नातक युवा बेरोजगार २६.१ प्रतिशत छ ।  ३६ प्रतिशत युवा महिला घरायसी कामकाजमा सीमित बन्न पुगेका छन् । श्रम बजारमा बर्सेनी साढे पाँच लाख युवा थपिन्छन् र तीमध्ये लगभग४ लाख ५० हजार रोजगारका लागि विदेशिन्छन् । 

श्रम तथा रोजगार मन्त्रालयका अनुसार वैदेशिक रोजगारमा जानेमध्ये ७४ प्रतिशत अदक्ष, २४ प्रतिशत अर्धदक्ष र दुई प्रतिशत दक्ष जनशक्ति रहेका छन् । स्वदेशमै अडिएका एक लाखमध्ये अधिकांश अदक्ष वा अर्धदक्ष अवस्थामा पाइन्छन् । 

रोजगारीका क्षेत्रहरु र जनशक्ति व्यवस्थापनको स्थिति

अपार जलस्रोतका साथै जंगल, जडिबुटी र विभिन्न खनिज वस्तु जस्ता प्राकृतिक सम्पदाहरु बाट पनि निकै सम्पन्न देश हो नेपाल । यदि यी सम्पदाहरुको यथेष्ट प्रयोग र परिचालन हुने हो भने नेपाल एउटा निकै समृद्ध देशमा रुपान्तरित हुन सक्ने थियो । 

यहाँको युवा जनशक्ति वेरोजगार बन्नु पर्ने र रोजगारीका लागि विदेश भौतारिनु पर्ने थिएन । बरु उल्टै यहाँ काम गर्नका लागि अन्य देशबाट लाखौं जनशक्ति आयात गर्नु पर्ने अवस्थामा सृजना हुने थियो । तर यहाँको राज्य व्यवस्था संक्षम र स्थिर बन्न नसकेकै कारण आजसम्म यस्ता संभावनाहरु संभावनामा मात्रै सीमित रहदै आएका छन् ।  

वैदेशिक रोजगारी ः बाध्यता र पीडा 

आफ्नै देशभित्र यस्ता अवसरहरु रहदा रहदै पनि यो देशको निकै ठूलो युवा जनशक्ति वैदेशिक राजगारीमा जानका लागि लाखौंलाख खर्च गर्छ । अनेकौ हण्डर र दुखहरु खेप्छ । वैधानिक, अवैधानिक जुनकुनै उपाए अपनाएर भएपनि विदेश हानिन्छ । 

१२ देखि १६ घंटासम्म कडा श्रम गर्छ । तर अमेरिका, अष्ट्रलिया, यूरोप बाहेकका देशहरुमा रोजगार रहेका अधिकांश नेपाली श्रमिकहरुले मासिक रु. २० हजारदेखि ५० हजार भन्दा बढी कमाउन सकेको हुदैन । 

वैदेशिक रोजगारीमा गएकामध्ये कतिपयले अनेकौ कष्ट र यातनाहरु भोगेका छन् । वार्षिक सरदर ८५० को त ज्यानै जाने गरेको छ । यसरी ज्यान गुमाउनेहरुमध्ये धेरैजसोलाई त्यहाँका रोजगारदाताले चरम यातना दिएर हत्या गरेका छन् । 

तैपनि रोजगारीका लागि लाखौं युवा युवतिहरु किन विदेश हानिएका छन् त ? यस पछाडि देखिएका मुख्य कारणहरु यस्ता छन् ः–

१) आफ्नो देशमा माग (आवश्यकता) अनुरुप रोजगारीका क्षेत्रहरु पर्याप्त नहुनु ।
२) रोजगारदाता र रोजगारको खोजीमा रहेको जनशक्तिकाबीच सूचना र समन्वयको अभाव रहनु ।
२) दिगो रोजगारी पाउने सुनिश्चितता नहुनु ।
३) चित्त बुझ्दो (पर्याप्त) पारिश्रमिक नपाउनु ।
४) रोजगारदाताको मागअनुरुप दक्षता (सीप) को कमी हुनु ।
५) रोजगारदाता र रोजगारी गर्नेकाबीच विश्वासको अभाव रहनु ।
६) आफ्नो देशभित्र कतिपय निम्न ठानिने काम गर्न लजाउनु ।

रोजगारीको एउटा पुल ः रोजगार सूचना केन्द्र

बेरोजगारीको समस्याले पीडित युवा जनशक्ति विदेशिनु पर्ने उल्लिखित कारणलाई निराकरण गरी बेरोजगार युवाजनशक्तिलाई देशभित्रै रोजगारीको प्रबन्ध मिलाउनका लागि नेपाल सरकारबाट रोजगार सूचनाकेन्द्रहरु स्थापना गरिएका छन् । 

आर्थिक बर्ष २०६५÷२०६६ को बजेट बक्तब्यले निर्देशन गरेअनुरुप श्रम कार्यालय अन्तर्गत रहने गरी मुलुकभर १४ वटा रोजगार सूचना केन्द्रहरु स्थापना गरिएका हुन् । श्रम कार्यालय नभएका कुनै अञ्चलमा सीप विकास तालिम केन्द्रसँगको समन्वयको भूमिकामा पनि यस्ता केन्द्रहरु खोलिएका छन् ।

श्रम विभागका अनुसार – २०६७÷६८ –६९÷७० को त्रिवर्षीय योजनामा गरिबी निवारणको योजना ल्याइ सम्मानजनक, मर्यार्दित र लाभजन्य रोजगारीका अवसर वृद्धि गर्ने उद्देश्य राखियो ।यो उद्देश्य अनुसार रोजगार सूचना केन्द्रहरुलाई सुदृढ गरी एकीकृत रोजगार विनिमय केन्द्रको रुपमा विकसित गर्ने, सूचीकृत जनशक्तिको लगत राख्ने र विश्लेषण गर्ने कार्यक्रम पनि तर्जुमा गरियोे । 

यसका लागि रोजगार विनिमय प्रणालीको विकास गरी ज्ञान, शीप, अनुभव, शैक्षिक योग्यता अनुसारको रोजगारीमा पहुँच पु¥याउने काममा सहजता प्रदान गर्न नेपाल सरकारले रोजगार सूचना केन्द्र संचालन तथा व्यवस्थापन निर्देशका, २०६९ स्विकृत गरी कार्यान्वयनमा समेत ल्याइसकेको छ ।

रोजगार सूचना केन्द्रका उद्धेश्यहरुः

ड्ड बेरोजगारहरुको लगत संकलन गरी श्रम बजारमा रोजगारीको स्थिति पहिचान गर्ने ।
ड्ड रोजगारीको क्षेत्र तथा अवसरहरुको खोज गर्ने ।
ड्ड बजार सम्बन्धी सूचनाहरु बिद्युतीय माध्यमबाट समेत प्रवाह गरी श्रमबजार सूचनामा सरोकारवालाहरुको पहुँच सरल र सहज तुल्याउने ।
ड्ड माग र आपूर्तिबीचको अन्तरलाई कम गर्ने ।
ड्ड श्रम जनशक्तिको माग र आपूर्ति बीच सूचना विनिमय गर्ने ।
ड्ड सूचीकृत जनशक्तिको लगत विश्लेषण  र प्रभावकारी रोजगार विनिमय प्रणालीको विकास गरी सीप र योग्यता अनुसारको रोजगारीमा पहुंच पु¥याउन सहयोग गर्ने ।
ड्ड रोजगारदाताहरुसंग अन्तरक्रिया गरी उनीहरुको आवश्यकता पहिचान गर्ने,
ड्ड श्रम बजार सुहाउँदो सीपयुक्त जनशक्ति तयार गर्न समन्वय गर्ने ।
ड्ड विनिमय सेवाअन्तर्गत तयार गरिन बेरोजगारको सूचीबाट रोजगारदातालाई आवश्यक जनशक्ति उपलब्ध गराउने र रोजगारदाताको आवश्यकताका आधारमा बेरोजगार जनशक्तिलाई रोजगारदातासँग सम्पर्क स्थापित गराउने।

रोजगार सूचना केन्द्र सम्बन्धी नीतिगत ब्यवस्थाः
ड्ड नेपालको संविधान २०७२ मा श्रम अभ्यास गर्ने अधिकारलाई मौलिक अधिकारको रुपमा लिदैं प्रत्येक नागरिकलाई कानुनमा ब्यवस्थाभए बमोजिम रोजगारीको हक हुने र प्रत्येक कामदार र कर्मचारीलाई उचित श्रम अभ्यासको हकहुने ब्यवस्था गरेको छ । 
ड्ड राष्ट्रिय रोजगार नीति २०७१ ले युवा लक्षित रोजगारीका अवसरहरु सिर्जना गर्न प्राथमिकता दिने उद्धेश्य अन्तर्गतका  श्रम बजार कार्यक्रम तथा रोजगार सेवा सम्बन्धी जानकारी दिने, रोजगार विनिमय सूचना केन्द्रहरुलाई युवा रोजगारीमा सुधार ल्याउने तर्पm बढवा दिने कुरा समावेश गरिएको छ ।
ड्ड राष्ट्रिय रोजगार नीतिको १५.७ मा रोजगार सूचना केन्द्रलाई रोजगार विनिमयको रुपमा विकशित गरिने उल्लेख गरिएको छ । रोजगार सूचना केन्द्रले श्रम बजारमा रहेको जनशक्तिको माग, बेरोजगार र रोजगार सीपको सूची बनाई माग र आपूर्ति बीच सूचनाको आदान प्रदान गर्ने छ । यस्तो केन्द्रलाई सहकारीको माध्यमबाट ब्यवस्थापन गर्न प्रोत्साहित गरिने छ  भन्ने कुरा उल्लेख गरिएको छ ।
ड्ड तेह्रौं योजनाले राखेको उद्धेश्य पुर्तिगर्न कोशेढुङ्गा सावित हुने  रोजगार सुचना केन्द्रहरुलाई सुदृढगरी एकिकृत रोजगार विनिमय केन्द्रको रुपमा विकशित गर्ने, सुचिकृत जनशक्तिहरुको लगत राख्ने, विश्लेषण गर्ने तथा रोजगार विनिमय प्रणालीको विकास गरी ज्ञान,सीप र अनुभव, शैक्षिक योग्यता अनुसारको रोजगारीमा पहूँच पु–याउने काममा सहजता प्रदान गर्न रोजगार सूचना केन्द्र ब्यवस्थापन निर्देशिका, २०६९ सहयोगी हुने देखिन्छ ।

रोजगार सूचना केन्द्रलाई प्रभावकारी बनाउने आधारहरु

हालसालै (जेष्ठ ११, २०७४) प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा – ‘सम्बृद्ध नेपाल निर्माणका लागि सार्वजनिक, निजी र सहकारी क्षेत्रको भुमिकालाई अझ प्रभावकारी बनाइ मुलुकको औद्योगिक, पयर्टकीयतथा कृषिको क्षेत्रमा लगानी बढाएर देशलाई समृद्ध बनाउनुका साथै रोजगारी अभिवृद्धिको उद्देश्य राखिएको छ ।

मुलुकको आर्थिक समृद्धितर्फ लक्षित गरिबी निवारण कोषले स्वरोजगारी विकासका लागि तयार गरेको ४ मुख्यआधार (सामाजिक परिचालन, क्षमता अभिबृद्धि,आय आर्जन र ग्रामीण समुदायिक पूर्वाधार) मार्फत सामुदायिक क्षेमता अभिवृद्धि गरीव्याप्त बेरोजगारी तथा अर्ध बेरोजगारी जस्ता समस्या समाधानमा प्रयासरत रहेको छ । यसका लागियस कोषबाट साना उद्यम÷व्यवसायको संचालन, उत्पादनको विक्री, सीप विकास, वित्त तथा बजार पहुँच विस्तार लगायतका सेवाहरु संचालन हुदै आएका छन् ।

त्यसैगरी राष्ट्रिय योजना आयोगले आफ्नो चौधौं योजना (आ.व.२०७३÷७४–०७५÷०७६) मा उत्पादकमूलक रोजगारीका अवसरहरूको विकास गर्ने, उत्पादकत्व वृद्धि, न्यायोचित वितरण, श्रममूलक प्रविधिको प्रयोगलाई प्रोत्साहन दिने, न्यूनतम रोजगारी प्रत्याभूत योजना लागू गर्ने, ग्रामीण तथा सहरी गरिबी लक्षित कार्यक्रमहरू सञ्चालन गर्ने आदि नीतिलिएको छ । साथै, यस योजना अवधिमा नयाँ रोजगारीको सृजना गर्ने, अनौपचारिक क्षेत्रमा केन्द्रित अदृश्य बेरोजगारी घटाउने, कृषिमा आश्रित आवश्यकताभन्दा बढी जनसङ्ख्यालाई गैरकृषि क्षेत्रमा स्थानान्तरण गराउने, स्वरोजगारलाई प्रवद्र्धन गर्ने र सहकारितालाई गरिबी न्यनूनीकरण कार्यक्रमसँग आबद्ध गर्ने योजनाहरु अगाडि सारेको छ ।

युवा तथा खेलकुद मन्त्रालय अन्तरगत युथ भिजन – २०२५ को दशवर्षे रणनीतिक योजनामा नेपाली युवालाई सबल, सक्षम, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदैउनीहरूको सार्थक सहभागिता र नेतृत्व क्षमताकोविकास मार्फत आधुनिक, न्यायपूर्ण र समृद्ध नेपाल निर्माणको लक्ष राखेको छ । 

यसका लागि जीवनोपयोगी शिक्षा, रोजगार, स्वास्थ्य र सामाजिक सुरक्षा लगायतका युवा विकासका क्षेत्रमा व्यापक लगानी गरी आमयुवा सहभागिता, सहकार्य र नेतृत्व विकास मार्फत आगामी १० वर्षभित्र राष्ट्रिय समृद्धि, समानता र सामाजिक न्याय हासिलगर्दै देशलाई अति कम विकसित राष्ट्रबाट दु्रत विकासशील राष्ट्रमा पु¥याउन सक्षम जनशक्ति तयार गर्ने लक्ष राखेको छ । 

अवको आवश्यकता

नेपालमा रहेका स्रोत, साधन र विकल्पहरुलाई यथासक्य परिचालन गर्दै विद्यमान विपन्नता र वेरोजगारीको समस्या समाधान गर्ने तर्फ माथि उल्लिखितजस्ता सरकारी निकायहरु प्रयासरत रहदै आएका छन् । तर बेरोजगारी समस्या समाधानका लागि यिनिहरुकाबीच जुन किसिमले समन्वयात्मक सम्बन्ध हुनुपर्ने हो, अपेक्षित रुपमा त्यस्तो हुन सकेको भने पाइदैन । 

त्यसै गरी रोजगारदाताका रुपमा रहेका तथा रोजगारीको अवसर सृजना गर्ने निकायहरु, वैदेशिक रोजगारमा पठाउने एजेन्सीहरुरश्रमिक अधिकारकानिम्ति क्रियाशील ट्रेड युनियनहरुका बीच पनि समन्वयात्मक सम्बन्धको अभाव नै रहेको छ । 

अत्यधिक संख्यामा विदेश पलायन हुदै आएको युवा जनशक्तिलाई आफ्नै देश भित्र चित्तबुझ्दो रोजगारीको अवसर सृजना गर्न र मुलकमा विद्यमान वेरोजगारी समस्याको समाधान गर्न सरोकार वाला यस्ता सवै निकायहरुकाबीच समन्वयात्मक सम्बन्धको विकास हुनु नितान्त आवश्यक देखिन्छ । 

साथै यस्ता युवा जनशक्तिलाई रोजगारीका क्षेत्रहरुको आवश्यकता अनुरुपको सीप तथा प्रविधिमा दक्ष बनाउनु पनि त्यतिकै आवश्यकता छ । यस किसिमबाट सम्बन्धित निकायहरुबीच समन्वयात्मक सम्बन्ध कायम गराई रोजगारदाता र वेरोजगार जनशक्तिकाबीच जीवन्त र प्रभाकारी पुलको भूमिका निर्वाह हुन सक्दा नेपालका विद्यमान बेरोजगारीका समस्यालाई न्यूनिकरण गर्न सकिने संभावना टड्कारो देख्छि । 

यस्मा रोजगार सूचना केन्द्रको भूमिका सर्वाेपरि रहने भएकाले राज्यका तर्फबाट यस केन्द्रलाई व्यवस्थित प्रभावकारी रुपमा विकास गर्न नितान्त अवश्यक देखिन्छ ।  


0 comments

Write Down Your Responses