Powered by Blogger.
पार्टी झण्डा ओढाएर थाहाका एमाले कार्यकर्ता गोपालीको अन्तिम विदाई


काठमाडौं, २२ असार । नेकपा (एमाले) का जुझारु र इमान्दार कार्यकर्ता रत्नमान गोपालीको बिहिबार काठमाडौंमा असामयिक निधन भएको छ । 

थाहा नगर पालिका वडा नम्बर ६ पापुङ बज्रवाराहीका स्थायी बासिन्दा गोपालीको गाँउबाट ल्याएर उपचारकै क्रममा टेकुस्थित काठमाडौं अस्पतालमा निधन भएको हो । 

केही समयदेखि विरामी रहनुभएका गोपालीलाई टाउकाको नशासम्वन्धी समस्या र कलेजोमा पनि केही समस्या रहेको चिकित्सकले जनाएको छ ।

५२ वर्षिय गोपालीको निधनपछि उहाँको पार्थिव शवमाथि पार्टी अण्डा ओढाएर अन्तिम विदाई गरिएको थियो । पार्टीका नेता तथा कार्यकर्ताहरु आर्यघाटमा जम्मा भई उनलाई अन्तिम श्रद्धाञ्जली अपर्ण गरिएको थियो ।

एमालेको मकवानपुर जिल्ला स्थित क्षेत्र नम्बर २ का क्षेत्रिय कमिटी सदस्य तथा थाहा नगर कमिटी अन्तर्गको ६ नम्बर वडाका सहसंयोजक समेत रहेका गोपाली पार्टीभित्रको इमान्दार, जुझारु र अनुशासित कार्यकर्ताका रुपमा परिचित थिए ।

उनको शवमाथि पार्टी झण्डा ओढाउन एमाले मकवानपुर जिल्ला कमिटी सदस्य तथा थाहा नगर इन्चार्ज एवं नेपाल लोकतान्त्रिक आदीवाशी जनजाती महासंघका सचिव रामचन्द्र बल आर्यघाट पुग्नुभएको थियो ।

अन्तिम श्रद्धाञ्जली अर्पण कार्यक्रममा थाहा नगर पालिका वडा नम्बर ६ का वडा सदस्य जनकमान गोपाली, पूर्व क्षेत्रीय कमिटी सदस्य विष्णु अधिकारी, थाहा नगर काठमाडौं सम्पर्क मञ्चका तर्फबाट अनित विष्ट लगायतका पदाधिकारीहरु पुग्नुभएको थियो ।





0 comments

Write Down Your Responses