Powered by Blogger.
यस्तो छ थाहा नगरको विकास सम्वन्धमा एमालेको सुझाव



भूमिका

पुनःसंरचित नयाँ नेपालको ३ नम्बर प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको उत्तरी भेगमा पर्ने थाहा नगरपालिका ऐतिहासिक, पुरातात्विक, धार्मिक, पर्यटकीय, वातावरणीय हरेक हिसावले महत्वपूर्ण क्षेत्र हो । यसका हरेक महत्वपूर्ण विशेषताहरुलाई सम्भावनाहरुमा बदल्दै तिनीहरुको  समुचित अध्ययन, विश्लेषण, प्रवर्धनहरुबाट उपयुक्त विकास गर्न जरुरी छ । 

थाहा नगरको ऐतिहासिक, सामाजिक र आर्थिक व्यवस्थाहरुको विश्लेषणको आधारमा अघिल्लो नगरपरिषदबाटै ‘कृषि, पर्यटन र पूर्वाधार, थाहा नगरको आधार’ नारा तय गरिएको तथ्य जगजाहेरै छ । परिमार्जित ६ गाविसको एक थाहा नगर भइरहँदाको सन्दर्भमा पनि उक्त नारा सान्दर्भिक नै छ भन्ने हाम्रो ठहर छ ।

उक्त नाराको जगमा थाहा नगरले तय गरेको ‘जल,जंगल,कृषि,खानी,पर्यटन र शिक्षामा उच्च जीवनस्तर सहितको समृद्ध नगर’ को परिकल्पनालाई साकार पार्न उपयुक्त नीति र रणनीतिहरुको तर्जुमा गर्न आवश्यक छ । 

सन्निकटमै थाहा नगरपालिकाको वार्षिक बजेट तथा योजना निर्माण गर्नुपर्ने अवस्थामा त्यसका लागि उपयुक्त नीतिहरुको तर्जुमा गर्नु र सोही नीतिका आधारमा उपयुक्त योजना तथा कार्यक्रमहरु संचालन गरिनुपर्दछ । यस्ता नीतिहरु नगरको दीर्घकालीन, आवधिक नीति, रणनीति, लक्ष्य र क्रमागत कार्यक्रमहरुसँग मेल खाने र प्रवर्धन हुने प्रकारको भए नभएकोमा पनि त्यतिकै विचार पु¥याउनुपर्दछ ।

नेकपा एमालेले थाहा नगरलाई शान्ति, सुशासन र स्वच्छतासहितको समृद्ध कृषि–पर्यटन नगर() बनाउन विगतका वर्षदेखि रचनात्मक सुझाव, सल्लाहहरु दिँदै आएको कुरा विदितै छ । गत वर्ष पनि एमाले नगर कमिटीको तर्फबाट नगरपालिकालाई महत्वपूर्ण सुझावहरु दिइएकोमा उक्त सुझावहरुको महत्वलाई हृदयंगम गरी नगरपालिकाको नीति, कार्यक्रम तथा बजेटमा समावेश गरेकोमा नेकपा एमाले नगर कमिटी अत्यन्त खुशी छ र यसको प्रभावकारी कार्यान्वयनमा जोड दिन चाहन्छ । 

यसका साथै नेकपा एमालेको तर्फबाट दिइएका उक्त सुझावहरु तत्कालीन ३ गाविस समेटिएको थाहा नगरपालिकामा सान्दर्भिक हुँदै आजसम्म आइपुग्दा ‘ग्रेटर थाहा’ भएकोमा सोही अनुसार ‘ग्रेटर नीति,’ ‘ग्रेटर कार्यक्रम’ र  ‘ग्रेटर बजेट’ पारित गर्नु पर्ने आवश्यकतालाई औंल्याउँदै निम्न नीति तथा कार्यक्रमहरु तर्जुमा गर्न सुझाव छ ः

१. नगरपालिकाले यस अघि नै निम्नअनुसार VISION, MISSION, GOALर OBJECTIVES  पारित गरिसकेकोले नगरको नीति, रणनीति, कार्यक्रम र बजेट यसैसँग मिल्दो हुनुपर्दछ । एक पटक नगरपालिकाको (VMGO)
 बारे  स्मरण गरौं ः

दीर्घकालीन सोच 

जल,जंगल,कृषि,खानी,पर्यटन र शिक्षामा उच्च जीवनस्तर सहितको समृद्ध नगर निर्माण गर्न यसको दीर्घकालीन सोच हुनेछ ।

 दीर्घकालीन लक्ष्य

नगरपालिकाले प्रजातान्त्रिक प्रक्रियाको विकास गर्दै पारदर्शी व्यवहार, जनउत्तरदायित्वबोध र जनताको सहभागीतामा आधारित उच्च, गुणस्तरीय र समुन्त नागरिक समाजको स्थापना गर्ने यस नगरको दीर्घकालीन लक्ष्य रहेको छ ।

उद्देश्यहरु

स्थानीय स्वायत्त शासन ऐन बमोजिम नगरपालिकाका उद्देश्यहरु देहाय रहेका छन्,

ड्ड विकेन्द्रीकरणको माध्यमद्धारा सार्वभौमसत्ता सम्पन्न जनतालाई शासन प्रक्रियामा आधिकाधिक मात्रामा सम्मिलित हुने अवसर जुटाई प्रजातन्त्रका लाभहरुको उपभोग गर्नसक्ने व्यवस्था गर्ने,
ड्ड आफ्नो क्षेत्रको विकासको लागि साधनको  परिचालन,विनियोजन र विकासको प्रतिफलको सन्तुलित तथा समान वितरणमा सामाजिक समानता ल्याउने कार्यमा जनजाति, आदिवासी, दलित र सामाजिक तथा आर्थिक दृष्टिकोणले पिछडिएका वर्ग समेतका समग्र जनताको सहाभागितामा अभिवृद्धि गर्दै विकास प्रक्रियालाई संस्थागत गर्ने,
ड्ड योजनाहरुको तर्जूमा र संचालन गर्न आवश्यक जिम्मेवारी र अधिकार स्थानीय स्तरमा नै प्रदान गरि जवाफदेही बहन गर्न सक्ने स्थानीय निकायहरुको संस्थागत विकास गर्ने,
ड्ड स्थानीय नेतृत्वको विकास गरि जनाताको दैनिक आवश्यकता तथा जनजीवनलाई असर पार्ने विषयहरुमा निर्णय गर्नसक्ने गरि स्थानीय स्वायत्त शासन पद्धतिको विकास गर्ने ।

(श्रोत ः वार्षिक नगरविकास योजना, २०७३÷२०७४)

२. यसरी थाहा नगरपालिकाको समग्र पहिचान नै कृषि र पर्यटन भएको हुँदा यसै क्षेत्रको विकासले नै थाहा नगरलाई सम्बृद्ध थाहा नगर बनाउन सकिन्छ । शिक्षा, प्रविधि, सुशासन, सडक लगायत नगरको विविध पक्ष र आयामहरुलाई कृषि र पर्यटनकै आधारशीलाको रुपमा विकास गर्नुपर्दछ । कृषि र पर्यटनलाई केन्द्रमा राखेर नीति निर्माण गर्दै बजेट विनियोजित गरियो भने मात्र हामीले हाम्रो लक्ष प्राप्त गर्न सक्दछौं ।
पर्यटनको क्षेत्रमा थाहा नगरमा हामीले दुई किसिमका पर्यटकहरु भित्र्याउन सक्दछौं ।

१. आन्तरिक पर्यटक

२. वाह्य पर्यटक

पर्यटनको विकास गर्न सर्वप्रथम थाहा नगरलाई भूउपयोग नीति अनुसार विज्ञहरुको परामर्शमा बस्ती विकास क्षेत्र, कृषि क्षेत्र, औद्योगीक क्षेत्र, शैक्षिक क्षेत्र, पर्यटन क्षेत्र आदि घोषणा गर्नुपर्दछ । यस्ता क्षेत्रहरु निम्नानुसार हुन सक्दछन् ः

क) कृषि र पशुपालन क्षेत्र

थाहा नगर बेमौसमी तरकारी उत्पादन डेरी, बाख्रा र पशुपालन क्षेत्रको रुपमा प्रचुर सम्भावना वोकेको ठाउँ भएको हुनाले यस क्षेत्रलाई देशभरिकै नमूनाको सामूहिक खेती, व्यवसायिक खेती र अर्गानिक खेती गर्ने स्थलको रुपमा विकास गरी देश विदेशमा प्रचार गरी यसको अवलोकन र अनुसन्धान गर्न सकिन्छ । यसबाट कृषि क्षेत्रका आन्तरिक र बाह्य पर्यटकहरु भित्राई पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ ।

ख) शैक्षिक क्षेत्र

चौथो नगर परिषदले थाहा नगरलाई शैक्षिक गन्तव्यको रुपमा विकसित गर्ने निति लिएको हुदाँ थाहा नगर भित्र शैक्षिक क्षेत्रको विकास गरी, विभिन्न किसिमका प्राविधिक शिक्षालयको स्थापना, रिसर्च सेन्टरहरुको स्थापना, विश्वविद्यालयहरु र निजि आवाशीय विद्यालयहरुको स्थापनालाई अनुकुल बातावरण बनाई देशकै नमूना शैक्षिक गन्तव्यकोे रुपमा विकास गर्न सकिन्छ । जसले गर्दा शैक्षिक पर्यटकहरुलाई भित्र्याउन सकिन्छ ।

ग) जडीवुटी र औद्योगिक विकास क्षेत्र

थाहा नगर भित्र विभिन्न प्रजातिका बनस्पती र जडिबुटि प्रचुरमात्रामा छन् । यस क्षेत्रको व्यापक अध्ययन तथा अनुसन्धान गरी  जडिबुटी र बनस्पतिहरुको प्रयोगबाट स्थापना गर्न सकिने उद्योगको सम्भाव्यता अध्ययन गर्ने नीति बनाइनु पर्दछ ।

घ) एकीकृत बस्ति विकास क्षेत्र

बस्तिहरुको निर्णय र सहमतिमा विज्ञहरुबाट गुरुयोजना तयार गरी साविक ६ वटै क्षेत्र(गाविस)हरुमा एकीकृत बस्ति विकास गर्नुपर्दछ । यस किसिमका योजनाहरु वनाउँदा नमूनायुक्त पर्यटकीय गाउँहरुको पहिचानलाई प्राथमिकता दिनुपर्दछ ।

ङ) पर्यटकिय क्षेत्रको घोषणा

थाहा नगर भित्रका ६ वटै भेगहरुमा कम्तिमा एकवटा पर्यटकिय स्थलहरुको पहिचान गरी ती स्थलहरुलाई पर्यटकीय स्थलहरुमा विकास गर्न गुरुयोजना निर्माण गर्ने र पर्यटकीय जोन(शयलभ) को रुपमा घोषणा गर्नेगरी नीति बनाइनुपर्दछ । थाहानगरमा यस्ता दर्जनौं पर्यटकीय जोनहरु हुन सक्दछन् र त्यस्ता जोनभित्र दर्जनौं पोइन्टस्हरु हुन सक्दछन् । उदाहरणका लागि थाहानगरलाई पर्यटकीय दृष्टिले ३० जोन र १०० प्वोइन्टस्को नगर भनेर चिनाउन सकिन्छ ।

च) धार्मिक क्षेत्र

थाहा नगर भित्रका महत्वपूर्ण धार्मिक स्थलहरुको पहिचान गरी त्यस्को विकास र सम्बर्धनको गुरुयोजना सहितको धार्मिक पर्यटकहरुको  केन्द्रको रुपमा विकास गरी आन्तरिक र बाह्य धार्मिक पर्यटकहरुको गन्तव्यको रुपमा विकास गर्नुपर्दछ ।

३.  थाहा नगरको पर्यटन पर्वर्धनकै क्षेत्रमा निम्न अनुसारको नीति तथा कार्यक्रमहरुलाई समेटिनुपर्दछ ः
क) खेल पर्यटन प्रवर्धन अन्तर्गत इन्द्रायणी खेल मैदानलाई राष्ट्रिय खेल मैदानको रुपमा विकास गर्दै अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदानको लागि विकसित गर्नुपर्दछ । विभिन्न समयमा राष्ट्रिय स्तरको खेलको आयोजना गर्नुका साथै प्याराग्लाइडिङ सम्भाव्यता वोकेका ठाउँहरुको अध्ययन गर्ने र प्याराग्याइडिङ व्यवस्थापन गर्ने नीति बनाइनु पर्दछ ।

ख) थाहा नगरको विभिन्न उच्च स्थानलाई भ्यू पोइन्टसको रुपमा घोषणा गरी आवश्यक पूर्वाधारहरुको निर्माण गरी दृश्यावलोकनको व्यवस्था मिलाउनु पर्दछ ।

ग)  थाहा नगरका विभिन्न भेगहरुमा रमणीय पार्क, अनुसन्धान, पिकनिक पार्क, जेष्ठ नागरिक पार्क, युवा पार्क आादिको निर्माण गरिनुपर्दछ ।

घ) हिमाली दृश्यावलोकन गर्नको लागि विभिन्न उच्च स्थलहरुमा भ्यू टावरहरुको निर्माण गर्नुका साथै पर्यटन सम्बन्धि भौतिक संरचनाहरुको निर्माण गर्नुपर्दछ ।

ङ) विभिन्न संचार माध्यमबाट देश विदेशमा श्रव्य दृष्यहरुको व्यापक प्रचार प्रसारको व्यवस्था मिलाउनु पर्दछ । नगरको पर्यटन प्रवर्धन गर्न विभिन्न संघसंस्थाहरुसँग सहकार्य गरी प्रवर्धन तथा प्रचार सामग्रीहरु उत्पादन तथा वितरण गरिनुपर्दछ ।

च) युवा पूस्तालाई व्यापक रुपमा पर्यटन व्यवसायतिर आकर्षित गर्ने निति लिइनुपर्दछ । यसअन्तर्गत आवश्यक तालिम, गोष्ठि, पर्यटकीय क्षेत्रहरुको अवलोकन भ्रमण आदि कार्यक्रम सञ्चालन गर्नुका साथै पर्यटन व्यवसाय संचालनका लागि उपयुक्त वातावरण बनाइनुपर्दछ ।

कार्यक्रम

क) पर्यटन प्रवर्धनतर्फ
 निम्न अनुसारको बजेट विनियोजन गर्नुपर्दछ ।
१. भ्यूटावर निर्माण
२. पार्क निर्माण
३. पर्यटकीय गाउँको रुपमा विकास
४. पुरातात्विक र दुर्लभ हुँदै गरेको वस्तुहरुको संरक्षण
५. धार्मिक पर्यटक स्थल
६. पर्यटकहरुलाई साइकल या पैदल मार्ग
७. दुर्लभ वन्यजन्तु र जडीवुटिहरुको संरक्षण सम्बद्र्धन
८. पर्यटक आकर्षण गर्ने खेलहरुको विकास गर्ने ठाउँ
९. पर्यटकीय क्षेत्रहरुको विकास
१०. पर्यटकहरुलाई मनोरञ्जन दिने कला संस्कृति पुरातात्विक ऐतिहासिक ठाउँहरुको संरक्षण र सम्बद्र्धन

ख) कृषि तथा पशुपालन

थाहा नगरको मुल आधारमध्ये कृषि पनि एक भएको हुँदा कृषिमा व्यापक सुधार, आधुनिकीरण र व्यवसायिकीकरण गर्न जरुरी छ । पशुपालनको प्रचुर सभ्भावना भएको हुँदा यसका क्षेत्रहरुको निर्धारण गरी यस क्षेत्रको लगानीमा पहुँच पु¥याउनु पर्र्दछ । कृषि र पशुपालन क्षेत्र विकास गर्न निम्न शीर्षकहरुमा वजेट विनियोजन गर्नु पर्दछ ।
१. यसै वर्ष स्थापना भएको कृषि वन अनुसन्धान केन्द्रलाई सुविधा सम्पन्न बनाउनु पर्दछ ।
२. कृषि अनुसन्धान केन्द्रसंग समन्वय गरी यस क्षेत्रमा उन्नत जातको विउ उत्पादनको क्षेत्रको रुपमा विकास गर्नु पर्दछ ।
३. किसानहरुलाई गुणस्तरीय युक्त मलबीउ वितरण गर्न प्रवन्ध गर्नुपर्दछ । गुणस्तविहिन मल विउविजन विक्री गर्नेलाई दन्ड सजायँको व्यवस्था गर्नुपर्दछ ।

युवा किसानहरुलाई सामूहिक व्यवसायिक अर्गानिक खेती तर्फ आकर्षित गर्न सम्बन्धित क्षेत्रहरुको अवलोकण भ्रमण गराउनु पर्दछ । साथसाथै जागरुक युवा किसान अभियान संचालन गर्नुपर्दछ । साथै निम्न अनुसार बजेट बिनियाृजन गर्नुपर्दछ ः

१. जागरुक युवा किसान अभियान संचालन
२. भुमिगत सिंचाई कार्यक्रम
३. सुविधा सम्पन्न १ कोल्डस्टोर स्थापना
४. उन्नत विउ विजन र अर्गानिक खेतीतर्फ उन्मूख कार्यक्रम
५. उन्नत जातको पशु खासगरी बाख्रा पालनलाई प्रोत्साहन कार्यक्रम
६. सिंचाईको लागि प्लाष्टिक पोखरी निर्माण कार्यक्रम
७. सुविधा सम्पन्न भेटनरी स्थापना
८. किसानहरुबाट उत्पादित बस्तुहरुको बजार व्यवस्थापन कार्यक्रम
९. कृषि सडकहरुको निर्माण कार्यक्रम
१०. सनातन खेती भन्दा बैकल्पिक खेतीतर्फ किसानहरुलाई उन्मुख बनाउने कार्यक्रम
११. घरेलु कृषि उद्योहरुको स्थापना
१२. कृषि उपजहरुको संकलन केन्द्र निर्माण कार्यक्रम
१३. कृषि वन अनुसन्धान केन्द्रलाई समृद्ध वनाउने कार्यक्रम
१४. यस क्षेत्रमा लाग्नेहरुलाई सम्मान र पुरस्कार व्यवस्था, कृषि मेलाहरुको कार्यक्रम
१५. लिफ्ट सिंचाईको कार्यक्रम


ग) शिक्षा

चौथो नगर परिषदबाट शिक्षा समितिको योजनामा थाहा नगरलाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्न नीति पास भई केही कार्यक्रमहरु पनि तय भई सकेको हुँदा त्यसैलाई निरन्तरता दिई समयअनुकुल नगर शिक्षा नीतिलाई परिमार्जन गर्दै शैैक्षिक गन्तव्यको रुपमा थाहा नगरलाई विकास गर्नुपर्दछ ।
त्यस्का लागि निम्न कार्यक्रम र योजना कार्यन्वयन गर्नु पर्दछ ।
१. थाहा नगरभित्रका विद्यालयलाई बालमैत्री विद्यालय बनाउन विस्तृत अध्ययन र बालमैत्री विद्यालयका सूचकहरुका आधारमा प्रोफाइल तयार पार्न बजट बिनियोजन गर्ने ।
२.सामुदायिक विद्यालयहरुलाई ज्ञानोदय मा.वि. जस्तै नमूना विद्यालय बनाउन अभियान संचालन गर्नुपर्दछ । त्यस्को लागि चौथो नगर परिषदले पास गरेको नगर शिक्षा निति अनुसार क्रमिक रुपमा सबै विद्यालयहरुमा कार्यक्रम संचालन गर्नुपर्दछ ।
३. क्रमिक रुपमा सबै विद्यालयहरुमा अंग्रेजी माध्यमलाई समेत जोड दिई पढाई संचालन गर्ने योजना बनाई कार्यान्वयन गर्नुपर्दछ । अँग्रेजी भाषामा नगरका बालबालिकालाई आकर्षित गर्न विदेशी स्वयंसेवकहरु ल्याउने प्रवन्ध गर्नुपर्दछ । साथै  होमस्टेमा आउने विदेशी पर्यटकहरुलाई स्वयंसेवकको रुपमा विद्यालयहरुमा कक्षा लिने प्रवन्ध मिलाउनु पर्दछ ।
४. भर्खर स्थापना भएको वन तथा कृषि अनुसन्धान केन्द्रलाई भविष्यमा क्यम्पसकै रुपमा विकास गर्ने योजना अहिलेदेखि सुरु गर्नुपर्दछ ।
६. ६ वटै भेगहरुमा कम्तीमा पनि एक एक वटा प्राविधिक शिक्षाको पढाई संचालन गर्ने बातावरण बनाउनुपर्दछ । जस अन्तर्गत चित्लाङमा वन, आग्रामा सिभिल, दामनमा कृषिको अध्यापन भइरहेकोमा अन्य भागहरुमा पनि क्रमशः प्राविधिक विषयलाई जोड दिनुपर्दछ ।
७. नगरका निजी विद्यालयहरु सँग अनुभव आदान प्रदान गर्ने वातावरण बनाई सहयोग र सहकार्यको वातावरण बनाउने । ८. चित्लाङमा स्थापना हुन लागेको प्राविधिक विश्व विद्यालयलाई अनुकुल बतावरण बनाउनुपर्दछ ।
८. शैक्षिक केन्द्रहरुको अवलोकण भ्रमणहरुको व्यवस्था मिलाई त्यहाँबाट उपलब्ध राम्रा कार्यहरु यस नगरमा पनि अनुकरण र अवलम्बन गर्ने नीति लिनुपर्दछ ।
९. समय समयमा शैक्षिक संघ संस्था र शैक्षिक विज्ञको परामर्शमा शैक्षिक कार्यक्रम संचालन गर्दै जानु पर्दछ ।

स्वास्थ्य

१. सबै भेग(वडा)हरुमा स्वास्थ्य केन्द्रहरुको स्थापना गर्ने
२. कम्तिमा दुई सुविधा सम्पन्न स्वास्थ्य केन्द्रको लागि पूर्वधार तयार गर्ने
३. स्वास्थ्य क्षेत्रमा निजी क्षेत्र ल्याउने वातावरण तयार गर्ने कार्यक्रम
४. विभिन्न संघ संस्थासंग समन्वय गरी सबै भेगमा स्वास्थ्य सिविर संचालन गर्ने कार्यक्रम गर्नुपर्दछ
५. प्राथमिक स्वास्थ्य केन्द्रलाई सुविधा सम्पन्न नगर अस्पताल निर्माण गर्न कार्यक्रम बनाउने

भौतिक पूर्वाधार

क) सडक यातायात

थाहा नगर भित्रका सम्पूर्ण घरधुरीमा पुग्ने गरी विस्तृत सडक गुरुयोजना तयार गरी कार्यन्वयन गर्ने जस्मा निम्न प्रकारका सडकहरुलाई प्राथमिकता दिने
१. थाहा नगरभित्र सम्पूर्ण भेगलाई समेट्ने गरी चक्रपथ सडक संजाल निर्माण गर्ने
२. कृषि सडकहरुलाई प्राथमिकता दिने
३. अन्य जिल्ला गाउँ पालिका र नगरपालिका जोेड्ने सडक संजाल निर्माण गर्ने
४. त्रिभुवन राजपथ विस्तार हुने÷नहुने विषय निक्र्यौल गरी विकल्पहरुको खोजी गर्ने
५. पाँच वर्ष भित्र सम्पुर्ण सडकहरुलाई स्तर उन्नती गरी सक्ने
६. सबै सडक संजालहरुलाई छेउ छेउमा वृक्षारोपण गरी हरित सडक निर्माण गर्ने

ख पुल पुलेसा

१. नगरका विभिन्न भागहरुमा पक्कि पुलहरुको निर्माण गर्ने
२. नगरका विभिन्न भागहरुमा झोलुङ्गे पुलहरुको निर्माण गर्ने
३. आवश्यकिय नगरका ठाउहरुमा कजवेहरु निर्माण गर्ने
४. सवै भेगहरुमा आवश्यक्ता अनुसार बसपार्कहरुको निर्माण

ग) खेलकुद

युवाहरुलाई शरीरिक तन्दुरुस्तीका लागि खेल प्रति युवाहरुको आकर्षणलाई मध्य नजर राख्दै खेलकुद विकासमा जोड दिन जरुरी छ । त्यस्का लागी निम्न योजना कार्यान्वय गर्नुपर्दछ ।
क) ईन्द्रायणी चउर प्रस्तावित राष्ट्रिय खेल मैदान नगरकै मुहार फेर्ने योजनाको रुपमा रहेको छ । यसका लागि बनिसकेको डि.पि.आर. अनुसार कार्यन्वयनमा लैजाने महत्वकांक्षी योजना भएको हुँदा यसलाई एक पद्धतिकोे निर्माण गरी कार्यान्वयन अगाडि बढाउनु पर्दछ । यो ठुलो योजना भएको हुँदा यसलाई अभियानकै रुपमा लिनुपर्दछ । यसलाई पूरा गर्न नगरको बजेटले मात्र सम्भव नहुने हुँदा अन्य बाह्य सहयोगको लागि छुट्टै समिति बनाई ५ वर्ष भित्रमा सम्पन्न गरिसक्ने लक्ष्य तय गरिनुपर्दछ ।
ख) सबैै भेगमा एक एक खेल मैदानको निर्माण गर्नुु पर्दछ ।
ग) नगर स्तरीय एक खेल मैदानको निर्माण गर्नु पर्दछ ।
घ) युवाहरुलाई खेल प्रति रुचि बढाउने अभियान संचालन गर्नु पर्दछ ।
ङ) खेल क्षेत्रको विकास गरी युवाहरुलाई खेल क्षेत्रमा नै केही युवाहरुलाई रोजगारीको अवसर दिलाउनु पर्दछ ।
च) नगर भित्र वार्षिक रुपमा खेलको आयोजना गर्ने र गराउने कार्य गर्नुपर्दछ ।

घ) रोजगारी
१. युवालाई नगरभित्रै राजगारीको वातावरण तयार गर्नुपर्दछ र, यसका लागि निम्न क्षेत्रहरुको पर्वर्धन र विकास गरी युवाहरुलाई रोजगराीको अवसर दिन सकिन्छ ।

क) पर्यटन क्षेत्र

पर्यटन क्षेत्रको विकास गरी होमस्टे, होटल, रिसोर्ट व्यवसायको क्षेत्रमा प्रेरित गराई पर्यटन व्यवसायी बनाइ रोजगार सिर्जना गराउने

ख) कृषि क्षेत्र

कृषि क्षेत्रमा आधुनिकीकरण गरी सामुहिक खेती प्रणाली, व्यवसायिक खेतीको रुपमा अर्गानिक खेती, पशुपालन क्षेत्रमा युवाहरुलाई आकर्षित हुने योजना बनाई युवाहरुलाई कृषि कार्यमा  रोजगार बनाउन सकिन्छ ।

३. खेलकुद क्षेत्रको व्यापक विकास गरी खेल क्षेत्रमा युवाहरुलाई रोजगारी दिने योजना बनाउन सकिन्छ ।

स्वच्छ खानेपानी  ः थाहानगरमा एक घर एक धाराको अवधारणा बनाई विस्तृत थाहा खानेपानी योजना लागू गर्नुपर्दछ । थाहा नगरमा खानेपानीको व्यापक समस्या भएको हुँदा पिउने पानीको श्रोत व्यवस्थापन गर्न भूमिगत पानीको श्रोत, मूलको पानीको श्रोत, लिफ्टबाट खोनपानीको योजना बनाइ कार्यान्वयन गर्नुपर्दछ ।

वातावरण तथा फोहोर मैला व्यवस्थापन ः वातावरणलाई स्वच्छ राख्नका लागि फोहोरमैला व्यवस्थापन गरी थाहानगरलाई वातावरणमैत्री बनाउन निम्न कार्य सञ्चालन गर्ने ः

क) एक घर एक विरुवाको अवधारणालाई अभियानको रुपमा लैजाने
ख) सबै सडकका किनाराहरुमा विरुवा रोपी हरित सडकको रुपमा नगर सडकको विकास गर्ने

फोहोर व्यवस्थापन ः

ड्ड सकेसम्म घरबाट निस्कने फोहोरहरुलाई घर करेसाबारीमा नै व्यवस्था गर्ने,  त्यति नसके कुहिने र नकुहिने फोहोरलाई छुट्याई फोहोरलाई मोहोरमा परिणत गर्ने
ड्ड छ वटै भेगहरुमा आफ्नो भेगको फोहोर आफ्नै भेगमा प्रबन्ध मिलाउन व्यवस्था गर्ने
ड्ड सकेसम्म सार्वजनिक जग्गामा नै फोहोर व्यवस्थापन गर्ने व्यवस्था मिलाउने यदि त्यस्तो ठाउँ नभेटिएमा नगरले व्यक्तिको जग्गाा खरिद या भाडामा लिएर पनि फोहोर व्यवस्थापनको कार्य अगाडि बढाउने
ड्ड भविष्यलाई मध्येनजर गर्दै ढल निकासको योजना बनाउने

महिला कार्यक्रम

महिलाहरुलाई आत्मनिर्भर, रोजगार र स्वावलम्बी बनाउने नीति लिई पाँच वर्ष भित्रमा कम्तिमा पनि नगर भित्रका ५ सय महिलाहरुलाई व्यवसायिक र रोजगारी बनाउने लक्ष्यका साथ नीति र बजेटको व्यवस्था गर्ने
क) महिलाहरुलाई विभिन्न चरणमा व्यवसाय विकासको तालिम दिने
ख) महिलाहरुलाई तालिम प्राप्त गराई पर्यटन क्षेत्रको मेरुदण्डको रुपमा रहेको होम स्टेमा व्यापक रुपमा सहभागी बनाउने  नीति र कार्यक्रम बनाई कायान्वयन गर्ने
ग) लोपोन्मुख हुँदै गएको ढिकी, जाँतो, पानीघट्टबाट तयार पारेको परिकारको भोजन गृह सञ्चालन गर्ने महिलाहरुलाई अनुदानको व्यवस्था गर्ने , उनीहरुलाई सिस्नु, मकै, फापर, कोदो आदिको परिकार बनाउन प्रोत्साहित गर्ने
घ) महिलाहरुलाई सामुहिक खेती, व्यवसायिक कृषि, पशुपालन क्षेत्रमा आकर्षण गर्ने नीति र कार्यक्रम बनाई कार्यान्वयन गर्ने
ङ) नगर स्तरीय महिला सञ्जालको आफ्नै भवन तयार गर्न सहयोग गर्ने । महिलाहरुको सक्रियतामा घरेलु उद्योगहरु सञ्चालन गर्ने तथा महिलाको नाममा घरेलु उद्योग दर्ता गर्न चाहेमा केही छुट दिने व्यवस्था मिलाउने
च) हिँसामुक्त नगरपालिकाको अवधारणा बनाई चेतनामुलक कार्यक्रम संचालन गर्ने
छ) महिलाहरुलाई सीप र ज्ञान प्रवर्धनको लागि नगरले अवलोकन भ्रमणको व्यवस्था गर्ने ।

ज्येष्ठ नागरिक ः

क) ८० वर्ष माथिका ज्येष्ट नागरिकहरुलाई श्रोतहरुको खोजी गरी नियमित रुपमा मासिक पोषण सामग्री प्रदान गर्ने
ख) ज्येष्ठ नागरिकहरुलाई वृद्ध अवस्थामा समेत मानसिक रुपमा तन्दुरुस्त बनाउन तथा उनीहरुलाई शान्ति र मनोरन्जनको वातावरण दिलाउन प्रत्येक वडामा दिवा सेवा केन्द्र सञ्चालन गर्ने ।
ग) ज्येष्ठ नागरिकहरुलाई घरमै लगेर सामाजिक सुरक्षा भत्ताको व्यवस्था मिलाउने ।

श्रोत परिचालन

उपरोक्त नीति तथा कार्यक्रमहरुलाई प्रभावकारी बनाउन उपयुक्त र पर्याप्त बजेट तथा श्रोतहरुको परिचालन गर्न आवश्यक छ । यसका लागि नगरको आम्दानीका श्रोतहरु पत्ता लगाई उपयुक्त मापदण्ड तयार गर्न र उचित सुझावका लागि विज्ञहरुको टोली गठन गर्नु पर्दछ । खानी तथा भूगर्भ विभाग, पुरातत्व विभाग, आयुर्वेद विभाग, वन तथा वातावरण विभाग, कृषि विभाग, पर्यटन विभाग लगायतका विभाग तथा निर्देशनालयसँग समन्वय गरी उपयुक्त सम्भावनाहरुको खाका तयार गर्न उक्त टोलीले आवश्यक कार्य गर्नेछ ।

माथि उल्लेख गरिएका अतिरिक्त निम्न नीति तथा कार्यक्रमहरुलाई नगरको नीति, कार्यक्रम तथा बजेटमा समावेश गर्न सुझाव पेश गर्दछौं ः

ड्ड उपभोक्ता समितिहरु गठन हुँदा नाम मात्रको सहभागी हुने गरेको, उपभोक्ता समिति गठन कार्यविधिको परिपालन नगरेको, समावेशी हुन नसकेको तथा सदस्यहरु अपेक्षाकृत सक्रिय हुन नसकेको यथार्थको महशुस गरिएकै छ । यस सन्दर्भमा उपभोक्ता समितिका अध्यक्षहरुले समग्र उपभोक्ताको प्रतिनिधित्व र नेतृत्व प्रदान गर्दै पारदर्शी  र जवाफदेही ढंगले काम गर्न जरुरी छ । यसका लागि उपभोक्ता समितिका अध्यक्ष तथा सदस्यहरुलाई नैतिक आचरणयुक्त, जवाफदेही तथा इमानदार बनाउन उपयुक्त अनुशिक्षण तथा कार्यशालाहरुको आयोजना गरिनुपर्दछ ।

ड्ड थाहा नगरको सडकहरुलाई अर्को गाउँपालिका तथा जिल्ला र राजधानी काठमाण्डौं तथा मुख्य राजमार्गहरुमा जोड्न सकिने सम्भावनालाई प्राथमिकता दिई सोही अनुसार अन्तर स्थानीय तह तथा अन्तर जिल्ला समन्वय मार्फत् कार्यान्वयनमा जोड दिइने नीति लिइनुपर्दछ ।
ड्ड नगरभित्र प्रत्येक वडामा नगरपालिकाका तर्फबाट कम्तिमा एक सामुदायिक तथा व्यापारिक भवनहरु  निर्माण गरी आम्दानीको श्रोत परिचालनको रुपमा कार्यान्वयन गर्ने ।

ड्ड नगरको प्रत्येक वडाहरुमा एक सामुदायिक पुस्तकालायहरुको स्थापना गरी उक्त पुस्तकालयलाई इलाइबे्ररीको रुपमा विकास गर्दै सार्वजनिक श्रोत केन्द्र र डाटा सेन्टरको रुपमा विकास गर्ने ।
ड्ड थाहा नगरमा झण्डै ३ दर्जन सामुदायिक वनहरु रहेको यथार्थलाई मध्यनजर गरी ती सामुदायिक वनहरुको श्रोत सर्वेक्षण तथा त्यसले शोषण गर्ने कार्वनडाइ अक्साइडको अध्ययन गरी कार्वन व्यापार गर्ने तथा नगरपालिकाका तर्फबाट उपयुक्त समन्वय गर्ने नीति लिइनुपर्दछ ।

ड्ड भूकम्पपछिको पुनर्निर्माण, पूर्ण सरसफाइ, बालमैत्री स्थानीय शासन, लैंगिक मैत्री नगर, हिंसामुक्त नगर, प्लास्टिक मुक्त नगर, वातावरणमैत्री नगर, सुधारिएको चुल्हो प्रयोग गर्ने नगर, पूर्ण खोपयुक्त नगर लगायत नगरलाई नमुना नगर बनाउन युएसएआडी, सेभ द चिल्ड्रेन, युनाइटेड मिसन टु नेपाल, टियर फण्ड, प्लान इन्टरनेशनल, युनिसेफ, वाटर एड, डिएफआडी, विश्व खाद्य कार्यक्रम, युएनडिपी लगायत अन्तरराष्ट्रिय गैरसरकारी संस्था तथा संयुक्त राष्ट्र संघीय एजेन्सीहरुलाई आह्वान तथा प्रोत्साहन गरिनेछ । त्यस्ता अन्तरराष्ट्रिय संस्थाहरुलाई नगरका गैरसरकारी संस्थाहरुसँग सहकार्य गरी कार्य गर्ने गराउने नीति लिनुपर्दछ ।

ड्ड चालु आर्थिक वर्ष भित्रै नगर यातायात गुरुयोजनालाई पूर्णता दिई कार्यान्वयनमा ल्याइनुपर्दछ ।
ड्ड वडाहरुको समानुपातिक विकास गर्न भूगोल र जनसंख्याको आधारमा प्रत्येक वडाको बजेट सिलिङ बनाई उक्त बजेटलाई वडाकै निर्णयको आधारमा कार्यान्वयन गर्ने व्यवस्था गरिनुपर्दछ ।

ड्ड नगरस्तरीय   खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति गठन गरी उक्त समितिको परीचालनबाट  समस्याग्रत स्थानहरुको पहिचान सहित मर्मत संभार कोष र लागत साझेदारीमा खानेपानी तथा सरसफाई सम्बन्धी आयोजनाहरु सञ्चालन गरिनुपर्दछ ।

ड्ड नगरभित्रको खानेपानी आयोजना तथा खानेपानी वितरण प्रणालीलाई व्यवस्थति बनाई खाने पानी व्यवस्थापन बोर्ड स्थापना गरी कार्यान्वयन गर्ने नीति अवलम्बन गरिनुपर्दछ ।
ड्ड प्रकोपबाट नगरवासीको सुरक्षाको लागि समयमा प्रकोप सुचना प्रवाह तथा प्रकोप क्षेत्रमा समयमै उद्धार तथा राहत कार्यक्रम सञ्चालन गर्न कम्तिमा १२ लाख रुपियाँ रहने गरी विपद व्यवस्थापन कोष खडा गरिनुपर्दछ ।
ड्ड नगरको  विपद पुर्व तयारी तथा प्रतिकार्य योजना तयार गर्न तुरुन्त पहल गरिनुपर्दछ ।
ड्ड नगर स्तरीय विपद व्यवस्थापन समितिलाई आवश्यक तालिमको व्यवस्थापन सहित क्रियाशिल बनाइनुपर्दछ ।
ड्ड भुकम्प पछिको पुनः निर्माण कार्यमा निजि आवास निर्माणमा नक्सापास व्यवस्थालाई अनिवार्य गर्दै राष्ट्रिय पुनः निर्माण प्राधिकरणले तय गरेकोे नमुना अनुसार घर निर्माण गर्नेलाई नगरपालिकाले नक्सा पास प्रक्रियामा लिने दस्तुरमा ५० प्रतिशत र अन्य घर निर्माण गर्नेकोे हकमा आगामी २ वर्षका लागि २५ प्रतिशत छुट दिने नितिलाई निरन्तरता दिइनुपर्दछ ।

ड्ड भूकम्प, बाढीपहिरो लगायत विपद जोखिमबाट सुरक्षाको लागि वडास्तरमा खुल्ला क्षेत्रहरुको पहिचान गर्ने, आश्रय स्थलहरुको निर्माण गर्ने तथा घना बस्तीहरुमा विपद सूचनाको साइरनको व्यवस्था गर्ने नीति लिइनुपर्दछ ।
ड्ड डुबान, कटान तथा भु–क्षय नियन्त्रण तथा वस्ती बचाउ गर्न जिल्ला तथा केन्द्रमा पहल गरिनुका साथै २०७२ को विनासकारी भूकम्पपछिको पुर्ननिर्माणलाई सघाउ पु¥याउन वडास्तरीय सामुदायिक पुर्ननिर्माण समिति गठन गरी पुर्ननिर्माण कार्यलाई थप तिब्रता दिइनुपर्दछ ।

ड्ड राष्ट्रिय प्रसारण लाइनको पहुँच पुग्न नसकेका बस्तीहरुमा विद्युतीकरण गर्ने तथा बैकल्पिक उर्जाको व्यवस्था गर्न उचित योजना बनाई कार्यान्वयन गर्ने नीति लागू गर्नुपर्दछ । आग्रा र टिस्टुङका विद्युतीकरण हुन नसकेका वस्तीहरुमा तत्काल सौर्य उर्जा तथा लघु जलविद्युत आयोजनालाई अघि बढाइनुपर्दछ । यस्तो आयोजना सञ्चालन गर्दा उपभोक्ताहरुलाई कम्तिमा ३० प्रतिशत रकम अनुदान दिने नीति लिइनुपर्दछ ।

ड्ड आगामी दिनमा नक्सा पास गर्दा नयाँ बन्ने घरहरुमा उर्जा प्रवद्र्धनको लागि अनिवार्य रुपमा सोलार प्यानल जडान नितिलाई निरन्तरता दिइनुपर्दछ ।
ड्ड नगरका सम्पूर्ण सरकारी कार्यालयहरुमा फ्रि वाइफाइको व्यवस्था गरी सेवाग्राहीहरुलाई इन्टरनेटको माध्यमबाट सूचना प्राप्त गर्ने वातावारण बनाउने नीति अपनाइनुपर्दछ ।
ड्ड नागरिकले वडा तथा नगर कार्यपालिकाबाट प्राप्त गर्ने  सेवासम्बन्धी सूचना तथा नागरिक वडा पत्रका लागि नगरपालिकाले छुट्टै एप्स निर्माण गरी नियमित रुपमा अपडेट गर्ने नीति लिइनुपर्दछ । यससम्बन्धी नागरिकहरुलाई सुसूचित गर्न विशेष सूचना प्रदान गरिनुपर्दछ ।

ड्ड नगरपालिकामा सुनौलो हजार दिन, पहुपक्षीय पोषण कार्यक्रम, गरिवी निवारण कोष जस्ता कार्यक्रमहरुलाई भित्र्याउन पहल गरिनुपर्दछ ।
ड्ड बज्रवाराही, नौखण्डे र डाँडाबास क्षेत्रमा एक एकवटा प्रहरी चौकी स्थापनाको लागि पहल गरिनुपर्दछ ।
ड्ड थाहा नगरलाई बाल मैत्री नगर घोषणा गर्ने चौंथो नगर परिषदबाटै निर्णय भएकोमा उक्त निर्णयबमोजिम बृहद बालमैत्री नगर योजना बनाई आगामी २०७५ सालसम्ममा बालमैत्री नगर घोषणा गर्ने नीति लिइनुपर्दछ ।
ड्ड नगरपालिका भित्रबाट प्रकाशन, प्रशारण हुने पत्रपत्रिका, रेडियो तथा अनलाइनहरुको प्रवर्धनका लागि  प्रस्तावको आधारमा एकमुष्ठ अनुदानको व्यवस्था गरी नगर कार्यपालिकाबाट प्रवाह हुने सूचना प्रवाहलाई व्यवस्थित गर्ने नीति लिइनुपर्दछ ।

ड्ड युवाहरुको व्यक्तित्व, नेतृत्व तथा क्षमता विकासका लागि उपयुक्त कोर्षको डिजाइन गरी कार्यक्रम संचालन गर्नुपर्दछ । यसवर्ष कम्तिमा ५० जना युवाहरुलाई क्षमतायुक्त बनाउने लक्ष्य र सोही अनुसार बजेट विनियोजन गरिनुपर्दछ ।

ड्ड दलित छात्रछात्राहरुमध्येबाट थाहानगर भित्रका माध्यमिक विद्यालयहरुबाट प्लस टुमा सर्बोत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने एक छात्र र एक छात्रालाई थाहानगर भित्रको क्याम्पसमा अध्ययन गर्न चाहेमा स्नातक प्रथम वर्षमा अध्ययन गर्नका लागि लाग्ने भर्ना र पहिलो वर्षको सम्पूर्ण शुल्क वापतको रकम पुरस्कार स्वरुप प्रदान गरिनुपर्दछ । उनीहरुले थाहानगर बाहिर अध्ययन गर्न चाहेमा एकमुष्ठ पाँच हजार रुपैयाका दरले पुरस्कार प्रदान गर्न सकिन्छ ।

ड्ड थाहानगरमा प्राचीन कालदेखि हालसम्म बसोबास गर्ने सम्पूर्ण जातीहरुको परिचय झल्किने कला तथा बस्तुहरु संकलन गरी एक बहुजातीय संग्रहालयको स्थापना गने नीति लिइनुपर्दछ । यसको लागि अध्ययन अनुसन्धान तथा आवश्यक प्रक्रियाका लागि यसै वर्षदेखि प्रक्रिया अघि बढाइनुपर्दछ ।

ड्ड थाहा नगरबाट मकवानपुरको मनहरी, चितवनको भण्डारा र धादिङको महादेवबेसी तथा काठमाण्डौंको थानकोट जोड्ने सडकहरुलाई विशेष प्राथमिकतामा राखेर आवश्यक बजेट बिनियोजन गर्ने नीति लिइनुपर्दछ । थाहानगरलाई काठमाण्डौंसँग जोड्ने द्रुत मार्ग अन्तर्गत चन्द्रागिरीमा सुरुङ मार्ग निर्माणको प्रक्रिया शुरु गर्न यसै वर्षदेखि पहल गरिनुपर्दछ ।

ड्ड थाहानगरमा सामाजिक परिचालनको औचित्य अझै उत्तिकै रहेकोले यसअन्तर्गत महिला, दलित, जनजाति, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विपन्न वर्ग तथा सीमान्तकृत वर्गका व्यक्तिहरुलाई सामाजिक परिचालनका माध्यमबाट सशक्तीकरण गरी विकासको मूल प्रवाहमा ल्याउन तथा स्थानीय शासनमा सहभागी गराई निर्णय प्रक्रियामा सक्रिय र जिम्मेवार बनाउन तथा सेवामा पहुँच बढाउन विशेष कार्यक्रमहरु संचालन गरिनुपर्दछ । यसका लागि विगतमा विनियोजन गरिँदै आएको बजेटमा नघटाई कार्यक्रम संचालन गर्ने नीति लिइनुपर्दछ ।

ड्ड विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्थामार्फत् संचालन गरिने कार्यक्रमहरुका सम्बन्धमा आवश्यक समन्वय गर्न तथा उनीहरुको कार्यक्रम र शैलीमा एक रुपता ल्याई विविध क्षेत्रको विकासमा प्रभावकारिता ल्याउन अघिल्लो नगर परिषदले थाहा नगरमा क्रियाशील र अनुभवी एक गैरसरकारी संस्थालाई फोकल संस्थाको रुपमा लिने र समन्वयको वातावरण बनाउने नीतिलाई निरन्तरता दिइनुपर्दछ ।

ड्ड नगरभित्रका बैंक तथा वित्तीय संस्थाहरुलाई कार्यक्रममा एकरुपमा ल्याउन तथा बैंकको पहुँच नपुगेका ग्रामीण स्थानहरुमा कार्यक्रम विस्तार तथा संचालन गर्न उनीहरुलाई प्रोत्साहन गर्ने नीति लिइनुपर्दछ ।
ड्ड अपाङ्गता भएका व्यक्तिहरुको पहुँच विस्तार तथा थप क्षमताको लागि मागका आधारमा विशेष कक्षाहरु संचालन गरिने छ साथै उनीहरुलाई अन्यत्र विशेष विद्यालयमा गई अध्ययन गर्न चाहेमा विशेष छात्रवृत्तिको व्यवस्था गरिनुपर्दछ ।

ड्ड नगरमा विभिन्न कार्यक्रम तथा योजनाहरु संचालन गर्दा कार्यक्रमको प्रकृतिको आधारमा नगरभित्रका गैरसरकारी संस्था, संगठित संस्था, नागरिक समाज, नीजी क्षेत्र आदिसँग सहकार्य गरी उनीहरुमार्फत् संचालन गर्ने नीति लिइनुपर्दछ ।

ड्ड थाहा नगरको विकासमा सार्वजनिक, निजी तथा सहकारी क्षेत्रको योगदानलाई मध्यनजर गरी तीनै क्षेत्रको प्रभावकारी  परिचालनलाई प्राथमिकता दिइनुपर्दछ ।
ड्ड ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको ऋषेश्वर क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी उक्त क्षेत्रसम्म केबलकार सञ्चालनको सम्भाव्यता अध्ययन गरी प्रक्रिया शुरु गरिनुपर्दछ ।

ड्ड दामनको वागवानी, वनस्पति उद्यान लगायत क्षेत्रहरुलाई निजी क्षेत्रसँगको सहकार्यमा पर्यटकीय दृष्टिले होटल रिसोर्ट क्षेत्रको रुपमा विकास गर्ने नीति लिइनुपर्दछ ।

ड्ड पर्यटकीय दृष्टिले महत्व बोकेको सीमभन्ज्याङ क्षेत्रमा बाह्रै महिना कायम रहने गरी हिमघर (क्लयध ज्यगकभ) निर्माण गरी पर्यटकहरुलाई आकर्षित गर्ने नीति तथा कार्यक्रम बनाइनुपर्दछ ।

ड्ड लम्बाइमा झण्डै आधा क्षेत्र थाहा नगरपालिकाभित्र पर्ने त्रिभुवन राजपथलाई बाइरोड नभई थाहा नगरको मेन रोडकै रुपमा कायम गर्न उक्त सडकलाई व्यवस्थित गर्दै स्तरोन्नतिको लागि तुरुन्तै पहल गर्ने नीति तथा कार्यक्रम ल्याउनुपर्दछ  ।

धन्यवाद

मिति ः २०७४ असार २५



0 comments

Write Down Your Responses

pfizer vaccine