Powered by Blogger.
दुब्र्यसनीमा फसेकाहरुलाई कारबाही होईन उपचार गर्नुपर्छ : डिआईजी केसी


हेटौंडा,११ साउन÷ मध्यक्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानीरिक्षक      (डिआईजी) गणेश केसीले लागूऔषध दुब्र्यसनीमा फसेकाहरुलाई कारबाही नभई उपचार गर्नुपर्ने बताउनुभएको छ । सामुदायीक सेवा केन्द्र मकवानपुर तथा सामुदायीक प्रहरी सेवा केन्द्र पशुपतिनगरले गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले दुब्र्यसनीमा फसेकाहरुलाई उपचारमार्फत परिवारमा पुर्नस्थापना गर्ने अभियानमा प्रहरी रहेको बताउनुभयो ।
दुब्र्यसनीमा फसेकालाई नभई लागूऔषध कारोबारी र दुब्र्यसनीमा लाग्न उक्साउनेहरुलाई कारबाही गर्नुपर्ने केसीको भनाई छ । डिआईजी केसीले लागूऔषध दुब्र्यसनी नियन्त्रणको लागि हेटौंडामा राम्रो सुधार गृहको आवश्यकता रहेको बताउनुभयो । लागूऔषध उत्पादन र ओसारपसारको कारण मकवानपुर जोखिममा रहेको भन्दै उहाँले चिन्ता ब्यक्त गर्नुभयो ।
केसीले अपराध र दुब्र्यसनी मुक्त समाज निर्माणको लागि सामुदायी सेवा केन्द्रसँग सहकार्य गरी काम गर्ने बताउनुभयो । जिल्लाभित्रका अपराध र दुब्यृसनी नियन्त्रणको लागि सामुदायीक सेवा केन्द्रले खेलेकोको भूमिकाको प्रसंसा गर्दै उहाँले आगामी दिनमा थप सहकार्य गरिने बताउनुभयो ।
संस्थाका अध्यक्ष राम विष्टले सामुदायीक सेवा केन्द्रले गरेको काम,त्यसको प्रभाव र प्रहरी संगठनसँगको अपेक्षाबारे कार्यक्रममा बोल्नुभएको थियो । कार्यक्रममा भर्खरी बरिष्ठ प्रहरी उपरिक्षकमा बढुवा हुनुभएका मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक बसन्त लामालाई दोसल्ला ओढाएर बधाई दिएको थियो । कार्यक्रममा हेटौंडा नौ नम्बर वडा अध्यक्ष लक्ष्मण भण्डारी,सामुदायीक सेवा केन्द्रका संस्थापक अध्यक्ष रामचन्द्र  अर्याल,उपाध्यक्ष बिनोद लामिछाने,केन्द्रको आठ नम्बर उप केन्द्रका अध्यक्ष नारायण सिं लो,मानार्थ सदस्य प्रकाश पौडेल लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

0 comments

Write Down Your Responses