Powered by Blogger.
राष्ट्रिय लोक संचारकर्मीद्धारा एकै थलोमा २७ एल्बम बिमोचन


काठमाडौं । राष्ट्रिय लोक संचारकर्मी नेपालले नियमित रुपमा गर्दै आएको तीज एल्बम बिमोचन कार्यक्रम यस बर्ष पनि भब्य र ऐतिहासिक रुपमा सम्पन्न भएको छ । 

काठमाण्डौको अनामनगरमा आयोजित उक्त कार्यक्रममा इतिहासमै पहिलो पटक एकै थलोमा २७ ओटा तीज गीत एल्बम बिमोचन गरि उदाहरणीय कार्य गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथिका रुपमा सास्कृतिविद् समेत रहेकी कान्त भट्टराइ हुनुहुन्थ्यो भने कलाकारहरु बरिष्ठ गायिका चन्द्रकला साह ,लोक गायक नबिन खड्का ,चर्चित गायिका सर्मिला गुरुङ,संचारकर्मी कृष्ण कंडेल,संस्थाका पुर्व अध्यक्ष गोबिन्द गिरी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । 

संस्थाका अध्यक्ष हरिबल्लब नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रममा अग्रज गायिका चन्द्रकला साहले भन्नु भयो “हराउदै गएको नेपाली मौलिकता प्रति चिन्ता छ,  आफुले तीजको संरक्षण र मौलिक गीतको लागि अहिले सम्म पनि व्यक्तिगत रुपमा एल्बम निकाल्दै आएको छु । म मौलिकतामा ध्यान दिन नया पुस्ताका कलाकारहरुलाई आग्रह गर्छु ।’ 

सोहि अबसरमा लोक गायक खड्काले आफ्नो मन्तब्य दिदै भन्नु भयो “अहिले आएको अधिकांश गीतहरु रत्यौली त्यसमा पनि ८०५ भन्दा बढी छाडा शब्द प्रयोग भएको हुदा ध्यान दिन अनुरोध छ ।  तीज महिलाहरुको हो पुरुषक किन हाबी ? पुरुस मित्रहरुलाइ आग्रह नारीको सस्कृतिमा हाबी नगर्नुहोस”

गायिका शर्मिला गुरुङले पुरानो गीत गाउदै आफ्नो मौलिक तीजलाई जगेर्ना गर्न अनुरोध गर्नुभयो । 

कार्यक्रममा उमा श्रेष्ठको “चढ्यो बैसा” ,कमल सरगमको “नाचा सानी नाचा” ,धन कुमारी थापा सरुको “फरर फरर ”, निता पुन मगर र मिना गर्बुजाको “झम्के बुलाखी”, हरि बहादुर काफ्ले मगरको “जोर मादल” ,नबिन पुलामी मगरको “तीजलाई किन्देको सारी ” ,पूर्णकला बिसीको “माईतिघर” ,मन्जु गौतमको “लोडसेडिङ हुदैन” ,शर्मिला रायमाझीको “जिरो फिगर” ,सितल पाण्डेको “माईति देशैमा” ,बिनय खत्रीको “रिमेझिमे पानीमा”,शोभा त्रिपाठीको “टिकीया हरायो” ,सुनिता गुरुङको “हंकंगको चुरा” ,चन्द अर्यालको “ओ हो महादेव” ,सुनिला गुरुङको “मेरै खुट्टाले”,सान्ती रिजाल पौडेलको “बटौली घुमाउनि”,पुजा पौडेलको “पाउडरले गोरो”,सुष्मा लामाको “काकारिको झाल”, मन्जु लावतीको“यसपाली तीजमा”,राजु सुनाम र कालिका रोकाको“आजै पानी परेर भिजायो”,दिनेश श्रेष्ठ र इन्दिराको एल्बम ,डिल्लीराम रेग्मी सुजनको “सासु बुहारी”,टिका पुनको “युके को सहर”,केशु गुरुङको “जुन देशमा रहे पनि तीज”,अमृता लुंगेली मगरको “जो बढी नाच्छ उही धेरै बाँच्छ”,जागर घर्ती मगरको “घुमायो फनफनी”,बिष्णु डिसीको”कोरली गाई” लगायत एल्वमको विमोचन गरिएको थियो । 

सोहि अबसरमा विमोचित गीतका कलाकारहरुले आफ्नो आफ्नो एल्बमको बारेमा जानकारी दिनुभयो ।

कार्यक्रमको बिसर्जन गर्दै लोक संचारकर्मीका अध्यक्ष्य हरिबल्लब नेपालले भन्नुभयो “हामी नेपाली नारीहरुको महान पर्व हरितालिका तीजलाइ लक्षित गरेर बजारमा आएका धेरै गीतहरु बिकृति जन्य छन्, यसलाई रोकथाम गर्ने हेतुका साथ हामीले यस बिमोचनको आयोजना गरेका हौ र सम्पन्न पनि भएको छ ,पोहोर बर्ष भन्दा यस बर्ष धेरै मौलिक सृजना बजारमा आएको छ । अर्को बर्ष हाम्रो अभियानले अझ सशक्त हुने छ” 

सोहि अबसरमा सस्थाका सदस्य शोभा त्रिपाठीले कार्यक्रम संचालन गरेकी थिइन् भने कार्यक्रमको स्वागत मन्तब्य संस्थाका सह सचिब रामनाथ घिमिरेले गर्नु भएको थियो भने सहभागी सदस्यहरुलाई स्वागत तथा सम्मान खादा वितरण संस्थाका उपाध्यक्ष चन्द्रमणी गौतमले गरेका थिए । 



0 comments

Write Down Your Responses