Powered by Blogger.
पत्रकार महासंघद्धारा सञ्चारमन्त्रीलाई स्वागत


काठमाडौं ।  नेपाल पत्रकार महासंघले नवनियुक्त सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई बधाई तथा कार्य सफलताको शुभकामना व्यक्त गरेको छ । 

महासंघको सभाहलमा  आयोजित औपचारिक कार्यक्रममा नवनियुक्त सूचना तथा सञ्चारमन्त्री बस्नेतलाई महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा नव नियुक्त सूचना तथा सञ्चारमन्त्री बस्नेतले पत्रकार महासंघलाई धन्यबाद व्यक्त गर्दै आफ्नो कार्यकालमा सञ्चारमैत्री वातावरण निर्माण गर्न क्रियाशील रहने बताउनु भयो । उहाँले आपूm पत्रकारका समस्याप्रति सचेत रहेको बताउदै ‘क्लीन फिड’ नीतिको विषयमा मन्त्रलायमा छलफल गर्ने बताउँदै विगत र हालको पत्रकारितामा परिवर्तन आएको भन्दै पत्रकारको प्रशिक्षण र पुरस्कारको व्यवस्था गर्ने जानकारी दिनुभयो । 

कार्यक्रममा महासंघका अध्यक्ष डा.विष्टले पत्रकारका पेशागत तथा भौतिक असुरक्षाका विषयमा अवगत गराउँदै विभिन्न समयमा मारिएका पत्रकारका परिवारले हालसम्म न्याय नपाएको मन्त्री बस्नेतको ध्यानाकर्षण गराउनु भएको थियो । 

उहाँले राष्ट्रिय आमसञ्चार नीति २०७३ ले सञ्चार प्रतिष्ठान, क्लीन फिड नीतिलगायत सञ्चार क्षेत्रको विकासको परिकल्पना गरेको भन्दै त्यसको पूर्ण कार्यान्वयन गर्न र मिडिया स्वामित्वको विषयमा छलफल गर्न आवश्यक रहेको बताउनु भयो । 

प्रेस काउन्सिलका अध्यक्ष भवानी बरालले मन्त्री बस्नेतलाई शुभकामना र कार्यसफलताको कामना व्यक्त गर्नु भएको थियो ।

महासंघका महासचिव उजिर मगरले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा सूचना विभागका महानिर्देशक वीरबहादुर राई, गोरखापत्र संथानका अध्यक्ष गोविन्द पोखरेल, महासंघका उपाध्यक्ष खिलबहादुर भण्डारी, अनिता विन्दु, सचिवहरू प्रभात चलाउने, संगिता खड्का, धर्मेन्द्र कर्ण, ध्रुव लम्साल केन्द्रीय सदस्यहरु, लेखा समिति संयोजकलगायत सञ्चार सम्वद्ध विभिन्न संघसंस्थाका प्रतिनिधि र पत्रकारहरूको उपस्थिति रहेको थियो । 

0 comments

Write Down Your Responses