Powered by Blogger.
दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी यूनियनमा विजय


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण स्वतन्त्र कर्मचारी यूनियनको छैठौं महाधिवेशनले विजयकुमार रायको अध्यक्षतामा नयाँ कार्यसमिचि चयन गरेको छ । यसअघि यूनियनको कोषाध्यक्ष रहेका राय सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।  

यही साउन २० सम्पन्न अधिवेशनको गते सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरेका थिए ।  प्राधिकरणका अध्यक्ष दिगम्बर झाको विशेष आतिथ्यतामा  कार्यक्रम भएको थियो । 

महाधिवेशनको उद्घाटन गर्दै सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले अधिवेशनको सफलता साथै अधिवेशनबाट आउने टिमको कार्यकालको सफलताको शुभकामना दिएका थिए ।

यूनियनले दूरसञ्चारको क्षेत्रको विकासको लागि ठोस पहल लिनुपर्नेमा मन्त्री बस्नेतको जोड थियो ।  त्यसै गरी प्राधिकरणका अध्यक्ष दिगम्बर झाले कर्मचारी, व्यवस्थापन र यूनियन बीच अन्योन्याश्रित सम्बन्ध हुने र आगामी दिनमा हातेमालो गर्दै जानुपर्ने आवश्यकता रहेको बताए । 

उद्घाटनको अध्यक्षता अच्युतानन्द मिश्रले गरेका थिए । 

कार्य समितिको अध्यक्षमा विजयकुमार राय यादव, उपाध्यक्षमा सुनिता पाण्डे, सचिवमा राजेन्द्र थापा, कोषाध्यक्षमा नवराज पुरी तथा सदस्यहरुमा सूर्यप्रसाद लामिछाने, विष्णुहरी फुयाँल र यमबहादुर महरा रहेका छन् । 

निर्वाचित कार्यसमितिका पदाधिकारीहरुले साउन २२ गते प्रमाणपत्र वितरण गरी पद तथा गोपनियताको सपथ लिएका थिए । 

दामन पोष्ट परिवार नवनिर्वाचित कार्यसमिति परिवारलाई हार्दिक वधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।  



0 comments

Write Down Your Responses