Powered by Blogger.
जन आकाश साप्ताहिकको दशौं वार्षिकोत्सव सम्पन्न


काठमाडौं । नेकपा एमालेका स्थायी समिती सदस्य शंकर पोखरेलले नेपालका हजारौं विद्यार्थीहरु प्राविधिक शिक्षा पढ्न विदेश पलायन भएको प्रति चिन्ता व्यक्त गरेका छन् । 

राजधानीमा मंगलबार जनआकाश साप्ताहिकको दशौं वर्ष प्रवेश गरेको उपलक्ष्यमा बोल्दै उनले सो चिन्ता व्यक्त गरेका हुन् ।

पूर्वसंचारमन्त्री समेत रहेका पोखरेलले डा.गोविन्द केसीको अनशनप्रति संकेत गर्दै नेपालको प्राविधिक शिक्षाको विकासमा रोकावट ल्याएको अरोप समेत लगाए । यसले नेपाली विद्यार्थीहरु स्वदेशमा पढ्न नपाएर ठूलो धनराशी सहित बाहिरिनु परेको बताए । 

उनले गुम्नै लागेको स्वदेशी आकाश सम्बन्धी अधिकार आफू संचारमन्त्री रहाँदा सुुनिश्चित गरेको दाबी गरे । त्यस्तै पोखरेलले नेपाली राजनीतिक दलहरुको सम्पूर्ण ध्यान नेपालको आर्थिक क्रान्तिमा हुनुपर्ने धारणा व्यक्त गरे । जसमा रुपान्तरित कृषि व्यवसाय र पर्यटनलाई जोड दिनुपर्ने बताउँदै बुद्ध धर्म तथा हिन्दु धर्मको आयाम बारे धारणा पनि राखे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका संस्थापक गर्भनर हिमालय समशेर जबराले नेपालमा भारतीय मुलका व्यापारी, नेपाली राजनीतिज्ञ, कर्मचारी, ठेकदार, म्यानपावर व्यवसायीको प्रगति भए पनि आम नेपाली जनताको जीवनस्तर माथि उठन नसकेको प्रति चिन्ता व्यक्त गरे ।

प्रेस काउन्सिलका अध्यक्ष भवानी बरालले काउन्सिलले नेपाली प्रेसलाई मर्यादित बनाउन प्रयास गरिरहेको बताए । 

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारीले साना  लगानीका संचारमाध्यमप्रति राज्यको दृष्टिकोण संकुचित रहेको भन्दै सरकार र सरोकारवाला पक्षलाई समान दृष्टिकोण बनाउन ध्यानाकर्षण गराए । 

कार्यक्रममा नेपाल व्यापार संघका अध्यक्ष कुमार कार्की, समाजसेवी भद्राकुमारी घले लगायतका व्यक्तिहरुले जनआकाश साप्ताहिकलाई शुभकामना दिए । 

जनआकाशले आफ्नो एक दशक प्रवेश गरेको उपलक्ष्यमा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव मोहन पन्त, वरिष्ठ कलाकार बसुन्धरा भूसाल लगायतलाई सम्मानित पनि गरेको थियो ।

उक्त कार्यक्रम जनआकाश मिडिया प्रा.लि.का अध्यक्ष मोहन कार्कीको सभापतित्व तथा सम्पादक कुमार अधिकारीले संचालन गरेका थिए । कार्यक्रममा मिलन लामाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । 





0 comments

Write Down Your Responses