Powered by Blogger.
स्वास्थ्य राज्यमन्त्रीमा यादव

काठमाण्डौं / स्वास्थ्य राज्यमन्त्रीमा धनुषाका सासंसद रामसिंह यादव नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद विस्तार गर्ने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले यादव सहित ८ जनालाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । स्वास्थ्य राज्यमन्त्री बन्नुभएका यादव माओवादी केन्द्रका केन्द्रीय सदस्य हुनुहुन्छ । धनुषाका स्थायी बासिन्दा यादव २०७० सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्रबाट समानुपातिक सभासदको रुपमा छनौट हुनुभएको थियो ।
पदवहाली गर्दै राज्यमन्त्री यादवले स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले ल्याउनु भएको सबैं योजनालाई कार्यान्वयन गर्न सहयोग गर्ने बताउनुभयो । उहाँले पारदर्शी र जिम्मेवार पुर्वक काम गर्न कर्मचारीहरुलाई निर्देशन पनी दिनुभयो ।

राज्यमन्त्री यादवले जनता संग जोडिएको कामलाई बिना भेदभादव सबैं मिलेर छिटो, छरितो ढंगले काम गर्नुपर्ने बताउनुभयो । राज्यमन्त्री यादवले स्वास्थ्य क्षेत्र संवेदनशिल क्षेत्र भएकाले अत्यन्तैं जिम्मेवार भएर काम गर्न पनि निर्देशन दिनुभएको छ ।

राज्यमन्त्री यादवलाई स्वास्थ्य मन्त्रालयका सचिव डा. किरण रेग्मी सहित मन्त्रालयका कर्मचारीहरुले स्वागत गर्नुभएको थियो ।

0 comments

Write Down Your Responses