Powered by Blogger.
थाहा कला केन्द्रको निःशुल्क अभिनय तालिम सुरु

जनक तामाङ 
 थाहा नगर, १ भाद्र /  आज बाट थाहा कला केन्द्रले १ हप्ते तालिमको सुरुवात गरेको छ । थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानको अध्यक्षतामा थाहा नगरपालिको विकास घरमा तालिमको सुरुवात गरिएको हो ।
लुकेर बसेका प्रतिभालाई उजागर गर्दै बर्तमान समयका देखा परेका समाजिक समस्याहरु उल्लेख गरि समाज सामाजिक सचेतनामुलक चलचित्र निर्माण गर्नको लागि कलाकारहरुलाई तालिमको आयोजना गरिएको अध्यक्ष मुक्तानले बताउनुभयो ।
तालिममा थाहा नगर, कैलाश गाउपालिका र भिमफेदी गाउँपालिका का ३५ जनाको सहभागिता रहेको छ ।
सर्बनाम थियटरका राजु मुक्तन र नितान्त दहालले तालिमको सहजीकरण गरिरहनु भएको छ । ७ गते सम्म चल्ने तालिमको आयोजना कला केन्द्र आफैले गरेको हो ।

वि।सं २०७२ सालमा स्थापना भएको कला केन्द्रले कला सम्बन्धि विभिन्न कार्य गर्दै अगाडि बढेको छ । केन्द्रले मकवानपुर स्तरीय एकल गायन प्रतियोगिता मकवानपुर आईडल आयोजना गरि आफ्नो नामलाई विभिन्न स्थानमा फैलाउन समेत सफल भएको छ ।

कला केन्द्रले मकवानपुरको थाहा नगरपालिका ३ शिखरकोटमा आफ्नो कार्यालय र हल को स्थापना गरि कलाकारलाई अभ्यास गराउदै आएको छ । थाहानगरमा विभिन्न समयमा साँस्कृतिक कार्यक्रम, जनचेतनामुलक कार्यक्रम तथा नाटक, गीत, नृत्यलाई आत्मसाथ गर्दै कला केन्द्र अगाडि बढिरहेको छ ।

0 comments

Write Down Your Responses