Powered by Blogger.
थाहा कला केन्द्रको गीतकोे भिडियो विमोचन

जनक तामाङ 
थाहा नगर,६ भाद्र / थाहा कला केन्द्रको पहिचान गीतको भिडियो आज एक कार्यक्रमका आयोजना गरि विमोचन गरिएको छ । थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले केन्द्रको पहिचान भिडियोको विमोचन गर्नु भएको हो ।
विमोचन गर्दै विष्टले थाहा आफैमा राम्रो नाम रहेको बताउदै थाहा कला केन्द्रले थाहालाई समेटि गीत बनाएकोमा प्रशंश गरेका थिए ।

उनले थाहा कला केन्द्रको काम उत्तरीभेगकै नुमना कार्य भएको बताए । मकवानपुर आईडल जस्तो प्रचारत्मक कार्य गरेको प्रति धन्यावदन दिदै थाहालाई चिनाउने खालका कार्य गर्न आग्रह समेत गर्दै कला केन्द्र प्रति सदैव साथसहयोग रहने समते बताए ।

 २०७२ सालमा स्थापना भएको थाहा कला केन्द्रले कला सम्बन्धि विभिन्न कार्यलाई अंगाल्दै चुनौतीहरु सामाना गर्दै अगाडि बढिरहेको कला केन्द्रका अध्यक्ष सानोवावु मोक्तानले बताए । थाहा कला केन्द्रले गरेका कार्यबारे भन्दै अध्यक्ष मोक्तानले सामाजिक सचेतनामुलक चलचित्र निर्माण गर्न लागेको बताए ।

थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानको सभाध्यक्षतामा रहेको कार्यक्रममा उप प्रमुख खड्ग गोपालीको विशेष आतिथ्यतामा रहेको कार्यक्रममा विभिन्न कला प्रेमी, समाजसेवि, विभिन्न पाटिका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

0 comments

Write Down Your Responses