Powered by Blogger.
लोकतान्त्रिक तामाङ संघ राष्ट्रिय सम्मेलनको तयारीमा


काठमाडौं । नेकपा (एमाले)  निकट तामाङहरुको संस्था नेपाल लोकतान्त्रिक तामाङ संघको दोस्रो राष्ट्रिय सम्मेलन आगामी असोज २८ र २९ गते काठमाडौंमा हुने भएको छ । 

संघको राष्ट्रिय सम्मेलन आयोजक समितिको बैठकले सम्मेलनको मिति तय गरेको हो । नेपाल लोकतान्त्रिक आदिवाशी जनजाती महासंघका वरिष्ठ उपाध्यक्ष तथा एमाले पोलिट्व्युरो सदस्य शेरबहादुर तामाङ, महासंघका उपमहासचिव विजय लोप्चन, सचिव रामचन्द्र बल लगायतको उपस्थितिमा सम्पन्न तयारी बैठकले यस्तो निणैय गरेको हो । सम्मेलन आयोजक समितिका संयोजक दावादोर्जे लामाको अध्यक्षतामा भएको बैठकले सबै तयारीका कामलाई तिव्रता दिने निर्णय गरेको हो । 

यसैबीच नेपाल लोकतान्त्रिक तामाङ संघको १२ औं स्थापना दिवश तथा स्थानीय निकायमा निर्वाचित तामाङ जनप्रतिनिधीहरुलाई वधाई कार्यक्रम सम्पन्न भएको छ । 

एमाले सचिव पृृथ्वी सुव्वा गुरुङको प्रमुख आथिथ्यतामा सम्पन्न एमाले पोलिट्व्युरो सदस्य तथा नेपाल लोकतान्त्रिक आदिवाशी जनजाती महासंघका वरिष्ठ उपाध्यक्ष शेरबहादुर तामाङ,  ३ नम्बर प्रदेश उपाध्यक्ष पासाङ शेर्पा, उपमहासचिव विजय लोप्चन, सचिव रामचन्द्र बल लगायतको आतिथ्यता थियो ।

आयोजक समितिका सहसंयोजक प्रेम मोक्तानले कार्यक्रमको विषयवस्तुबारे प्रकाश पार्नुभएको उक्त कार्यक्रमको सञ्चालन शान्ति पाख्रिनले गर्नुभएको थियो । 




0 comments

Write Down Your Responses