Powered by Blogger.
लोकतान्त्रिक आदिवाशी जनजातिको हेटौंडा उपमहानगरमा लामा


हेटौंडा ।  एमाले निकट आदिवाशी जनजातिहरुको महासंघ नेपाल लोकतान्त्रिक आदिवाशी जनजाती महासंघ हेटौंडा उपमहानगर कमिटीको अध्यक्षमा सुरेश लामा चयन भएका छन् ।

केही दिन अघि हेटौंडमा सम्पन्न महासंघको प्रथम अधिवेशनले लामाको अध्यक्षतामा २९ सदस्यीय उपमहानगर समिति गठन गरेको हो । 

समितिको उपाध्यक्षमा कल्पना थापा मगर, सचिव जेएन श्रेष्ठ, सहसचिव कुमार रुम्बा र कोषाध्यक्षमा रामहरि राई चयन गरिएको छ । 

नेकपा एमालेका केन्द्रीय सचिव तथा नेपाल लोकतान्त्रिक आदिवाशी जनजाती महासंघका अध्यक्ष पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरु केदार न्यौपाने, केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज विरोध खतिवडा, नेपाल लोकतान्त्रिक आदिवाशी जनजाति महासंघका केन्द्रीय सचिव रामचन्द्र बल, सांसद अनन्त पौडेल लगायतको उपस्थिति थियो ।

महासंघका जिल्ला अध्यक्ष तथा सांसद राजाराम स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मंगल रखालले गरेका थिए । 



0 comments

Write Down Your Responses