Powered by Blogger.
विकासे योजना ‘लप्पनछप्पन’ गरी पैसा कमाउनु पर्छ भन्ने पक्षमा छैन

राजेश केसी, वडाध्यक्ष
थाहा नपा, वडा नं ३

वि.स २०१८ साल भदौ २५ गते पालुुङ शिखरकोटको हल्दार टोलमा जन्मनु भएका राजेश के.सी मकवानपुरको उत्तरी क्षेत्रको राजनीतिमा लाग्ने जो कोहीका लागि पनि अनौठो नाम भने पक्कै होइन ।  राजेश पिता भोजबहादुर खत्री र माता केशरमाया खत्रीको छोरा हुन् । उनी सानै देखि रुपचन्द्र विष्टसँगै राजनीतिमा होमिएकाले पार्टी संगठन, गाउँ समाजको विकासमा प्रेरित भएको बताउँछन् ।
 
राष्ट्रिय जनमोर्चा नेपालबाट दामन गाउँ कमिटीका अध्यक्ष हुँदै पार्टीको काम गर्दै आएका के.सी माओवादी केन्द्रसँगको समिकरणमा जिल्ला कमिटि सदस्य, जिल्ला सल्लाहकार समिति हुँदै पार्टी कामगर्दै खाएका छन् । 
निडर निर्भिक र हक्की स्वभाव भएका कारण जनताहरुले आफूलाई धेरै माया गरेको बताउने के.सी थाहा नगरपालिका वडा नं. ३ को अध्यक्षमा पनि निर्वाचित भएका छन् ।  अबका ५ वर्षमा थाहा नगरपालिकालाई समृद्ध थाहा नगर बनाउने अभियानमा जुटेको उनी बताउँछन् । 

प्रश्तुत छ जनप्रतिनिधि हुनु भन्दा अगाडि नै सामािजक काम गर्दै क्याम्पस निर्माण, बाटो निर्माण, मठ मन्दिर निर्माण आदि काममा जुटेका केसीसंग गरिएको कुराकानी ः 

अत्याधिक मत ल्याएर निर्वाचनमा अध्यक्ष चुनिनु भएको छ कस्तो लागिरहेको छ ?

जनताहरुले वहाँले कामगर्नु हुन्छ भनेर अत्याधिक बहुमतले नै जिताएका छन् । अब हाम्रो यो कार्यकालमा स्पष्टसँग पारदर्शि ढङ्गले काम अगाडि बढाइन्छ । अहिले वडाहरुमा विनियोजित भएको रकम सदुपयोग गरेर जनताको पनि साथ समर्थन लिएर विकासका कामलाई पनि अगाढि बढाउनै पर्छ । 

जनताले हामीलाई विश्वास पनि गरेका छन् । यहीव् यक्तिले वडालाई केही गर्न सक्छ भनेर मत पनि राम्रौसँग दिलाएर जिताएका छन् । त्यो विश्वासलाई मध्येनजर गर्दै जनताहरुको काममा दिलोज्यान दिएर लाग्ने छु

जताहरुको भरोसा जित्न कस्तो खालको योजना बनाउनु भएको छ ?

अहिले हामीले योजना बनाउँदा कृषि र पर्यटनलाई अगाडि बढाउनु पथ्र्यो तर त्यसो नभई मुख्यतया बाटो घाटो निर्माणमा बढी रकम विनियोजित भएको छ । आगामी वर्षमा भने कृषि र पर्यटनमा पनि केन्द्रित भई बजेट विनियोजित गर्ने छौं । अहिले सम्म विनियोजित भएका रकमहरु विकास निर्माणमा सदुपयोग नभएकाले अव देखि परेको योजनाहरुमा अनुगनम गरी पारदर्शी काम गराउने अभियानमा छौं ।

थाहा नगरपालिकालाई वडा नं. ३ को विकासे योजना कस्तो छ ?

हिजोका ४ वडा मिलेर वडा नं. ३ को निर्माण भएको छ । जसमा साविक दामन गाविसको १, २, ३ र ४ मिलेर थाहानगरपालिका वडा नं. ३ बनेको छ ।  त्यसैले समग्रमा सम्पूर्ण वडाहरुमा बढी बाटोको नै चाप भएकाले सम्पूर्ण वडाहरुलाई नै समेट्ने गरी बजेट विनियोजित गरेका छौं । यो बजेट सम्पूर्ण जनताहरुको साथ लिएर अगाडि बढाउन सकियो भने विनियोजित रकम भन्दा बढी काम गराउने पक्षमा छौं । यसमा पक्कै पनि जनताहरुले साथ दिने छन् भन्ने लागेको छ ।

तपाईंको राजनीति पृष्ठभूमि बताइदिनुस न ?

सुरुमा म जनमोर्चाबाट राजनीति सुरु गरेको हो । मैले जनमोर्चा नेपालको दामन गाउँ कमिटिको अध्यक्ष पनि चलाँए, यति हुँदै जनमोर्चा नेपालबाट माओवादीमा हाम्रो पार्टी एकिकरण भयो, त्यसपछि पनि दामन गाउँ कमिटिको अध्यक्ष भएर काम गरे । 

त्यसपछि माओवादी केन्द्रको जिल्ला कमिटीको सदस्य, जिल्ला सल्लाहकार सदस्य बनेर पनि काम गर्ने अवसर पाएँ । अहिले आएर वडा नं. ३ को वडा अध्यक्ष भएर जनताहरुको काम गर्न पाएको छु । मैले कामहरु धेरै गर्न बाँकी छ । तै पनि आफूले भ्याएसम्म यो वडाको विकासे कामगर्न लागि पर्ने छु ।

तपाईको पार्टी नेताहरु गाउँ गाउँ भन्दा पनि सदरमुकाम केन्द्रित भएका थिए, किन?

हाम्रो पार्टी फुटको संघारमा भएकोले धेरे गुटमा परिणत भयो । हाम्रा जिल्ला स्तरका, केन्द्रिय स्तरका नेताहरु वास्तवमै गाउँगाउँ छिर्न नसकेकै अवस्था थियो । जनताका पिर मर्का नबुझेकै अवस्था हो । त्यसैले हाम्रो अध्यक्ष कमरेडले सम्पूर्ण शक्ति गाउँमा केन्द्रित हुनु पर्छ गाउँबाट जनाताका कामहरु गर्नु पर्छ । जनताहरुकै पिरमर्का बुझेर उनीहरुकै सल्लाहअनुसार कामगर्नु पर्छ । 

हिजो जे भयो,भयो त्यो सबै विर्सनु पर्छ भन्नुभएको छ । त्यसैले हिजो भन्दा आज हामी फरक तवरले अगाडि बढ्ने छौं । अब हामी गाउँ गाउँमा टोल टोलमा संगठन निर्माण गर्ने छौं । थाहानगरमा नगर कमिटि पनि छिट्टै निर्माण हुँदै छ ।

पार्टी पंत्ती भित्र तपाईको भूमिका के छ ?


म पार्टी भित्रको कडा मिजासको व्यक्ति हुँ ।मलाई कुनै पनि कुराको लप्पन छप्पन छैन । निस्वार्थी स्वभावको छु । कुनै विकासे योजनाको लप्पन छप्पन गरी पैसा कमाउनु पर्छ भन्ने पक्षमा म छैन । म आफ्नै पार्टी भित्र पार्टीले अह्राएको काम गर्छ । विकासे योजनाको अपादर्शी काम मन पर्दैन । 

त्यसैले म हाम्रो पार्टीका साथीहरुलाई पारदर्शी तवरले काम गरौं भन्न चाहन्छु । जनताहरुको पीर मर्का बुझेर काम गरौं भन्न चाहन्छु । जसले गर्दा पार्टी व्यक्ति, गाउँ, समाज पनि अगाडि बढाउन सकिन्छ । म जे देख्छु त्यही बोल्ने भएर जनताहरुले पनि विश्वास गरेका छन् । 

पार्टीमा मेरो भूमिका स्पष्ट छ । अब म जनातहरुको जनप्रतिनिधि भएकाले पार्टी भन्दा पनि सम्प्ूार्ण जनताहरुको काम गर्नु पर्छ भन्ने पक्षमा छु । प्रसाशनमा ढिला सुस्ती र भ्रष्टाचारलाई निर्मूल गर्ने छु ।

समग्रमा थाहा नगरपालिका भित्र माओवादी केन्द्रको राजनीतिक गतिविधि कस्तो छ ?
 
थाहा नगरपालिका भित्र माओवादी केन्द्रको सांगठानिक गतिविधि उच्च कोटीको नै छ । राम्रा राम्रा जनप्रतिनिधि थाहानगरमा चुनिएका छन् । त्यसैले थाहा नगरपालिकालाई अझ विकास गर्न ‘यो तेरो यो मेरो नभनी विकास निर्माण कार्यमा सबै एकजुट भएर’ लाग्नु पर्छ । यसरी लाग्यो भने अबको ५ वर्षमा थाहा नगरको मुहारै फेर्न सक्छौं भन्ने लागेको छ । अबको ५ वर्ष पछाडि समृद्ध थाहा नगरलाई अगाडि बढाउन सक्छौं भन्ने योजना लिएका छौं ।

तपाईका प्रतिनिधिहरुको तपाई प्रतिको धारणा के छ ?

हिजो चुनावमा सबैले आ आफ्ना धारणा लिएर चुनावमा भाग लिए । प्रतिपक्षहरुले हारेता पनि सबैसँग हातेमालो गर्दै विकास निर्माणका कार्यमा राय सल्लाह लिदै अगाडि बढीरहेको छु ।

यत्रो पार्टी जीवन यात्रामा विकास निर्माणका कामहरु के केगर्नु भयो  ?
हिजो २० वर्ष सम्म कर्मचारीको राज्य थियो । त्यसमापनि मैले धेरै विकास निर्माणका काम गरे । क्याम्पस निर्माण, बाटो घाटो निर्माण, विभिन्न मठ मन्दिरहरुको निर्माण, गरेर मैले मेरो भूमिका निभाएको छु । मैले अहिलेसम्म गरेको काममा पैसाको लोभ भएन । त्यसैले सबैले मैले जस्तै पारदर्शी ढङ्गले काम गरुन् भन्न चाहन्छु ।

तपाईं पुरानो पुस्ताको नेता भएर पनि त्यति चर्चामा देखिन ुहुन्न नि किन?

म अलि स्पट खालको मान्छे । जो ठूला नेताहरुको चाकडि गर्छन् । जो पैसावाल छ त्यो नै बढी चर्चामा आउने हो ।म यि सबैबाट पछाडि छु । त्यसैले म त्यति चर्चामा देखिन्न । किनकी नेपालको राजनीति नै यस्तै छ ।

 हामी अलि स्पष्ट बोल्ने, झुठा कुरा नगर्ने अनि आफ्ना कुराहरु राख्न पनि कतै नजाने भएर अलि पछि पनि परेकै हो । काम गर्दै जाँदा भागको पनि आशा राखेकै हो । तर त्यस्ते हुँदो रैनछ । जो अगाडि बढ्यो, जसले ठूला ठूला कुरा ग¥यो त्यसलाई मात्र भाग आउने रहेछ । त्यसैले पछाडि परेकै हो । 

तैपनि हामी हिजो रुदानेको दालमोठ च्यूरा खाएर हिडेकै हौं । जनता माझ छिरेकै हौं । आज पनि अवश्य जनतामाझ पुग्छौं ।

अब हुने प्रदेश र प्रतिनिधि सभाको चुनावमा तपाईंहरुको चुनावी रणनीति कस्तो ?

प्रदेश र प्रतिनिधि सभावको चुनावका निमिक्त नगर, जिल्ला, केन्द्रहरुमा बैठक बस्दै छन् । जिल्ला केन्द्रहरुबाट पार्टी सर्कूलर आए पछि सोही अनुसार चुनावी माहोलमा होमिन्छौं

राजनीतिमा लागेर के पाउनु भयो ?
 
जनताहरुको माया, ममता, आशा भरोसा पाइयो । यो हक्की छ । यसको स्वभाव हक्की छ । यो स्पष्ट छ । भनेर पदवी पाइयो । यो नै खुशीको कुरा हो ।

भूकम्मपीडितमा नाम छुटेकालाई सबै जिल्लाहरुमा पुनर्निमाण प्राधिकरणले वडा अध्यक्षलाई छानवीन गर्न जिम्मा लगायो, यसमातपाई भूमिका के हुन्छ ? 

यसमा हिजोका दिनमा कमजोरी भएका छन् । घर भत्किएकाहरुले नपाएको अवस्था छ । हिजो आएका प्राविधिकका कमजोरीहरुले गर्दा वास्तविक भूकम्प पिडितहरु छुटेका छन् । यसको सही छावविन गरी वास्तविक पिडितहरुलाई न्याय दिलाएर छाड्ने छौं ।

0 comments

Write Down Your Responses