Powered by Blogger.
थाहा नगरमा जनजाती महासंघको वृहत भेला, लोकतान्त्रिक तामाङ संघ पनि गठन


काठमाडौं । नेपाल लोकतान्त्रिक आदिवाशी जनजाती महासंघको थाहा नगर कमिटी अध्यक्षमा वीरमान स्याङ्तान चयन भएका छन् । हालै पालुङमा सम्पन्न प्रथम अधिवेशनले स्याङ्तानको अध्यक्षतामा २९ सदस्यीय नगर समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा हरिबहादुर स्याङ्तान, सचिव डेनिलाल श्रेष्ठ,सह सचिव पुजा लामा र कोषाध्यक्ष सुनिता दोङ चयन गरिएको छ । 

यसैगरी समितिको सदस्यहरुमा प्रेमबहादुर आलेमगर, देबेन्द्र गोपाली, वीरबहादुर तामाङ, सुमित्रा गोपाली, चरिमाया बल, राजेन्द्र बल, सन्तोष गोपाली, प्रकाश थोकर, कौशिला गोङ्वा, नानीकाजी गोपाली, हेम घलान, शर्मिला बलामी, द्धारिका बलामी जयराम थिङ चयन भएका छन् । यसैगरी  नगर समितिको सदस्यहरुमा उत्तम गोपाली, देबेन्द्र स्याङ्तान, ज्ञानचन्द्र शिकारी, निर्मला श्रेष्ठ, सोमबहादुर स्याङ्तान, मिनबहादुर पाख्रिन, चन्द्र बल, किरण गोपाली, सृजना श्रेष्ठ र गोमा श्रेष्ठ रहेका छन् । 

नेकपा (एमाले) ३ नम्बर प्रदेश कमिटी सदस्य रामेश्वर रानाको प्रमुख आतिथ्यतामा भएको थाहा नगर स्तरीय जनजाति आदिवाशीहरुको भेलामा नेपाल लोकतान्त्रिक आदिवाशी जनजाति महासंघका केन्द्रीय सचिव तथा एमाले मकवानपुर जिल्ला कमिटी सदस्य तथा थाहा नगर इन्चार्ज रामचन्द्र बल विशेष अतिथी हुनुहुन्थ्यो । 

त्यसैगरी कार्यक्रममा प्रदेश कमिटी सदस्य महेश्वर सुबेदी, नेपाल लोकतान्त्रिक आदिवाशी जनजाति महासंघका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज मिना लामा, एमाले मकवानपुर जिल्ला कमिटी सदस्य तथा ४ नम्बर क्षेत्रका सह इन्चार्ज एवं नेपाल लोकतान्त्रिक तामाङ संघका केन्द्रीय सदस्य गौतमबुद्ध लामा, इन्द्रसरोबर गाँउ पालिकाका प्रमुख तथा  नेपाल लोकतान्त्रिक तामाङ संघका केन्द्रीय सदस्य जीवन लामा, एमाले मकवानपुर जिल्ला कमिटी सदस्य इश्वरलाल रुम्वा,  एमाले थाहा नगर कमिटी सचिवालय सदस्य विमलकुमार ढकाल लगायतको उपस्थिति थियो । 

नेपाल लोकतान्त्रिक आदिवाशी जनजाति महासंघ मकवानपुर जिल्ला कमिटी सदस्य कल्पना बलामीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन हेम थिङले गर्नुभएको थियो भने स्वागत नगर कमिटी सदस्य कुमार नेगीले गर्नुभएको थियो । 

लोकतान्त्रिक तामाङमा चन्द्र

यसैबीच सोही दिन भएको थाहा नगर स्तरीय तामाङहरुको भेलाले चन्द्रबहादुर बलको अध्यक्षतामा १५ सदस्यीय नेपाल लोकतान्त्रिक तामाङ संघ थाहा नगर कमिटी चयन गरिएको छ । 

कमिटीको उपाध्यक्षमा जीतबहादुर थोकर, सचिव तारा स्याङ्तान, सह सचिव हेमबहादुर घलान र कोषाध्यक्ष बुद्धिमाया घलान चयन भएका छन् । यसैगरी सदस्यहरुमा लालबहादुर वाइवा, सोमबहादुर स्याङ्तान, शोभा तामाङ, पुजा लामा, कृष्ण मोक्तान, उमेश थिङ, विष्णुमाया गोले, शर्मिला जिम्बा र शुभ मुक्तान रहनुभएको छ ।



0 comments

Write Down Your Responses