Powered by Blogger.
चारै प्रदेशमा लोकतान्त्रिक तामाङ संघको भेला भव्य रुपमा सम्पन्न


काठमाडौं । नेकपा (एमाले ) निकट तामाङहरुको जातिय संघ नेपाल लोकतान्त्रिक तामाङ संघको देशव्यापी भेलाहरु सम्पन्न भएका छन् । 

आगामी असोज २८ र २९ गते काठमाडौंमा संघको दोस्रो राष्ट्रिय सम्मेलनको मिति तय भएसंगै गतिविधीले तिव्रता लिएको हो । 

यही क्रममा मोरङको बेलवारीमा १ नम्बर प्रदेश स्तरीय भेला सम्पन्न भएको छ । पूर्व सांसद, नेकपा एमालेका केन्द्रीय सल्लाहकार तथा तामाङ संघका समेत केन्द्रीय सल्लाहकार हर्कमान तामाङको प्रमुख आतिथ्यतामा भएको भेलामा नेपाल लोकतान्त्रिक आदिवाशी जनजाति महासंघका केन्द्रीय सचिव रामचन्द्र बल, एमाले मोरङका अध्यक्ष बिनोद ढकाल, तामाङ संघका केन्द्रीय संयोजक दावा लामा, सहसंयोजक प्रेम मोक्तान लगायतको उपस्थिति थियो । 

संघका केन्द्रीय सदस्य चन्द्र तामाङले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता संघका केन्द्रीय सदस्य शान्ती पाख्रिनले गरेकी थिइन् । सोही दिन संघको मोरङ जिल्ला अधिवेशन पनि सम्पन्न भई विष्णु घिसीङको अध्यक्षतामा जिल्ला समिति चयन समेत गरिएको छ । 

प्रदेश स्तरीय सो भेलाले एक नम्बर प्रदेश अन्तर्गतका जिल्लाहरुको सम्मेलन दशैं अघि नै गरिसक्ने निर्णय गरेको बताइएको छ ।

यसैगरी महोत्तरीको बर्दिवासमा प्रदेश नम्बर दुई स्तरीय भेला सम्पन्न भएको छ । नेपाल लोकतान्त्रिक आदिवाशी जनजाति महासंघका केन्द्रीय सचिव रामचन्द्र बलको प्रमुख आतिथ्यतामा भएको भेलामा तामाङ संघको दोस्रो राष्ट्रिय सम्मेलन आयोजक कमिटी संयोजक दावा लामा, सहसंयोजक प्रेम मोक्तान,केन्द्रीय सदस्य चन्द्र तामाङ लगायतको उपस्थिति थियो ।

कार्यक्रम केन्द्रीय सदस्य तथा बर्दिबाश नगरपालिकाकी उपमेयर उमेद्वार कमला वाइवाको अध्यक्षतामा भएको थियो । भेलाले असोज ७ गते अघि नै प्रदेश अन्तर्गतका हरेक जिल्लाहरुको अधिवेशन गरिसक्ने निर्णय गरेको केन्द्रीय सदस्य चन्द्र तामाङले जानकारी दिए । 

त्यस्तै यही विहीबार प्रदेश नम्बर ४ स्तरीय अगुवा कार्यकर्ता भेला पोखरामा सम्पन्न भएको छ । नेपाल लोकतान्त्रिक आदिवाशी जनजाति महासंघका उपाध्यक्ष झकबहादुर थापा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासंघका केन्द्रीय सचिव रामचन्द्र बल विशेष अतिथीका रुपमा रहनुभएको थियो । 

कार्यक्रममा तामाङ संघका पूर्व उपाध्यक्ष सुवास लामा, केन्द्रीय सदस्य चन्द्र तामाङ लगायतको सहभागिता थियो ।

संघका केन्द्रीय सदस्य दर्शन लामाको अध्यक्षतामा भएको भेलाले सो प्रदेशको तामाङ वाहुल्य  ५ जिल्लाका संघको अधिवेशन गरिसक्ने निर्णय गरेको छ । 




0 comments

Write Down Your Responses