Powered by Blogger.
चित्लाङको बाटो नखुल्दा सम्म थाहा नगरको विकास हुन सक्दैन

लवशेर बिष्ट

प्रमुख, थाहा नगरपालिका, मकवानपुर

२०२८ सालमा जन्मनु भएका लवशेर विष्ट बुवा वाशुदेव विष्ट र माता मैया विष्टका कान्छा सुपुत्र हुन् ।  शिष्ट र शालिन व्यत्तित्वका धनि लवशेर विष्ट स्वर्गीय रुपचन्द्र विष्टको थाहा दर्शनबाट प्रभावित भएर राजनीतिमा लागेका बताउनुहुन्छ । 

‘जीवन नै राजनीति हो’ भन्ठादै सानै देखि जनमुखी राजनीतिमा होमिएका बिष्ट जनमोर्चा नेपाल, हुँदै एकिकृत माओवादीमा पार्टी विलय भए पश्चात जिल्ला कमिटि सदस्य, आयोजक कमिटि सदस्य र केन्द्रीय आयोजक कमिटि बन्नुभयो । ‘जनताहरुको सुख सुविधा नै आफ्नो सुख सुविधा ठान्ने र सादा जीवन उच्च विचारका बिष्ट जोशिला नेतामा पर्नुहुन्छ । 

निर्भिक, हक्की, मिजासिलो स्वभाव भएका विष्टले आफु ‘जनप्रतिनिधि नहुदाँको लवशेर विष्टले’ जनता माझ जस्तो सहयोग पु¥याउँदै आइरहेको थियो त्यो सहयोग आज पनि निरन्तर गर्देै जाने र जनताबाट टाढा नरहने बताउनुभयो ।

मनमा जोश जाँगर भए विकास निर्माणका जति पनि काम गर्न सकिने र थाहा नगरलाई समृद्ध बनाउन दिलोज्यान दिएर लागि पर्ने समेत उहाँ बताउनुहुन्छ । भद्र र शालिन व्यक्तिवकै कारण बिष्ट थाहा नगरको मेयरका रुपमा शानदार मतका साथ विजयी भएको चर्चा छ । 

सहयोगी र मिलनसार स्वभावका कारण आफुलाई सबैतिरको मत आएको बताउनुहुने बिष्ट आफु ‘काम लिएर आउने सबैतिरका जनताहरुको काम फुकाएर पठाइदिने’ कार्यमा दत्तचित्त भएर लागेको बताउनुहुन्छ । 
थाहा नगरलाई ‘कृषिजोन’को रुपमा विकास गर्र्ने पनि उहाँको योजना छ । प्रस्तुत छ उहाँसंग गरिएको कुराकानीः

तपाईको राजनीतिक पृष्ठभूमि बताइदिनुहोस न ?

मेरो राजनीतिक पृष्ठभुमि सुरुमा रुपचन्द्र विष्टको थाहा दर्शन अभियानबाट प्रभावित हुँदै जनमुखी राजनीति गर्दै पछि जनमोर्चा नेपालमा संगठित भएँ ।

त्यसपछि तत्कालिन एकीकृत माओवादीसंग एकता भए पश्चात म  माओवादिमा प्रवेश गरें । त्यसपछि जिल्ला कमिटि सदस्य र आयोजक समिति सदस्य हुँदै यहाँ सम्म आइपुगें ।

थाहा नगरपालिकाको विकास योजना कस्तो बनाउनुभएको छ ?

थाहा नगरपालिकाको विकासको सन्र्दभमा अहिले हामीसंग त्यस्तो नयाँ केही छैन । तर थाहा नगरपालिकामा बाटोघाटो, खानेपानी, कृषि पर्यटनका सम्भावनाका विषयहरु पुराना छन् । ति पुराना विषयहरुलाई दिगो रुपमा विकास गरेर लैजानुपर्छ भन्ने मान्यता लिएको छु । 

त्यसकारण अहिले हामीले विकासका पूर्वाधारहरुलाई बढी जोड दिएका छौं । खासगरी शिक्षा, स्वस्थ्य खानेपानी, बाटोघाटो, सरसफाई आदि नै मुख्य योजना हो ।

व्यवसाय गरिरहँदा एक्कासी जनप्रतिनिधि पो हुनु भयो, कस्तो लागिरहेछ ?

व्यवसाय त गर्नै प¥यो । तर पनि मैले व्यवसायका अलावा जनताहरुसंग निरन्तर सम्वन्ध कायम गरिरहेको हुनाले मलाई राजनीतिमा अघि बढ्न कुनै असजिलो भएन । यसमा म खुसी नै छु । 

मेरो चाहाना नै जनप्रतिधि हुनु थियो । म व्यवसाय गरिरहँदा पनि धेरै जसो समय जनताहरुको सेवालाई नै बढि जोड दिन्थें । यसमा म खुसी नै छु । 

थाहानगरको विकासे गुरु योजना के छ ?

२० वर्ष सम्म जनप्रतिनिधि विहिन भएको परिप्रेक्ष्यमा म संघिय संरचना अनुसार जन प्रतिनिधि भएर आएपछि केही गुरु योजनाहरु बनाउन लगाएका छौ । 

जसमा पर्यटनका निमित्त पर्यटन वोर्ड, पर्यटन विभाग, केही सरोकारवाला निकाय र राजनीतिक दल समेतको छलफलमा एउटा गुरुयोजनाका निमित्त छलफल अगाडि बढाएका छौं । त्यो पनि केही महिना भित्र बाहिर आउँछ । 

अनि सडकसंग सम्वन्धित हरेक वडामा वडाको मूख्य सडकलाई नगरस्तरिय सडकको रुपमा राख्ने, त्यसलाई मुख्य गुरुयोजनाको रुपमा डिपिआर तयार गर्ने भनेर बजेट पनि विनियोजित गरिएको छ । त्यसलाई पनि दशै तिहार पछाडि मुख्य टेण्डर प्रक्रियाबाट डिपिआर तयार गर्छौ र आगामी दिन त्यही ढङगले बजेट विनियोजित गरेर जान्छौं । 

सबै दल र  जनताहरु समेटेर लैजान कस्तो खालको चुनौति छ ?

पहिले सर्वदलीय संयन्त्रको आधारमा राज्य अगाडि बढेको अवस्था थियो । तत्काल जनप्रतिनिधिहरु जितेर आइसक्दा त्यसमा विभिन्न पार्टीका मान्छेहरु पनि समेटिनुभएको छ । 

तैपनि विभिन्न राजनितिक दलका आवाजहरु पनि समेटिएन भनेर गुनासो आएको छ । तथापि मैले अहिले समेट्नु पर्ने विषयहरु छुटेका छन् भने सबै राजनैतिक दल, जनताहरुसंग राय लिएर ति छुटेका विषयहरुलाई पनि सम्वोधन गर्नेछु । 

तपाई एक जोशिलो युवा नेताको रुपमा जनताहरुले  पाएका हुनाले धेरै भरोसा गरेका छन् । त्यो भरोसा कायमै राख्न के गर्नु हुन्छ ?

जनता र नेताको सम्वन्ध भनेको नङ र मासुको जस्तै हुनु पर्छ । म हिजो जनप्रतिनिधि नहुँदा आफनो समस्या जनताहरुले म समक्ष राख्थे । आज पनि राख्न सक्छन् । हिजोको लवशेर विष्ट संग जनताको जुन सम्वन्ध थियो जनताहरुसंग आज पनि त्यही सम्वन्ध कायम नै रहोस् भन्न चाहन्छु । 

जनताहरुको बीचमा कुनै दुरी बढ्ने छैन । म नगर प्रमुख भई, सरकारी भैइसके भन्ने किसिमको आभास म जनताहरुलाई दिन्न । जसरी हिजो म जनताहरुको घर दैलो पुग्थें आज पनि जनताहरुको बीचमा रहन्छु । सम्वन्धमा चिसोपना आउदैंन ।

थाहा नगरलाई समृद्ध थाहा नगर बनाउन तपाईको योजना के छ ?

समृद्ध थाहा नगर भन्नाले बाटो घाटो, कृषि, पर्यटन, खानेपानी, शिक्षा, स्वास्थ्य सवै विषयलाई समेटेर एक साथ अगाडी बढाई कुनै विषयको अभाव हुन नदिनु नै हो । थाहा नगरलाई समृद्ध बनाउनु हो । यी सवै कुरा पुरा गर्न तत्काल नै सकिँदैन नै तर ति सबै कुराहरुलाई विस्तारै पूरा गर्ने प्रयत्नमा भने पक्कै लागि परेका छौं । 

पार्टी भित्र तपाईको भूमिका के छ ? 

निर्वाचन भन्दा अगाडि म केन्दीय आयोजक समिति सदस्य र जिल्ला सदस्य थिँए । तर अहिले मैले पार्टिको भूमिका न्युन गरेको छु । पार्टीले पनि मलाई कुनै भूमिका दिएको छैन । म आज जनताहरुको जनप्रतिनिधि मात्र हँु ।

पुरानै कार्यशैली अनुसार बजेट विनियोजित भयो, राम्रो गुरु योजना आएन भन्ने जन गुनासो आयो नि ?

हालै विनियोजित भएको बजेट छरिएर नै आयो । हिजो म दामनको मात्रै थिए । संघीय संरचना अनुसार ६ वटा गाविस मिलेर थाहा नगरपालिका बनेको छ । सोही अनुसार साविकका सवै गाविसहरुमा समान ढङगले बजेट विनियोजित भयो । त्यस कारण बजेट छरिएकै हो । 

सवै वडा–वडामा जनप्रतिनिधिहरुले भने अनुसार बजेट पठाएकै हो । ती मसिना बजेटहरुले सबै तह र तप्काका जनताहरुको चाहना पूरा गर्छ भन्ने लागेको छ । त्यसैले कसैलाई नोक्सान पु¥याउँछ भन्ने म ठान्दिन ।

सडक सञ्जाल  र फास्टट्र्याकको विषयमा के पहल भइरहेको छ ?

मैले जति सुके विकासको नारा घन्काएपनि चित्लाङको बाटो नखुल्दा सम्म थाहा नगरको विकास हुन सक्दैन र थाहा नगरको मुख्यद्धार खुल्दैन । 

त्यसैले यो बाटोको विषयमा म गम्भिर हुनै पर्छ किनकी काठमाडांै र हेटौडबाट थाहा नगर आउँदा त्रिभूवन राजपथ पार गर्नैपर्छ र बाटो लामो हुने भएकाले कम समयमा थाहा नगर आइपुग्ने वैकल्पिक बाटो चित्लाङ चन्द्रगिरि भएकाले यसको विषयमा मुख्य गुरुयोजना बनाएर सम्वन्धित मन्त्रालय तथा सम्वन्धित विभाग सम्म हामी डेलिगेशन जाने छौं । 

जसमा चित्लाङको ९ र १० वडाबाट जितेर आएको वडा अध्यक्षहरुलाई सरोकार समितिको सदस्य बनाएका पनि छांै । यसलाई तत्काल थप वजेट ल्याउन पहल तुरुन्त गर्नेछौं । हाम्रो तवरले सकेसम्म पहल गर्ने नै छौ । 

दामनको आर्कषणको केन्द्र भ्यु टावर लथालिङग छ, यसको सरक्षणका निमित्त के पहल भइरहेको छ ?

यो भ्यु टावर हिजो पर्यटन मन्त्रालयबाट जिल्ला विकास समितीको मातहतमा थियो । त्यसको सञ्चालन गर्ने जिम्मा मैले नै लिएको थिंए । जब वैशाख १२ गते भूँइचालो गयो , त्यस पछि भताभुङ्ग अवस्थामा रह्यो तर पनि त्यो टुटेफुटेका भत्केका संरचनाहरु निर्माण भइसकेको अवस्था छ । 

हाल नगरको मातहतमा आइसकेको छ । यसलाई छिट्टै टेण्डर आव्हान गरेर जो कोहीलाई दिन सक्ने अवस्थामा छांै । 

थाहा नगरपालिकाको कृषि पर्यटनको विकासको निमित्त तपाईँको योजना के छ ?

थाहा नगरको समृद्धिको मूख्य आधार कृषि र पर्यटको विकास नै हो  । त्यसो हुँदा कृषिको बजेट पनि कृषि मन्त्रालयको विषयगत शिर्षक अन्र्तगतको केही रहेको छ । अहिले मैले तत्काल कृषि पकेट, कृषि जोनको रुपमा हाम्रो नगर परेको छ भन्ने सुनेको छु । 

त्यसो हुँदा कृषिलाई केही बजेट राखेका पनि छौ । मूख्य मूख्य क्षेत्रमा त्यो वजेट विनियाजित गर्ने छौ ।  र, पर्यटनका निमित्त पनि गुरु योजना पनि बन्दै छ । त्यसै अनुसार कार्यक्रमहरु अगाडी लैजान्छांै । 

थाहा नगरपालिका भैसक्दा पनि सडकका बाटाहरु खाल्टाखुल्टी छन्, नगरको मापदण्ड अनुसार बाटो निर्माण भएको छैन नि ?

हामी निवार्चित भएर आएको ४ महिना भएको छ । ति सबै कुराहरु समेट्न नसक्ने अवस्था छ । सबै बाटो राम्रोसंग बनाउँछौ भन्ने आकांक्षा हुदा हुदै पनि बजेटको आकार सानो भएकोले त्यो पुरा गर्न सकेको अवस्था छैन । सवै तिर विनियोजित भएको वजेट जाने भनेको कात्तिक तिर हो । त्यस पछि यस्तो समस्या नहोला नै ।

प्रत्येक वडामा खानेपानीको समस्या विकराल छ, पाइप छ, पानी छैन, यसका निमित्त के भैरहेको छ ?

हाम्रो सोच आगामी दिनहरुमा खानेपानी वोर्ड नै स्थापना गर्ने हो । त्यसपछि वडा वडामा खानेपानीको मुहान पहिचान गरेर विभिन्न तह र तप्का सम्म खानेपानी पु¥याउने योजना छ । पानीको पहिलो उपयोगिता भनेको खानु नै हो । यसलाई सिंचाइको रुपमा रोक लगाई सवै माझ खानेपानी पु¥याउनु नै हो । 

स्वास्थ्य केन्द्रको विकासको निमित्त के पहल भैरहेको छ ?

स्वास्थ्य केन्द्रमा १५ सैयाको अस्पताल स्विकृत गरिदिनुस् भनेर स्वास्थ्य मन्त्रालयमा डेलिगेशन गइसकेको अवस्था छ । त्यो स्विकृत भएर आएपछि सानोतिनो समस्या भने पक्कै समाधान हुन्छ ।

तपाइलाई भन्नै पर्ने अरु केह्ी छ की ?

तपाईले यो नगरको निमित्त चासो दिएर नगर विकास उन्नती र समृद्धिका निमित्त मेरा कुराहरु, थाहा नगरकै विकासमा कुराहरुलाई दामन पोष्ट मार्फत आम जनतासम्म पु¥याउने मौका दिनुभयो त्यसका लागि यो मिडियालाई धन्यवाद दिन चाहन्छु ।       
  

0 comments

Write Down Your Responses