Powered by Blogger.
नेस्वहोमयुमा नयाँ नेतृत्व, अध्यक्षमा पुनः कुँवर


काठमाडौ । होटल तथा रेष्टुरेन्ट क्षेत्रका मजदुरहरुको महत्वपूर्ण संस्था नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट मजदुर यूनियन(नेस्वहोमयू)को दशौं राष्ट्रिय अधिबेशन सम्पन्न भएको छ । 

अधिवेशनले सर्वसम्मत रुपमा पुनः सुर्यबहादुर कुँबरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा बंशीधर भट्टराई, महिला उपाध्यक्षमा चन्द्रकला थापा, उपाध्यक्षहरुमा कुण्डल बहादुर खड्का र बेगबहादुर पाण्डे निर्बिरोध चयन  भएका छन् । 

यस्तै लक्ष्मण तिवारी महासचिव र दिनेश घिमीरे उपमहासचिवमा सर्वसम्मत निर्वाचित भएका छन् ।   यसैगरी उपमहासचिवमा मनमोहन गायक, सचिवहरुमा कमल घिमिरे, तिर्थ सुवेदी, रञ्जु थापा, श्रृजना उप्रेती चयन भएका छन् । 

अधिबेशनले सदस्यहरुमा कृष्ण बहादुर श्रेष्ठ,रामप्रसाद दुवाडी,इश्वरी घिमिरे,लुमणीबहादुर ढुंगाना,शैल शर्मा,तेजराज तिवारी,दानबहादुर धिमाल,नेत्रलाल श्रेष्ठ,केशवराज सापकोटा,रञ्जिता धिताल,बद्री भण्डारी, सागरमणि थापा, हेमबहादुर पण्डित,ललिता केसी, मनिका गुरुङ चयन भएका छन् । 

अधिबेशनले प्रतिनिधि परिषद  प्रमुखमा इन्दिरा लामा र सल्लाहकार कमिटि प्रमुखमा उदयचन्द्र अर्याललाई चयन गरेको छ । नवनिर्वा्चित भए लगत्तै अध्यक्ष कुँबरले बिद्यमान होटल, क्यासिनो, रेष्टुरेन्ट लगायत क्षेत्रमा मजदुरहरुले भोग्दै आएको समस्या समाधान गराउन आफु लागिपर्ने बताए । 

व्यवस्थापन पक्षसँग वार्तामा बसेर समस्याको समाधान गर्न आफू संधै तयार रहेको भन्दै यदि वार्ताका माध्यमबाट समस्या समाधान नभए जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताए ।



0 comments

Write Down Your Responses