Powered by Blogger.
चीन र कोरीयाका राजदुतले भेटे स्वास्थ्यमन्त्री


काठमाडांै । नेपालका लागि चीनका राजदुत उ होङले स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेलसंग शिष्टाचार भेट गर्नुभएको छ । 

परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका मन्त्री पोखरेलसंगको भेटमा राजदुत होङले नेपाल सरकारले प्राथामिकतामा राखेको बिषयलाई सहयोग गर्ने बताउनुभयो । 

छिमेकी मित्रराष्ट्रको नाताले नेपालसंग समुधुर सम्बन्ध रहेको बताउँदैं राजदुत होङले आयुर्वेद चिकित्सा सेवालाई सहयोग गर्न चीन सरकार तयार रहेको बताउनुभयो । आयुर्वेद चिकित्सा सेवा, अनुसन्धान र जडिबुडी उत्पादनको क्षेत्रमा चिन सरकारले सहयोग गर्ने राजदुत होङले प्रतिवद्वता व्यक्त गर्नुभयो । नेपाल सरकारका तर्फबाट ल्याएका योजनालाई सधैं सहयोग गर्न तत्पर रहेको होङले बताउनुभयो । 

भेटमा स्वास्थ्य मन्त्री पोखरेलले देशभर प्रदेश स्तरमा आयुर्वेद सेवाको विस्तार गर्ने तयारी गरिएको बताउनु भयो ।

दुई देश बीचको सम्बन्ध मतबुद रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले चीन सरकारको सहयोग गर्ने प्रतिबद्वतालाई धन्यवाद दिदैं निरन्तर सहयोग र सहकार्य अपेक्षा राखेको बताउनुभयो । 

मन्त्री पोखरेलले भक्तपुरको दधिकोटमा वीर अस्पतालको बिस्तारको लागी सहयोग गर्न आग्रह गर्नुभयो । यस्तैं कम्युनिष्ट आन्दोलनका नेता नरबहादुर कर्माचार्यका नाउँमा क्यान्सर हस्पिटल खोल्नको सहयोगको अपेक्षा गरिएको बताउनुभयो । 

यसैगरी नेपालका लागी कोरियाका राजदुत पार्क योङ सिकले स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेलसंग शिष्टाचार भेट गर्नुभएको छ । 

परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका मन्त्री पोखरेलसंगको भेटमा राजदुत सिकले नेपाल र कोरिया बीचको सम्बन्ध प्रगाढ र सुमधुर रहेको बताउँदैं सहकार्यको निरन्तरताको लागी अपेक्षा राखिएको बताउनुभयो । राजदुत सिकले स्वास्थ्य बिमा क्षेत्रको कोरियाको अनुभव आदान–प्रदान गर्न कोरिया सरकार तयार रहेको बताउनुभयो । 

भेटमा स्वास्थमन्त्री पोखरेलले दुईदेश बिचको सहकार्यको लागी अनुरोध गर्दै कोरियामा रहेका नेपाली कामदारहरुको सुरक्षा र रोजगारीको व्यवस्थापनका बिषयमा चिन्ता व्यक्त गर्नुभएको थियो । 




0 comments

Write Down Your Responses