Powered by Blogger.
३९ पत्रकार पुरस्कृत, कस्तो छ सबैको बायोडाटा ?



२०७४ असोज ६ गते शुक्रबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित बार्षिकोत्सव समारोह कार्यक्रमको समुद्घाटन गर्नुहुदै सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले विविध १२ विधामा ३९ जना पत्रकारहरुलाई पुरस्कृत गर्नुभएको छ । 

प्रेस काउन्सिलका पूर्व अध्यक्षको नाममा स्थापित भएको एक लाख पाँच हजार राशीको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार र सोही वरावर राशीको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट क्रमशः रुपन्देहीका पत्रकार बालकृष्ण चापागाईं र नेपाल पत्रकार महासंघका पूर्व सभापति धर्मेन्द्र झा पुरस्कृत हुनुभएको छ । 

सो अवसरमा राष्ट्रपति भण्डारीले प्रेस काउन्सिल नेपालमा बीस बर्ष सेवाअवधि पूरा गरेका पाँच जना कर्मचारीलाई जनही एक तोला सुनको तक्मा र प्रमाणपत्रका साथै प्रेस काउन्सिल बर्ष कर्मचारी पुरस्कारबाट बरिष्ठ कम्प्यूटर अपरेटर गीता पराजुली र अभिलेख सहायक गोकुल बस्नेतलाई पुरस्कृत गर्नुभएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै राष्ट्रपति भण्डारीले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा सञ्चारमाध्यमको भूमिका सराहनीय भएको उल्लेख गर्दै सवैखाले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सकेमात्र गणतन्त्र संस्थागत हुने विश्वास व्यक्त गर्नुभयो । 

प्रेस स्वतन्त्रतालाई स्वच्छन्दताकोरुपमा प्रयोग गर्दा अराजकता बढ्ने, मिडियाको संख्यात्मक बृद्धिभन्दा गुणात्मक विकासमा जोड दिनुपर्ने, एकपटक गुमेको विश्वसनीयता प्राप्त गर्न कठिन हुने धारणा राख्नुहुँदै राष्ट्रपति भण्डारीले न्याय, लोककल्याण र दीगो विकासमा जोड दिन सञ्चारकर्मीलाई आग्रह गर्नुको साथै प्रेस काउन्सिलको अवधारणा, स्थापना र विकासमा योगदान पु¥याउनुहुने सवैप्रति कृतज्ञता प्रकट गर्नुभयो ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिलबाट देशभरका पत्रपत्रिकाको वर्गीकरण गर्नुपर्ने कारणले पत्रकार आचारसंहिताको प्रभावकारी अनुगमनमा उल्लेखनीय उपलब्धि हासिल नभएको स्वीकार्दै पूर्व राष्ट्रपति, पूर्व प्रहरी प्रमुख, पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङमाथि मिडियाले अनावश्यक हमला गरेको, पत्रकारितामा परीक्षाप्रणाली नहुँदा साँढे प्रवृत्ति हावी भएको, हतारोको पत्रकारिताले विश्वसनीयता गुमेको भन्दै पत्रकारिता गर्दा केही कमजोरी हुने भन्दै काउन्सिलको बार्षिक प्रतिवेदन अध्ययन गर्न आग्रह गर्नुभयो ।

 नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले संविधानमा प्रेस खारेज हुन नसक्ने स्पष्ट व्यवस्था हुँदाहुँद राज्यबाट प्रेसमाथि अंकुश लगाउनेगरी स्थानीय तहलाई प्रेस खारेज गर्न सक्ने अधिकारसहितको कार्यविधि आएकोप्रति ध्यानाकर्षण गर्दै प्रेसको बिषयमा प्रेस काउन्सिल र अदालतबाट मात्रै न्याय निरुपन हुनुपर्ने धारणा राख्नुभयो । 

कार्यक्रमको सञ्चालन काउन्सिल सदस्य संगीता खड्काले गर्नुभएको थियो । 

रिपोर्ट – महेन्द्रराज सिंह, २०७४ असोज ६ गते शुक्रबार ।  

प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार
१. बालकृष्ण चापागाईं, रुपन्देही

पत्रकार बालकृष्ण चापागाईंको जन्म वि.सं. २०१८ साल मंसिर ८ गते  बागलुङको भीरकोटमा भएको हो । रुपन्देहीको बुटवललाई कार्यक्षेत्र बनाई ३ दशकदेखि पत्रकारितामा निरन्तर कलम चलाउदै आएका चापागाईंले पत्रकारितामा स्नातकोत्तर र कानुनमा एलएलबीसम्मको अध्ययन पूरा गर्नुभएको छ । 

पत्रकारितामा लुम्बिनी, आमसञ्चार र नेपाली भाषा कृति प्रकाशन गर्नुभएका चापागाईं जनसंघर्ष साप्ताहिक, मलमला एफएम, स्वाधीन मासिकमा आवद्ध हुनुहुन्छ । कान्तिपुर दैनिकमा लामो समय रिपोर्टिङ गरेका चापागाईंले आफ्नै सम्पादकत्वमा २०४७ सालदेखि जनसंघर्ष दैनिकको प्रकाशन गर्दै आउनुभएको छ । 

चीन, भारत, कोरिया, थाइलैण्ड, बंगलादेश लगायतका देशको भ्रमण गरी थुप्रै अनुभव बटुल्नुभएका चापागाईं नेपाल पत्रकार महासंघ, प्रेस चौतारी नेपाल रुपन्देही शाखाको संस्थापक अध्यक्ष र राससका कार्यकारी अध्यक्षसमेत रही काम गरेको अनुभव छ । 
  
प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार
२. धर्मेन्द्र झा, काठमाडौं

पत्रकार तथा स्वतन्त्र लेखक धर्मेन्द्र झाको जन्म सन् १९६७ मार्च १७ तारेखमा सिरहाको गोविन्दपुरमा भएको हो । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत रहनुभएका  उहाँ हाल फ्रिडम फोरमको महासचिव हुनुहुन्छ ।

 चहलपहल भित्ते पत्रिकामार्फत २०४४ सालमा पत्रकारिताको सुरुवात गर्नुभएका झाले अन्नपूर्ण पोष्ट, हिमालय टाइम्स लगायतका पत्रपत्रिकामा सम्पादक रही काम गरि सक्नुभएको छ । 

तीन दशकदेखि पत्रकारितामा अनवरत क्रियाशील पत्रकार झाले अमेरिका, फ्रान्स, नर्वे, नेदरल्याण्ड, स्वीडेन, कोरिया, जर्मनी, लेवनान, पोर्र्चुगल, डेनमार्क, स्पेनलगायतका देशका भ्रमण गरी महत्वपूर्ण अनुभव संगाल्नुभएको छ । पत्रकारितामा महत्वपूर्ण योगदान गरेबापत यसबर्षको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । 

प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार
१. अञ्जली थापा, मकवानपुर

पत्रकार अञ्जली थापाको जन्म वि.सं. २०४२ भाद्र १० गते भएको हो । एक दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील रहेकी थापाले पत्रकारिता बिषयमा स्नातक तह उतिर्ण गर्नुभएको छ । २०६८ सालदेखि राससमा कार्यरत थापालाई प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । 

२. कोपिला कंडेल, बागलुङ

पत्रकार कोपिला कडेलको जन्म बि.सं. २०३५ साल बैशाख ७ गते बाग्लुङ्गको काठेखोलामा भएको हो । आई.ए सम्मको अध्ययन पूरा गर्नुभएकी पत्रकार कंडेल रेडियो नेपालमा ८ वर्षदेखि कार्यरत हुनुहुन्छ । नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षदसमेत रहनुभएकी पत्रकार कँडेलले प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएको छ ।

३. टिका विष्ट, सुर्खेत

पत्रकार टिका विष्टको जन्म रुकुममा भएको हो । मध्यपश्चिम बिश्वबिद्यालयबाट स्नातकोत्तर उतिर्ण पत्रकार टिका विष्ट सेरोफेरो डटकम र सानीभेरी एफएममा कार्यरत हुनुहुन्छ । सिस्ने एफएम र जन्तीधारा साप्ताहिक रुकुमबाट पत्रकारिताको थालनी गर्नुभएको पत्रकार विष्टले चीन, पाकिस्तान र भारतको भ्रमण गर्नुभएको छ । प्रेस चौतारी नेपालको उपाध्यक्ष समेत रहेकी पत्रकार विष्टलाई प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

४. कमला पन्थी, भक्तपुर

पत्रकार कमला पन्थी पत्रकारिता क्षेत्रमा एक दशकदेखि कार्यरत हुनुहुन्छ । पत्रकार पन्थीले रेडियो कान्तिपुरबाट प्रसारण हुने भ्वाइस अफ नेपाल, माइतीको सन्देश, समकोण, कानुनी वहसलगायतका  कार्यक्रमको प्रस्तोता तथा कार्यक्रम उत्पादक हुनुहुन्छ । शिक्षाशास्त्रमा स्नातक उतिर्ण कान्तिपुरकर्मी पन्थी सञ्चारिका समूहको महासचिव हुनुहुन्छ । 

प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएको छ ।

५. इन्दिरा अर्याल, रुपन्देही

पत्रकार  इन्दिरा अर्यालको जन्म गल्धा गाविस– ९, पाल्पामा भएको हो । रुपन्देहीको बुटवल कार्यथलो बनाई वि.सं. २०५६ सालदेखि पत्रकारिता शुरु गर्नुभएकी अर्यालले शिक्षाशास्त्रमा स्नातकोत्तर पूरा गर्नुभएको छ । सर्वप्रथम दैनिक लुम्विनीको नारी स्तम्भ लेखनबाट पत्रकारिता प्रवेश गर्नुभएको हो । रेडियो लुम्विनीको स्टेशन मेनेजरको जिम्मेवारी सम्हाल्दै आउनुभएकी अर्यालले न्युनतम् पारिश्रमिक निर्धारण समितिको सदस्य भै कार्यानुभवसमेत संगाल्नुभएको छ । 

प्रेस काउन्सिल महिला सशक्तिकरण पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएको छ ।

प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पत्रकारिता पुरस्कार


१. नमन कुमार शाही, दैलेख

पत्रकार नमन कुमार शाहीको जन्म वि.सं. २०४२ साल जेठ १२ गते चामुण्डा, दैलेखमा भएको हो । पत्रकारितामा स्नातकसम्मको अध्ययन गर्नुभएका शाहीले गोरखापत्र दैनिक, पञ्चकोशी एफएम, धमाका दैनिकमा काम गरेको लामो अनुभव रहेको छ । नेपाल पत्रकार महासंघमा आवद्ध शाही हाल —हाम्रो तेस्रो आँखा दैनिकमा कार्यरत हुनुहुन्छ । 

प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाई छ ।

२. रामचन्द्र चौधरी (डगौरा) कञ्चनपुर

पत्रकार रामचन्द्र चौधरीको जन्म सन् १९९८ डिसेम्वर २६ तारेखमा भएको हो । स्नातक तहसम्मको अध्ययन पूरा गरेका कुश्मीले एविसी टेलिभिजनमा कार्यक्रम उत्पादन तथा रिपोर्टिङ गर्दैै आउनुभएको छ । सामुदायिक रेडियो पहिचान को स्टेशन मेनेजर तथा पहिचान खवर दैनिकको सम्पादकसमेत रहेका कुश्मी नेपाल पत्रकार महासंघ, नेपाल आदिवासी जनजाति महासंघमा आवद्ध हुनुहुन्छ । 
  
प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाई छ ।

३. राधेश्याम पटेल, पर्सा

पत्रकार राधेश्याम पटेलको जन्म वि.सं. २०४३ साल भाद्र ५ गते पर्साको वीरगंजमा भएको हो । अंग्रेजी बिषयमा स्नातकोत्तर पटेल एक दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । नारायणी एफएम वीरगञ्जबाट पत्रकारिता थालनी गरेका पटेल प्रतिक दैनिक वीरगंञ्ज र पहिलो पोष्ट, बिजमाण्डु डटकममा आवद्ध हुनुहुन्छ ।
प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाई छ ।

४. रामकुमारी श्रेष्ठ (रुवी), ललितपुर

पत्रकार रुवी श्रेष्ठको जन्म बि.सं. २०३७ साल कार्तिक ९ गते ललितपुरको पुल्चोकमा भएको हो । एक दशकदेखि रेडियोको माध्यमबाट पत्रकारिता गर्दै आउनुृ भएकी रुवीले पत्रकारिता विषयमा स्नातक तह उतिर्ण गर्नुभएको छ । मिर्मिरे, गोर्खा एफएम, सगरमाथा टेलिभिजन समेतमा काम गरेको अनुभव रहेको छ र हाल उहाँ रेडियो नेपालमा कार्यरत हुनुहुन्छ । प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाई छ ।

५. ओमप्रसाद घायल, पर्वत

पत्रकार ओमप्रसाद घायलको जन्म वि.सं.२०३४ पुस १९ गते पैंयुपाटा–३, बागलुङमा भएको हो । २०५५ सालदेखि सक्रिय पत्रकारिता गर्दै आउनुभएका घायलले पर्वतको कुश्मामा कर्मथलो बनाई पत्रकारिता क्षेत्रमा उल्लेख्य अनुभव बटुल्नुभएको छ । नेपाल पत्रकार महासंघ पर्वत शाखाका पूर्व अध्यक्षसमेत रहेका घायल  मोदीकाली साप्ताहिक, रेडियो शालिग्राममा कार्यरत हुनुहुन्छ । उहाँका कुरुक्षेत्रको पर्खालभित्र, शोकधुनको बाँकी अंश आदि कविता संग्रह प्रकाशित छन् । 

प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाई छ ।



प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार

१. वीणा सिन्हा, द पव्लिक मासिक, काठमाडौं

पत्रकार वीणा सिन्हाको जन्म सन् १९६९ अप्रिल ६ तारेखमा भएको हो । इतिहासमा स्नातकोत्तर, कानुनमा एलएलबी सक्नुभएकी पत्रकार वीणा सिन्हा द पब्लिक मासिकमा आवद्ध हुनुहुन्छ । भारतको हिन्दुस्तान समाचार संवाद समितिको नेपाल प्रमुखसमेत रहेकी पत्रकार वीणा सिन्हा नेपाल पत्रकार महासंघको सदस्य रहनुभएको छ । उहाँका नारी कहानी, कथा संग्रह कमली प्रकाशित भै सकेकाछन् । 

प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाई छ ।

प्रेस काउन्सिल समावेसी पत्रकारिता पुरस्कार

१. विजेता चौधरी, काठमाडौं

पत्रकार विजेता चौधरीको जन्म सन् १९८१ अगस्त २८ मा धनुषामा भएको हो । स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गर्नुभएकी चौधरी हाल बाह्खरी अनलाइनमा कार्यरत हुनुहुन्छ । २०५९ सालदेखि हिमालय टाइम्स दैनिकबाट पत्रकारिता थालनी गर्नुभएको हो । उहाँलाई प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । हार्दिक बधाई छ । 

२. महेशकुमारी चौधरी (ममता), सुनसरी

पत्रकार ममता चौधरीको जन्म वि.सं. २०४२ साल असार १२ गते सप्तरीको पटेर्वामा भएको हो । स्नातक तहसम्मको अध्ययन पूरा गर्नुभई वि.सं. २०६३ सालदेखि निरन्तर गणतन्त्र एफएममा कार्यरत हुनुहुन्छ । मैथिली तथा थारु भाषामा विशेष दखल राख्ने पत्रकार ममतालाई प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । हार्दिक बधाई छ । 

३. सन्तोष रुचाल, धनकुटा

पत्रकार सन्तोष रुचालको जन्म वि.सं. २०३७ साल माघ ४ गते धनकुटाको कुरुलेमा भएको हो । पत्रकार सन्तोषले नेपाल समाचारपत्र, राजधानी, दर्शन दैनिकका साथै तमोर, विराटनगर, धनकुटा, रोडम्याप, जनसुधार साप्ताहिकमा काम गरेको अनुभव रहेको छ । नयाँपत्रिका दैनिकमा आवद्ध सन्तोषले प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गर्नुभएको छ । 

प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाई छ ।

४. मदन ठाकुर, रौतहट

पत्रकार मदन ठाकुरको जन्म वि.सं. २०४० साल कार्तिक १ गते रौतहटको संग्रामपुरमा भएको हो । नयाँपत्रिका दैनिक, उज्यालो नेटवर्क, नारायणी एफएम, राजदेवी एफएममा कार्यानुभव संगालेका ठाकुरले स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ । पत्रकार ठाकुर बञ्जिका, भोजपुरी, मैथिली, हिन्दी भाषामा विशेष दखल राख्नुहुन्छ ।  

प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाई छ ।

५. अनिलकुमार कर्ण, काठमाडौं

पत्रकार अनिलकुमार कर्णको जन्म वि.सं. २०३३ साल मंसिर २२ गते जनकपुरको देमानपोखरीमा भएको हो । दुई दशकदेखि पत्रकारितामा क्रियाशील पत्रकार अनिलकुमार नागरिक दैनिकको डेस्क इडिटरको जिम्मेवारी हुनुहुन्छ । नेपाल वान टेलिभिजन, एविसी टेलिभिजन, रेडियो नेपाल, गोरखापत्र दैनिक, घटना र विचार, विश्वदीप, जनआकांक्षा, भूमि लगायतका साप्ताहिकमा कार्यानुभव संगाल्नुभएको छ ।

प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाई छ ।

६. रविन थपलिया, काठमाडौं

पत्रकार रविन थपलियाको जन्म वि.सं. २०४१ साल माघ ७ गते नुवाकोटको थानापति गाविसमा भएको हो । पत्रकारितामा स्नातक तह उतिर्ण थपलिया डेढ दशकदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ । काठमाडौं खवर साप्ताहिकमा कार्यरत उहाँले नयाँ रुपरेखा साप्ताहिकबाट पत्रकारिता शुरु गर्नुभएको हो । प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा यहाँलाई हार्दिक बधाई छ ।

७. मानसिंह बिक, रोल्पा

पत्रकार मानसिंह बि.क.को जन्म बि.सं. २०४१ साल चैत ५ गते रोल्पाको कोर्चावाङ्गमा भएको हो । पत्रकार मानसिंह बि.क.ले पत्रकारिता विषयमा स्नातक तह उतीर्ण गर्नुभएको छ । नेपाल पत्रकार महासंघ रोल्पाको अध्यक्ष समेत रहनु भएका पत्रकार बि.क.ले रेडियो जनगणतन्त्रबाट पत्रकारिताको थालनी गर्नुभएको हो । हाल उहाँ रोल्पा समाचार साप्ताहिकको सम्पादक हुनुहुन्छ । प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाई छ ।

८. डण्ड गुरुङ, काठमाडौं

पत्रकार डण्ड गुरुङको जन्म वि.सं. २०३५ फागुन २० गते सिन्धुलीमा भएको हो । स्नातक तहसम्मको अध्ययन पूरा गरेका पत्रकार गुरुङले नेपाली पत्रकारितामा दुई दशकदेखि सक्रिय हुनुहुन्छ । २०५२ सालदेखि जनप्रभात, गाउँले देउराली साप्ताहिकबाट पत्रकारिता थालनी गरेका गुरुङले एविसी टेलिभिजनको समाचार संयोजक तथा कार्यक्रम उत्पादन गर्दै आउनुभएको छ । नेपाल आदिवासी जनजाति  पत्रकार महासंघका केन्द्रीय अध्यक्ष समेत रहनुभएका उहाँले प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाई छ ।


प्रेस काउन्सिल युवा सशक्तिकरण पत्रकारिता पुरस्कार

१. कृष्ण प्रजापति, भक्तपुर

पत्रकार कृष्ण प्रजापति दुई दशकदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ । सन्ध्या टाइम्स, मजदुर, सिटी टाइम्स, प्रतिदिन दैनिकमा काम गर्नुभई गहिरो अनुभव संगाल्नुभएका उहाँ गोरखापत्रको नेपाल भाषा पृष्ठ सम्पादन गर्नुहुन्छ । हाल नेपाल –नेवारी) भाषाको पत्रिका लकस, देश मरु झ्या साप्ताहिक प्रकाशन गर्दै आउनुभएको छ ।  

२. बसन्त रुपाखेती, काठमाडौं

पत्रकार बसन्तकुमार रुपाखेतीको जन्म सन् १९७२ जुलाई १२ मा काठमाडौंको जोरपाटीमा भएको हो । 
प्रेस काउन्सिल युवा सशक्तिकरण पुरस्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाई छ । पत्रकारिता बिषयमा स्नातकोत्तर पत्रकार रुपाखेती नेपाल टेलिभिजनको क्यामरा पर्सनको रुपमा सन् १९९५ देखि कार्यरत हुनुहुन्छ । प्रेस काउन्सिल युवा सशक्तिकरण पुरस्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाई छ ।

३. दीपेन्द्र रावल, कालिकोट

पत्रकार दीपेन्द्र रावलको रावलको जन्म वि.सं. २०४० साल मंसिर २ गते अछामको बिनायक नगरपालिकामा भएको हो । स्नातक तहसम्मको अध्ययन गर्नुभएका पत्रकार रावलले जनादेश, जनसन्देश, अनलाइन डवली लगायतमा काम गर्नुभएको अनुभव रहेको छ । हाल संवाद डबली अनलाइनको सम्पादक हुनुहुन्छ । प्रेस काउन्सिल युवा सशक्तिकरण पुरस्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाई छ ।

४. सीता मादेम्वा, सुनसरी

पत्रकार सीता मादेम्वाले एक दशकदेखि विविसी नेपाली सेवामा रिपोर्टिङ गर्दै आउनुभएको छ । राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा एलएलबी उतिर्ण पत्रकार सीता मादेम्वा नेपाल पत्रकार महासंघ, क्रियाशी पत्रकार महिला लगायतका संस्थामा आवद्ध हुनुहुन्छ ।  

प्रेस काउन्सिल युवा सशक्तिकरण पुरस्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाई छ ।

५. भरत शाह, कैलाली

पत्रकार भरत शाहको जन्म वि.सं. २०४० साल माघ १८ गते अछाममा भएको हो । धनगढी कार्यक्षेत्र बनाई २०५५ सालदेखि शताब्दी संकल्पबाट पत्रकारिताको शुरु गर्नुभएका शाहको नेपाल समाचारपत्र, सुदूरपश्चिम टाइम्स दैनिकमा कार्यानुभव रहेको छ । नेपाल टेलिभिजन, अनुमोदन दैनिकमा आवद्ध शाह डोटेली, थारु भाषामा दखल राख्नुहुन्छ । नेपाल पत्रकार महासंघ कैलाली शाखाका निवर्तमान अध्यक्ष शाहले प्रेस काउन्सिल युवा सशक्तिकरण पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाई छ ।

६. बसन्त गिरी, कपिलबस्तु

पत्रकार बसन्त गिरीको जन्म कपिलबस्तुको बुद्धभूमि नगरपालिकामा भएको हो । नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखाका निवर्तमान अध्यक्ष एबं हाल केन्द्रीय सदस्य रहेका पत्रकार गिरीले स्नातक तह उतिर्ण गर्नुभएको छ । बि.सं. २०६१ सालदेखि पत्रकारितामा लागेका गिरी गोरखापत्र दैनिकमा कार्यरत हुनुहुन्छ । प्रेस काउन्सिल युवा सशक्तिकरण पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाई छ ।


प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता पुरस्कार

१. माया केसी, रुपन्देही

पत्रकार माया केसीको जन्म वि.सं. २०४३ साल वैशाख ७ गते रुपन्देहीको तिलोत्तमामा भएको हो । स्नातक तहसम्मको अध्ययन गर्नुभएकी केसी बुटवल टुडे दैनिकमा कार्यरत हुनुहुन्छ । उहाँले आठ बर्ष लुम्विनी एफएमको काम गर्नुभएको थियो । यहाँलाई प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । यहाँलाई हार्दिक बधाई छ ।

२. नवराज भण्डारी, डडेल्धुरा

पत्रकार नवराज भण्डारी एक दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील हुनुहुन्छ । स्नातकतहसम्मको अध्ययन गर्नुभएका पत्रकार भण्डारी डडेल्धुराबाट प्रकाशित हुने डडेल्धुरा पोष्ट, रेडियो नेपाल, कारोवार दैनिकमा कार्यानुभव संगाल्नुभएको छ भने हाल हिन्दकुश साप्ताहिक र नयाँपेज अनलाइनमा आवद्ध हुनुहुन्छ । नेपाल पत्रकार महासंघ, प्रेस चौतारी नेपालमा समेत आवद्ध रहनुहुने भण्डारीलाई प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । यहाँलाई हार्दिक बधाई छ ।

३. माधव प्रसाद अर्याल, पाल्पा

पत्रकार माधवप्रसाद अर्यालको जन्म २०३४ साउन १४ गते पाल्पाको तानसेनमा भएको हो । पत्रकारितामा स्नातकोत्तर अर्यालले चीन, सेनेगल, हैटी, भारत, भारत, डिबोटी लगायतका देशको भ्रमण गर्नुभएको छ । मोफसलमा रहेर पत्रकारितामा क्रियाशील अर्यालले दुई दर्जन बढी पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको छ । कान्तिपुरकर्मी अर्याल दुई दशकदेखि मिडिया क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाई छ ।

४. नवराज महतारा, हुम्ला

पत्रकार नवराज महतराको जन्म सन् १९८२ नोभेम्वर १६ मा हुम्लाको श्रीनगरमा भएको हो । पत्रकार महतराले पत्रकारितामा स्नातकोत्तर गर्नुभएको छ । मोफसलको विकट हुम्ला जिल्लामा बसेर सामुदायिक रेडियो कर्णाली आवाजको माध्यमबाट सामाजिक जागरणमा उल्लेख्य योगदान गर्नुभएका पत्रकार महतरा डेढ दशकदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ ।

प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाई छ ।

५. यम विरही, बागलुङ

पत्रकार यम विरहीको जन्म बागलुङको जैमिनीमा भएको हो । दुई दशकदेखि पत्रकारितामा निरन्तर कलम चलाउँदै आउनुभएका विरही हाल अन्नपूर्ण पोष्ट दैनिकमा आवद्ध हुनुहुन्छ । कानुन, न्याय, मानवअधिकार, भ्रष्टाचारको क्षेत्रमा कलम चलाउँदै आउनुभएको छ ।   

प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाई छ ।

प्रेस काउन्सिल स्तम्भलेखन पत्रकारिता पुरस्कार

१. मुरलीप्रसाद यादव, सप्तरी

पत्रकार मुरली प्रसाद यादवको जन्म बि.सं. २०२५ साल बैशाख १३ गते सप्तरीको राजविराजमा भएको हो । विज्ञानमा स्नातकोत्तर यादव दुई दशकदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ । भोरुख्वा एफ.एम र कृष्णा दैनिकमा कार्यरत पत्रकार यादव पत्रकार महासंघ सप्तरी शाखाको पूर्व अध्यक्ष र प्रेस काउन्सिल नेपालको पूर्व सदस्य हुनुहुन्छ । प्रेस काउन्सिल स्तम्भलेखन पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाई छ ।

प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार

१. देवेन्द्र चुँडाल, काठमाडौं

पत्रकार देवेन्द्र चुँडालको जन्म २०१८ सालमा ताप्लेजुङ्को हाङपाङ गाविसमा भएको हो । व्यवस्थापनमा स्नातक उपाधि हासिल गरेपछि २०४० सालदेखि निरन्तर अभियान साप्ताहिकको प्रकाशन तथा सम्पादन गर्दै आउनुभएका उहाँले रुस, कोरिया, जापान, हङकङ, थाइलैण्ड, सिङ्गापुर, बंगलादेश, भारत, चीन लगायत धेरै मुलुकको भ्रमण गरिसक्नुभएको छ । 

नेपाल पत्रकार संघको केन्द्रीय सदस्यमा दुई कार्यकाल निर्वाचित भै काम गर्नुभएका पत्रकार चुँडालले गोरखापत्र, राजधानी दैनिक तथा गोरखा एक्सप्रेस, चर्चा, नवरस, राष्ट्रवाणी साप्ताहिकमा समेत कार्याअनुभव रहेको छ । चुँडालले यसबर्षको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाई छ ।

प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाई छ । 

२. मुरारीप्रसाद गौत्तम, काठमाडौं

पत्रकार मुरारी प्रसाद गौत्तमको जन्म सन् १९५१ फेव्रुअरी १२ मा भएको हो । ४६ बर्षदेखि रहस्य साप्ताहिक प्रकाशन गर्दै आउनुभएका गौत्तमले सिंगापुर, थाईलेण्ड, कंगो, युगाण्डा, चीन, भारत, बंगलादेश, भुटान  लगायतका देशको भ्रमण गर्नुभएको छ । पत्रकारितामा अनवरत रहनुहुने यहाँलाई प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । हार्दिक बधाई छ ।

३. पद्मभक्त खरेल, काठमाडौं

पत्रकार पद्मभक्त खरेलको जन्म  २००२ साल फागुन ७ गते काभ्रेको फलाँटेमा भएको हो । खरेलले नेपाली पत्रकारितामा आधा शताब्दी व्यथित गर्नुभएको छ । पत्रकार खरेलले हाम्रो देश दैनिकबाट २०२२ सालदेखि पत्रकारिता सुरु गर्नुभएको हो । 

तर्क, रहस्य, वार्ता, राष्ट्रपुकार, चिरस्मरण साप्ताहिकमा लामो अनुभव संगाल्नुभएका खरेलले ३ दशकदेखि निरन्तर आफ्नै सम्पादकत्वमा दिव्यचक्षु साप्ताहिक प्रकाशन गर्दै आउनुभएको छ । अमेरिका, भारत, चीनलगायतका मुलुकको भ्रमण गरी बैदेशिक अनुभवसमेत हाशिल गर्नुभएको छ ।



प्रशंसापत्र
१. खेमनाथ शर्मा

प्रवासमा रहेर पनि क्लिन तथा डिजिटल नेपाल अभियानमार्फत स्वदेश र समाजको सेवाका साथै प्रेस काउन्सिल नेपालसँग सूचना प्रविधिसम्बन्धी सहकार्य गर्नुहुने अष्ट्रेलिया निवासी तपाइँ खेमनाथ शर्मालाई जाँगर र सिर्जनशील कर्मनिम्ति यो प्रशंशा– पत्र प्रदान गरिएको छ । यहाँलाई हार्दिक बधाई छ । 


प्रेस काउन्सिल बर्ष कर्मचारी पुरस्कार

१. गोकुल बस्नेत, अभिलेख सहायक 

प्रेस काउन्सिल नेपालको सेवामा तीन दशक लामो सेवा गर्नुभई महत्वपूर्ण योगदान दिनुहुने गोकुल बस्नेतलाई बर्ष कर्मचारी पुरस्कारबाट पुरस्कृत गरिएको छ । काउन्सिल सेवामा लामो समय रही इमान्दारीपूर्वक, कर्तव्यनिष्ठ बस्नेतलाई हार्दिक बधाई छ ।

२. गीता पराजुली, बरिष्ठ कम्प्युटर अपरेटर

प्रेस काउन्सिल नेपालको बरिष्ठ कम्प्युटर अपरेटर गीता पराजुलीको जन्म २०३५ जेठ १६ गते पाल्पाको मदरपोखरामा भएको हो । निजामति सेवामा एकदशक लामो सेवा गर्नुभएकी पराजुलीले समाजशास्त्र र जनप्रशासनमा स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएको छ । वि.सं २०७० वैशाख १५ गतेदेखि काउन्सिल सेवामा प्रवेश गरी इमान्दारीपूर्वक कार्य गरेबापत प्रेस काउन्सिल बर्ष कर्मचारी पुरस्कारबाट पुरस्कृत हुनुभएकोमा यहाँलाई हार्दिक बधाई छ ।   

प्रेस काउन्सिल नेपाल दीर्घसेवा पदक (२० वर्ष सेवा अवधि पूरा गरेका)

प्रेस काउन्सिल नेपालमा २० वर्षदेखि निष्ठापूर्वक कार्यरत तपाइँलाई संस्थागत उद्देश्य परिपूर्ति कार्यमा पु¥याउनु भएको योगदानकोे कदरस्वरूप प्रेस काउन्सिल नेपाल दीर्घसेवा पदक ः २०७४ प्रदान गरिएको छ ।  

१. श्री विष्णु शर्मा लम्साल, बरिष्ठ सहायक
२. श्री रामेश्वर पराजुली, वरिष्ठ अभिलेख सहायक
३. श्री रहमतुल्लाह मियायँ, अनुगमन अधिकृत
४. श्री राधेश्याम अधिकारी, अधिकृत
५. श्री रामप्रसाद पोखरेल, उपप्रशासकीय अधिकृत

प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार

१. वियोगी बुढाथोकी, काठमाडौं

पत्रकार वियोगी बुढाथोकीले साहित्यिक पत्रकारिताको माध्यमबाट महत्वपूर्ण भूमिका निभाउनुभएको छ । पत्रकार बुढाथोकीले राजनीतिशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएका उहाँका एकदर्जन कृतिहरु प्रकाशित भै सकेकाछन् । शिवपुरी सन्देश त्रैमासिकका सम्पादक बुढाथोकीलाई यस क्षेत्रमा उल्लेख्य योगदान पु¥याएकोमा प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । हार्दिक बधाई छ ।

२. हरिहर खनाल, चितवन

पत्रकार हरिहर खनालको जन्म बि.सं. २००३ साल भदौ १२ गते कास्कीको फल्याङ्कोटमा भएको हो । अंग्रेजीमा स्नातकोत्तर खनालले चितवनलाई कर्मथलो बनाई लामो समयदेखि अध्यापनका साथै स्वतन्त्र लेखन मार्फत साहित्य सिर्जना र पत्रकारिता गर्दै आउनुभएको छ । खनालका एक दर्जन कथा संग्रह प्रकाशित छन् । हाल गरिमा मासिकको प्रधान सम्पादक खनालले अमेरिका, बेलायत, हङ्कङ, भारत, चीनलगायतका देशको भ्रमण गर्नु भएको छ । प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाई छ ।


प्रेस काउन्सिल आचारसंहिता पुरस्कार

१.सप्तकोशी एफएम, सुनसरी

सप्तकोशी मिडिया प्रालिद्वारा सञ्चालित सप्तकोशी एफएमको स्थापना २०५८ असोज २९ गते भएको हो । इटहरी–९, सुनसरीमा अवस्थित यस एफएमको क्षमता ५ किलोवाट रहेको छ । ९० मेगाहर्जमा प्रसारित यस एफएमले ६० प्रतिशत सांगितिक र ४० प्रतिशत समाचारमुलक सामग्री प्रसारण गर्दै आएको छ । एक नम्बर प्रदेशका सवै जिल्लामा पहुँच रहेको उक्त रेडियोका स्टेशन मेनेजर चन्द्र न्यौपानेज्यूलाई यस बर्षको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु ।

प्रेस काउन्सिल आचारसंहिता पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाई छ ।


सम्मानित हुने काउन्सिलका पूर्व अध्यक्षहरु

प्रेस काउन्सिल नेपालको अध्यक्ष पदमा रही पु¥याउनुभएको अविस्मरणीय योगदानप्रति आभार प्रकट गर्दछौं । आगामी दिनमा समेत हामीलाई थप हौसला तथा मार्गनिर्देशनको अपेक्षासहित अद्वितीय योगदानको कदरस्वरुप यो सम्मान–पत्र अर्पण गर्न पाउँदा गर्वानुभूति गरेका छौं ।

श्री सुरेन्द्रबहादुर बस्नेत
श्री नयनबहादुर खत्री
श्री सुरेन्द्रप्रसाद सिंह
श्री नूतनबहादुर थपलिया
श्री सोमनाथ घिमिरे
श्री हरिहर विरही
श्री माथवरसिंह बस्नेत
श्री राजेन्द्र दाहाल
श्री नारायणप्रसाद शर्मा
श्री बोर्णबहादुर कार्की






0 comments

Write Down Your Responses