Powered by Blogger.
‘मोडलिङ स्टार’ बन्दै सुमन


काठमाडौं । २०४९ साल मंसिर ४ गते गल्छी गाउँपालिका वडा नम्बर ३ डुम्रिचौर जन्मिएका सुमन मोडलिङ क्षेत्रमा संघर्षरत युवा हुन् । 

गल्छी गाउँ पालिका वडा नम्बर एक  फोस्रेटारका स्थायी बासिन्दा उनी अहिले काठमाडौंमा अस्थित्वको लागि मेहनत गरिरहेका छन् ।  नयाँबजार काठमाडौंमा बस्दैे डान्स सिकाऊदै र आफु पनि सिक्दै गरेका उनले द श्री राज इन्टरटेनमेन्टमा काम गर्छन् ।

सुमनका गुरु हुन् राजिब बलामी । सुमनले डान्स सिकाउँदै र सिक्दै गर्दा उनै गुरु राजिब बलामीले सुमनलाई म्युजिक भिडियोमा लगे  । र, बलामीकै देनले सुमनले ‘चिन्दै नचिन्ने, बोल्दै नबोल्ने’ बोलको गितको भिडियो बाट सुमनले डेब्यु गरेका हुन् ।

सुमनले डेब्यु गरेका केही महिना बाट लगालग सुमनलाई म्युजिक भिडियो अफर आऊन थाल्यो र सुमनले अहिलेसम्म १६ ओटा म्युजिक भिडियोमा अभिनय गरेका छन् ! सुमनले अभिनय गरेका गित भने लोकदोहोरी, पप, आधुनिक गरी सबैखाले रहेका छन् । 

सुमनले मेरी तरकारीवाली , छोपि लायो माया , म त माया नफापेको मान्छे , बाचा तोडेर नजाऊ, मलाई छोडेर नजाउ, भाग्य कोर्ने रेखा ,महिनौ बितिगे बर्सौ बितिगे ,चिता माथि मेरो लास जलाए पछि आयौ  जस्ता गितहरुमा अभिनय गरेका छन् । 

सुमनले अब मोडिलिङमा नै जम्ने र यो लाईन नछाड्ने बाचा गरेका छन् र उनी आफ्नो करियर पल शाहको जस्तो बनाउने सपना साँचेका छन् । किनकि सुमनको एकदमै फ्यान हुन् पल शाह! सुमन हाल काठमाडौंको ठमेलमा बस्छन् ! सुमनले यो लाईनमा आउनको लागि एकदमै दुख  गरेका छन् ।

 सुमन गाउँमा एसएलसी दिएर काठमाडौं आएका हुन् ।  संघर्ष र सफलताको श्रेय भनेझैं उनको यो संर्घषले उनी केही वर्षमा नै मोडलिङ दुनियाको स्टार बन्नेमा शंका छैन । 




0 comments

Write Down Your Responses