इलेक्ट्रिसियन संघको आठौं साधारण सभा भव्यरुपमा सम्पन्न

काठमाण्डौ । इलेक्ट्रिसियनहरुको हक हितका लागि कार्य गर्दै आएको संस्था नेपाल इलेक्ट्रिसियन संघको आठौं साधारण सभा तथा विश्वकर्मा पुजा असोज एक गते आइतबार भव्य कार्यक्रमकाबीच सम्पन्न भएको छ ।
कार्यक्रममा गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी प्रमुख अतिथिका रुपमा रहनुभएको थियो । उहाँले सम्पूर्ण विद्युतकर्मी तथा इलेक्ट्रीसीयनहरुले विद्युतको सामानको गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो ।
साधारणसभाको उद्घाटन गर्दै महानिर्देश्क पुडासैनीले आगामी दिनमा गुणस्तरवृद्धिका लागि विभागले पहल समेत गर्ने बताउनुभयो । यसैग अतिथिहरु नेपाल विद्युतीय व्यवसायी महासंघका प्रथम उपाध्यक्ष सुर्दशन पौड्याल, सोसाईटी अफ इलेक्ट्रिक इन्जिनियरका अध्यक्ष देव शर्मा पौडेल, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारी लगायतले साधारण सभा सफलताको कामना गरेका थिए ।
कार्यक्रममा चाईना टाउन कवल धनी संघका अध्यक्ष निर्मल श्रेष्ठ, हेड्स नेपालका अध्यक्ष ईश्वर चन्द्र बानियाँ, विद्युत संसार साप्ताहिकका प्रधान सम्पादक रामप्रसाद पौडेल लगायतको सहभागिता थियो ।
त्यस्तै महासंघका प्रथम उपाध्यक्ष सुर्दशन पौड्यालले देशलाई अध्यारोबाट उज्यालो तर्फ लैजाने प्रमुख जिम्मेवारी इलेक्ट्रिसियनको रहने बताउनुभयो । इलेक्ट्रिसियनहरुको सीपमा अझै निखार ल्याउनु पर्ने तथा काम गर्दा सुरक्षित भएर काम गर्नु पर्ने उहाँको जोड थियो ।
हाल नेपालमा तारहरुमा मात्र गुणस्तर चिन्ह प्रदान गरिएको अवस्था एमसिवि, स्विच लगायतका सामाग्रीहरुमा पनि गुणस्तर कायम गर्नु पर्ने उहाँको भनाइ थियोे । कार्यक्रममा संघको आर्थिक प्रतिवेदन संघका महासचिव प्रकाश कुमार दाहलले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा रक्तदान प्रदान गर्ने व्यक्तिहरुलाई प्रमाण पत्र वितरण गर्नुका साथै एसईईमा उत्कृष्ट अंक ल्याउन सफल इलेक्टिसियनहरुको छोराछोरीलाई सम्मान गरिएको थियो ।
संघका अध्यक्ष भीमलाल श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 comments
Write Down Your Responses