Powered by Blogger.
एमाले मकवानपुरबाट टिकटका दौडधुपमा को को ?





रामचन्द्र बल लामा
हेटौंडा । निर्वाचन आयोगले आगामी मंसीर १० र २१ गते प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसंगै हरेक पार्टीमा उमेद्वारहरुको चर्चा र दौडधुप सुरु भएको छ । 

मकवानपुरमा एमाले नेताहरुबीच पनि चुनावी दौडधुप चर्को ढंगले लागेपछि कोही राजधानीमा आएर टिकटको लागि नेताहरुको  घर धाउन थालेका छन् । 

अबको एक महिना पछि अर्थात कार्तिक ४ गते मनोनयन दर्ता गरिसक्नुपर्ने भएकाले र लगत्तै दशैं, तिहार, छठ लगायतका चाडपर्व पर्ने हुनाले पनि यही बीचमा टिकटका आकाँक्षीहरुको दौडधुप चलेको बताइन्छ । 


निर्वाचन आयोगले तालिका सार्वजनिक गरेसँगै मकवानपुरे राजनीतिमा फेरी एकपटक आकाँक्षीहरु सल्बलाएका हुन् । प्रतिनिधीसभा निर्वाचनका लागि जम्मा दुई क्षेत्र मात्र रहेपछि धेरैं आकांक्षीहरु प्रदेशका निर्वाचनमा उमेद्वारको दावी गर्दै हिँड्न थालेका छन् । 
डोरमणी पौडेल


आकाँक्षी र योग्यता पुगेका धेरै उमेद्वार रहेपछि एमाले मकवानपुरलाई उम्मेद्वार छान्नको लागि निकै सकस पर्ने देखिन्छ ।

यो पटक योजनावद्ध किसिमले सिमाङ्कनमा हेटौंडाका केही क्षेत्र गाउँ र नगरमा समेत प्रदेशमा मिसाएपछि नेताहरुबिच टिकटको भिडन्त अझ रोचक हुने भएको छ । 

मकवानपुरमा प्रदेश सभाका लागि क्षेत्र नम्बर २ मा रोचक  भिडन्त हुने भएको हो । यहाँ एमालेका पुराना नेता, नेपाल लोकतान्त्रिक आदिवाशी जनजाती महासंघका केन्द्रीय सचिव तथा युवाबीच लोकप्रिय व्यक्ति रामचन्द्र बल लामा सबैभन्दा बलियो दावेदारका रुपमा रहेको चर्चा छ । 

उनीसंगै ठाकुरराम खड्का,  विष्णु प्रसाद ढकाल, महेश्वर सुबेदी, एमाले जिल्ला सचिव एकालाल श्रेष्ठ, रामेश्वर राना, अच्यूतमप्रसाद ढकाल,  राजु नापित, डिके पुडासैनी, कल्पना बलामी, ठुली गोले, केदार बल लगायत बिच तिव्र दौडधुप चलेको देखिन्छ । 
एकालाल श्रेष्ठ



त्यस्तै क्षेत्र नम्बर एकतर्फ प्रदेशका लागि रामचन्द्र दनुवार राई, मुनु सिग्देल, डोरमणी पौडेल, महेश बर्तौला, जुनेली श्रेष्ठ, कमल विष्ट लगायतले दौडधुप थालेका छन् । 

दर्जनभन्दा बढी आकाँक्षी चर्चामा आएपछि वाश्तवमा टिकट लिनसक्ने र टिकट पाएपछि जितेर देखाउन सक्ने हैसियतवालाहरुबीच ‘सर्ट लिस्टीङ’ गरेर अघि बढ्नुपर्ने सुझाव कार्यकर्ताहरुबाट आएको छ । 


यता केन्द्रीय सभाका लागि भने अहिलेका सांसदहरु अनन्त पौडेल, एमाले केन्द्रीय सदस्य तथा पूर्व सांसद विरोध खतिवडा, पूर्व सांसद तथा  पूर्व पार्टी सचिव कृष्ण दाहाल, मकवानपुर–२ का सांसद तथा सुरुङ मागर्का अभियन्ता सुवास ठकुरी, राजाराम स्याङ्तान लगायतको चर्चा छ । 

तथापि ठकुरी र स्याङ्तानले भने केन्द्रीय सभाका लागि टिकट नपाएमा प्रदेश सभा मै भएपनि जाने इच्छा नेताह्रु समक्ष व्यक्ति गरेको बुझिएको छ । 
महेश बर्तौला


रामेश्वर रानाले जिल्ला सभापति भएर अवसर लिइसकेकाले उनलाई केन्द्रीय सभामै पठाउनुपर्ने र डोरमणी पौडेलको पनि हाइट अन्य केन्द्रीय सदस्य भन्दा कम नरहेकाले केन्द्रीय सभाकै लागि उमेद्वार बनाउनुपर्ने आवाज उठेको छ । 
महेश्वर सुबेदी


तर हेटौंडा नगरको विकासका पिता भनेर उनलाई धेरैंले मुख्यमन्त्रीको सपना देखाएकाले उनी त्यतातिर लोभिएको बुझिएको छ । 




0 comments

Write Down Your Responses