Powered by Blogger.
दामनमा हुने बृहत साँस्कृतिक कार्यक्रमको तयारी पुरा

थाहानगर,१३ कात्र्तिक  /  थाहा कला केन्द्रको आयोजनामा दामनमा हुन लागेको बृहत साँस्कृतिक तथा चिट्ठा कार्यक्रमको तयारी पुरा भएको छ । यहि कात्र्तिक १४ गते हरिवोधिनी एकादशीको दिन थाहा नगरपालिकाको पर्यटकीय क्षेत्र दामन भ्यु टावर अगाडिको सडक विभागको चौरमा हुने कार्यक्रमको तयारी पुरा भएको क्लवका अध्यक्ष सानोवावु मुक्तानले जनाकारी दिए ।

समाज रुपान्तरणको लागि चलचित्र निर्माणको लागि आयोजना गरिएको कार्यक्रम विहान ११ ः ३० बजे देखि सुरु हुने मुक्तानले बताए । मकवानपुरको पर्यटकीय क्षेत्रलाई कलाको माध्यामबाट चिनाउने र समाज रुपान्तरको लागि यूवावर्गको महत्वपूर्ण भुमिका रहने भएकोले यूवाहरुलाई चलचित्रको माध्यामबाट सहि दिशा तर्फउन्मुख गराउन यस कार्यले टेवा पुग्ने विश्वास लिएको बताए । ‘कला संस्कृति देशको पहिचान, यसको संरक्षण हाम्रो अभियान’ भन्ने मुल नाराको साथ स्थापना भएको केन्द्रले समाज रुपान्तरणको लागि चलचित्र निर्माणमा जुटेका हो । यस अघि उत्तरीभेगका पर्यटकीय क्षेत्रलाई समेटि तयार गरेको थाहा कला केन्द्रको परिचय गीत समेत सार्वजनिक गरिसकेको छ ।

कार्यक्रममा विशेष आर्कषणको रुपमा चिट्ठा उपहार पनि राखिएको छ । जसमा प्रथम उपहार स्कुटि, द्धितीय उपहार ३२ इन्च टिभि र तृतीय उपहार स्यामसुङ मोबाइल फोन र सान्त्वन्न उपहार साधारण मोवाइल ५ जनालाई राखिएको छ । टिकटदर २ सय रहेको छ ।

कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती रहनुको साथै भिमफेदी गाईजको वेजोड प्रस्तुती रहने भएकोले कार्यक्रममा थप आकर्षित हुने अपेक्षा लिएको प्रचार प्रसार संयोजक रुपक कालिराजले जानकारी दिए । १० हजार र्दशकको सहभागिता रहने अपेक्षा गरिएको समेत बताए ।

त्यसैगरि रक स्टार सरस्वती लामा, राष्ट्रिय गायक तथा सञ्चारकर्मी समेत रहेका लोक गायक मुक्तिनाथ उपे्रती,लोक गायक रुपचन्द्र सापकोटाले विशेष रुपमा मनोरञ्जन प्रदान गर्नेछन् ।

0 comments

Write Down Your Responses