Powered by Blogger.
जनप्रतिनिधी व्यापारीको पक्षमा, चन्द्रगिरीमा करोडौंको ढुङ्गा दोहनको प्रयास


काठमाडौं । चित्लाङ चन्द्रगिरी सडक आयोजना निर्माणको क्रममा ठुलो घोटाला भएको तथ्य पत्ता लागेको छ । सडक स्तरोन्नती १५ महिनाभित्र सम्पन्न गर्नुपर्ने गरी १९ करोड ८७ लाखमा किराँतेश्वर कन्ट्रक्सनले ठेक्का लिएको सो आयोजनाको काम अहिले त्यहाँबाट निकालिएका ढुङ्गा, ग्रावेल, माटो लगायतका पैदावार विक्री गर्ने विषयले चर्चा पाएसंगैं चरम विवादमा परेको छ ।

गणेशमान सिंह सडक नामाकरण गरिएको उक्त सडक चौंडा पार्ने क्रममा व्यापक रुपमा ढुङ्गा  निक्लने सुनिश्चीत भएसंगै प्राकृतिक स्रोत र साधनमाथी गिद्देदृष्टि राखेर ठुलो कमिशनको खेल भएकाले अहिले स्थानीय जनता उक्त वनपैदावार तत्काल अन्यत्र उठाउन नदिने पक्षमा उभिएका छन् । 

सडक निर्माणको क्रममा दशौं करोडको ढुङ्गा निक्लने क्रम सुरु भएपछि मकवानपुर–२ का निवर्तमान सांसद सुभाष ठकुरीकै प्रत्यक्ष संलग्नतामा कागजी प्रक्रिया मिलाउनका लागि ढुङ्गा खरिदका लागि लिलाम बढाबढको सुचना निकालियो र मिलेमतोमा उही किराँतेश्वर कन्ट्रक्सनलाई ७५ लाख रुपैंयामा टेन्डर दिइयो । 

जनप्रतिनिधी समेत रहेका व्यक्तिले प्राकृतिक दोहनका विरुद्ध आवाज उठाउलान् भन्ने आशामा बसेका स्थानीय वासिन्दा बरु वन विभागले लगाएको टेन्डर र उही कन्ट्रक्सनको पक्षमा उभिएपछि स्थानीयले निवर्तमान सांसदप्रति प्रश्न उठाएका छन् । 

(हेनुर्स सांसद सहितको बैठकमा उक्त पैदावार बेच्नका लागि गरिएको सहमति तथा निर्णयहरु)


स्थानीय जनताको विरोध हुँदाहुँदै थानकोट चित्लाङ सडक आयोजना, वन विभाग, किराँतेश्वर कन्ट्रक्सन, निवर्तमान सांसद र अन्य निकायको मिलिभगतमा केहीले मात्र हेर्ने गरेको एक दैनिक पत्रिकामा सुचना गरेर टेन्डर प्रकाशित गरिएको र मिलेमतोमा रकम बोलकवोल गरिएको तथ्य खुलेको छ ।

करिव ४ हजार घनमिटर ढुङ्गा त्यहाँ निस्कने र अहिलेको बजार मुल्य अनुसार करिव ४० करोड आर्जन हुने उक्त ठेक्का जम्मा ७५ लाखमा स्वीकृत गरिएको छ ।

स्थानीयको अ‍ैंला सांसदतिर

स्थानीय जनताले सो बाटोको अनियमिततामा खबरदारी गर्नुपर्नेमा ढुङ्गा बेच्ने टेन्डर पाएको निर्माण कम्पनीको पक्ष लिएको भन्दै सांसद सुभाष ठकुरीतर्फ आशंकाको औंलो तेस्र्याएका छन् ।  स्थानीयले भने सडक सरोकार समिति गठन गरी कुनै हालतमा स्थानीय पैदावार वेच विखन गर्न नदिने निर्णय गरेका छन् । 

हेनुस् निर्णयः



त्यसो त उनले रोडा ढुङ्गातर्फ विगत लामै समयदेखि मोह पाल्दै आएका छन् । मकवानपुरको सिस्नेरीमा स्थापना भएको एक क्रसरलाई सिस्नेरीको एक पहराको ढुङ्गा आपुर्ती गरिरहेको र त्यही कारणले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पद समेत सांसद भइसक्दा पनि नछोडेको आरोप छ । 

त्यतीमात्र होइन काठमाडौं–सिस्नेरी –कुलेखानी –हेटौंडा भएर चल्ने मदन भण्डारी मार्गको ३ किलोमिटर बाटो खोल्ने  शर्तमा आफु गाविस अध्यक्ष भएकै बेला मत्श्यनारायण रोडाढुङ्गा उद्योगलाई ३० औं वर्षसम्म त्यहाँको ढुङ्गा लगायतका अन्य पैदावार चलाउन दिने सहमति गरेर त्यतीबेलादेखि नै राम्रै आर्जन गरेको समेत स्थानीयले बताएका छन् । 

स्थानीयले उठाएको माग सम्वोधन नगरी चन्द्रागिरी केवलकारको पक्षमा विगतमा खुलम्खुला बचाउ गर्दै हिँडेपछि चित्लाङको जनताले एकपटक ‘जनप्रतिनिधी भएर जनताको पक्षमा नभइ व्यापारीको पक्षमा वकालत गरेको ’ भन्दै हातपातको प्रयाश गरेका थिए । 

‘काठमाडौं हेटौंडा सुरुङ मार्गका अभियन्ता’ उनी जनतासंग वर्षौदेखि सुरुङ मार्गका लागि भनी उठाएको करोडौं तहशनहश भएर कामका नाममा सिन्को समेत अहिलेसम्म नभाँचिएपनि अब भने उक्त अधुरो काम पुरा गर्न राम्रा जनप्रतिनिधी जनताले छान्नुपर्ने र त्यसका लागि आफु योग्य भएको भन्दै पार्टीभित्र लबिङमा रहेको पार्टी स्रोतले जनायो ।  


0 comments

Write Down Your Responses