Powered by Blogger.
गुणस्तरीय शिक्षामा जोड


काठमाडौं । त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस सरस्वती बहुमुखी क्याम्पसले आयोजना गरेको बीबीए तथा बीबीएम तहको अभिमुखीकरण कार्यक्रममा बोल्दै रजिष्ट्रार डिल्ली उप्रेतीले त्रिविले विस्तार सँगसँगै गुणस्तरीय शिक्षा र अनुसन्धानमा ध्यान दिइरहेको बताउनुभयो । 

त्रिविका शिक्षाध्यक्ष प्रा.डा.सुधा त्रिपाठीले विद्यार्थीको पहिलो रोजाईको क्यम्पस सरस्वती बनोस् भनी शुभकामना दिनुभयो । 

कार्यक्रममा त्रिवि व्यवस्थापन सङ्कायका डीन प्रा.डा.डिल्लीराज शर्माले प्रतिस्पर्धी विश्व खुला बजारमा बिक्न सक्ने गुणस्तरीय शिक्षा आवश्यक भएको उल्लेख गर्दै विद्यार्थी केन्द्रित शिक्षण सिकाईमा विश्वविद्यालयले कार्यक्रमहरुमा ध्यान दिइरहेको बताउनुभयो ।

कार्यक्रममा बीबीए निर्देशक प्रा.डा.शतीसकुमार ओझा, वित्तशास्त्र विषय समितिका अध्यक्ष प्रा.डा.राजन बहादुर पौडेल, नेपाल प्राध्यापक संघका सभापति रामेश्वर उपाध्याय, नेपाल प्राध्यापक संघ सरस्वती बहुमुखी क्याम्पस इकाईका सभापति बाबुराम चापागाईले क्याम्पसमा गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै सम्झौता नगर्ने प्रतिवद्धता प्रकट गर्नुभयो ।

 बीबीएम् निर्देशक रीता सुवेदीले स्वागत मन्तव्य प्रकट गर्नुभएको कार्यक्रममा सरस्वती बहुमुखी क्याम्पस प्रमुख गोलमान गुरुङले सभापतित्वको आशन ग्रहण गर्नुभएको थियो ।

अभिमुखीकरण कार्यक्रममा मेगा बैंक नेपालका सीईओ तथा नेपाल बैंकर्स संघका अध्यक्ष अनिल केसरी शाह तथा एभिन्यूज टेलिभिजन एवं मिडिया हबका अध्यक्ष उद्योगी भाष्करराज राजकर्णिकारले व्यवस्थापन पक्ष, नयाँ प्रविधि तथा नेतृत्व विकासबारे छलफल गर्नुभयो ।

0 comments

Write Down Your Responses