Powered by Blogger.
एमाले नेता भुषाल र बल रसिया प्रस्थान


काठमाडौं । नेकपा एमालेका पोलिट्व्युरो सदस्य, कम्युनिष्ट दर्शनका ज्ञाता एवं अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनका जानकार व्यक्तित्व बेदुराम भुषाल रसिया प्रस्थान गरेका छन् । 

भुषाल एमाले वरिष्ठ नेता, विदेश विभाग प्रमुख तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको विशेष प्रतिनिधी भएर एक विशेष कार्यक्रमका लागि  दुई सदस्यीय टोलीको नेतृत्व गर्दै रसिया प्रस्थान गरेका हुन् । 

रुसमा अक्टोबर क्रान्ति सफल भएको एक सय वर्ष पुगेको अवशरमा रसियन कम्युनिष्ट पार्टीले आयोजना गर्न लागेको विशेष कार्यक्रममा सरिक हुन नेता भुषाल मंगलबार राती साढे १० बजेको उडान मार्फत रसिया लागेका हुन् । 

उक्त कार्यक्रमका लागि पूर्व प्रधानमन्त्री नेपाललाई नै आमन्त्रण गरिए पनि नेपालमा आगामी प्रतिनिधीसभा निर्वाचन र त्यसका लागि पार्टी गृहकार्यमा व्यस्त रहेकाले वरिष्ठ नेता नेपालले उक्त कार्यक्रममा आफु सहभागि नभएर प्रतिनिधी पठाएका हुन् । 

भुषाल नेतृत्वको टोलीमा नेकपा एमाले मकवानपुर जिल्ला कमिटी सदस्य तथा नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघका केन्द्रीय सचिव रामचन्द्र बल सहभागी छन् । उनी एमालेका तर्फबाट प्रदेश नम्बर ३ का प्रदेश सभाका लागि समानुपातीक तर्फका बन्द सुचीका उमेद्वार हुन् । 

१० दिने भ्रमणमा दर्शन शास्त्रका व्याख्याता भुषालले सेन्ट पिटर्सबर्गमा आयोजित कार्यक्रममा आधा घण्टा मन्तव्य समेत दिने कार्यक्रम छ । 

साथै उक्त कार्यक्रमपछि रसियाको राजधानी मस्कोमा अर्को कार्यक्रम रहेको बताइएको छ । 

विश्वका अधिकांश देशका कम्युनिष्ट पार्टीका नेताहरु उक्त कार्यक्रममा सहभागी हुने बताइएको छ । 



0 comments

Write Down Your Responses