Powered by Blogger.
मिजार वस्तीमा महासचिव पोखरेलको भव्य स्वागत


काठमाडौं । घरदैलो र विभिन्न ठाउँमा पार्टी प्रवेशको चटारोमा रहनुभएका एमाले महासचिव  एवं काठमाडौं निर्वाचन क्षेत्र नं. ५ का उम्मेदवार ईश्वर पोखरेलका लागि एउटा कार्यक्रम राखिएको रहेछ बुढानिलकण्ठको चिसेनीमा । 

त्यसअघि टोखामा दुई ठाउँका कार्यक्रम सम्पन्न गरेर सोझै बुढानिलकण्ठ तिर लागेका पोखरेललाई लिन बुढानिलकण्ठको स्कुल गेट नजिकै आएका थिए मिजार समुदायका अगुवाहरु ।

जव महासचिव पोखरेल गाडीबाट ओर्लिएर झरे त्यहाँ पर्खिएर बसेका अगुवाहरुले ‘होइन सिधैं चिसेनी तिरै गइहालौं ढिला भयो’ भनेर सुझाए । महासचिवकै गाडिमा बसेर चिसेनीको उकालो चढेर डाँडामाथि पुगेपछि कार्यक्रम स्थल पुगियो । 

जव ईश्वर गाडीबाट झरे तव मिजार समुदायका वृद्धवृद्धा देखि महिला र वच्चाहरुले फुलको माला लगाइदिन होडबाजी नै चल्यो ।
  
त्यहाँ ठूलो व्यानरमा लेखिएको थियो ‘जनतासँग ईश्वर पोखरेल’ कार्यक्रम ! विष्णु गाउँ गुठी समूहको आयोजनामा भएको उक्त कार्यक्रममा महासचिवलाई घरघरबाट बनाएर ल्याएको फुलको माला लगाउने एकछिन होडवाजी जस्तै चल्यो । 

कार्यक्रममा काँग्रेसका सक्रिय कार्यकर्ता कृष्णबहादुर नेपाली, दिपेश नेपाली र कृष्ण नेपालीलगायतका अगुवाहरु एमाले प्रवेश गरे । महासचिव पोखरेल र निर्वाचन परिचालन कमिटीका संयोजक सूर्य थापाले स्वागत गरे । 

कार्यक्रमको सूरुमै सम्वोधन गर्दै महासचिव तथा यसक्षेत्रका उम्मेदवार पोखरेलले शान्ति, स्थिरता र लोककल्याणकारी काम गर्ने वामपन्थी शक्तिहरु मिलेर राज्यको अनुभूति दिलाउने योजना आफुहरुको रहेको बताउनुभयो । 

उहाँले २०५१ सालमा एमालेले एक सय रुपियाबाट सूरु गरिएको वृद्धभत्ता केपी ओली सरकारसम्म आइपुग्दा दुई हजार बनाइएको बताउँदैं अव वामपन्थी नेतृत्वको सरकारले त्यसलाई पाँच हजार पुर्याउने बताउनुभयो । 

यसो भन्दै गर्दा कार्यक्रममा उपस्थित बृद्धबृद्धाहरुले तालि बजाएर सम्मान भाव प्रकट गरे । साथैं दलित, पिछडिएका समुदायलाई एमालेले विशेष कार्यक्रमको व्यवस्था गरेर राज्यको अनुभूति दिलाउने बताए । 



0 comments

Write Down Your Responses