Powered by Blogger.
मकवानपुरे वामहरुको काठमाडौंमा वृहत भेला गर्ने तयारी


काठमाडौं । नेकपा एमालेको मकवानपुर काठमाडौं सम्पर्क मञ्च र माओवादी केन्द्रको संघीय जनसम्पर्क मञ्चको संयुक्त बैंठक सम्पन्न भएको छ । 

शनिबार बागबजार स्थित मकवानपुर काठमाडौं सम्पर्क मञ्चको कार्यालयमा भएको दुई पार्टी निकटको संयुक्त बैंठकले संयुक्त रुपमा चुनाव परिचालन कमिटी निर्माण गरेको छ । 

बैठकले संयुक्त चुनावी परिचालन कमिटी गठन गर्दै संयुक्त वृहत भेला आयोजना गर्ने र जिल्ला केन्द्रीत योजना बनाउने निर्णय गरेको छ ।

बैठकले जगत थिङको संयोजकत्वमा विनोद महर्जन सहसंयोजक रहने गरी संयुक्त परिचालन कमिटी निर्माण गरेको हो । 

उक्त कमिटीले संयुक्त कार्ययोजना तय गर्नुका साथै आगामी हप्ता मकवानपुरमा रहेका सम्पूर्ण वामहरुको वृहत भेला आयोजना गर्ने र उक्त भेलामा सबै उमेद्वारहरुलाई पनि उपस्थित गराउन प्रयास गर्ने बताएको छ । 

नेकपा एमाले ३ नम्बर प्रदेश सम्पर्क समन्वय कमिटीका सहसंयोजक अशोककुमार ठकुरीको प्रमुख आतिथ्यतामा भएको बैंठकमा दुबै पार्टीका सम्पर्क मञ्च तथा संघीय जनसम्पर्क मञ्चका पदाधिकारी तथा पूर्व अध्यक्षहरुको समेत सहभागिता थियो । 

कार्यक्रममा ३ नम्बर प्रदशे सम्पर्क समन्वय कमिटीका सदस्यहरु भद्रबहादुर गोले, सन्तोष शर्मा बिडारी, मकवानपुर काठमाडौं सम्पर्क मञ्चका पूर्व अध्यक्ष सिताराम दाहाल तथा संघीय जनसम्पर्क मञ्चका अध्यक्ष बिनोद महर्जन, पूर्व अध्यक्ष वालकृष्ण दाहाल, उपाध्यक्ष सिताराम अर्याल, मकवानपुर काठमाडौं सम्पर्क मञ्चका सल्लाहकार संयोजक सुरेन्द्र नकर्मी लगायतको उपस्थिति थियो । 




0 comments

Write Down Your Responses