Powered by Blogger.
बकैयामा बाम गठबन्धनको संयुक्त भेला तथा प्रचारप्रसार कार्यालय उद्घाटन


बकैया / बकैया गाउँपालिका बाम गठबंधनको संयुक्त भेला तथा प्रचारप्रसार कार्यलय आज बकैयाको वडा नं. ५ र ६  वडामा उद्घाटन गरिएको छ ।
बकैया गाउँपालिका सचिवालय सम्योजक लोकनाथ गौतमले बकैया वडा नं. ६ को जुनेलीबस्तिमा आयोजित भेला सम्बोधन गर्नुहुँदै प्रचारप्रसार कार्यलय उद्घाटन गर्नु भएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै गणतन्त्र बिरोधी शक्ति साम दाम दण्डभेद प्रयोग गर्दै निर्वाचनमा उत्रिएकाले सो को विरुद्ध लाग्न र बाम गठबंधनका उम्मेद्ववार प्रतिनिधि सभाका लागि  कृष्णप्रसाद दाहाल तथा प्रदेशसभाका उम्मेदवार प्रेम बहादुर पुलामी छिन्तु लाई निष्फ्रिकीका साथ जिताउन लाग्न आग्रह गर्नु भएको छ ।

भेला तथा कार्यलय उद्घाटन कार्यक्रमलार्इ नेकपा एमालेका नेता दलबहादुर वाइवा, माओबादी केन्द्रका नेता लछ्मी माझी, बकैया गाउँपालिका उपाध्यक्ष तथा नेत्री सरला बोलखे, नेता फुलबहादुर भोम्जन लगायतले सम्बोधन गर्नु भएको थियो । भेलाले ६ नम्बर वडा सचिवालय समिति समेत चयन गरेको छ । भेलाले मोतिलाल सिङगार तथा प्रकाश वाइवाको सह सम्योजकत्वमा १ सय ७५ सदस्यीय वडा कमिटी गठ्न तथा परिचालन कमिटी गठन गरेको छ ।

यस्तै बकैया गाउँपालिका सहसम्योजक कृष्णप्रसाद चौलागाईंको प्रमुख आतिथ्यता ५ नम्बर वडा स्तरिय प्रचारप्रसार कार्यालय तथा कार्यकर्ता स्तरीय भेला भएको छ । भेलालाई प्रमुख आतिथी चौलागाइ, माओवादी नेता परशुराम गौतम, एमाले नेता बेलप्रसाद दाहाल, नेता हरु शुक्र बिक लगायत सम्बोधन गर्दै कार्यालयको उद्घाटन गर्नुभएको थियो । भेलाले भरतप्रसाद लामिछाने तथा मानबहादुर गोलेको सह सम्योजकत्वमा १ सय ७५ सदस्यीय वडा कमिटी गठ्न तथा परिचालन कमिटी गठन गरि परिचालित गरेको छ ।

0 comments

Write Down Your Responses