Powered by Blogger.
अख्तियारले पाता कस्नुपर्ने भ्रष्टहरु को को ?


काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च केही वहालवाला अधिकारी सहित २०० कर्मचारीलाई निगरानीमा राखेको छ । अकुत सम्पति आर्जन गरेको भन्दै ति उच्च अधिकारीहरुको लकर रोक्न समेत अख्तियारले राष्ट्रबैंकलाई निर्देशन दिएको छ । 

आयोगले सुरु गरेको सम्पत्ति छानविन तथा अनुसन्धानको दायरामा सुरक्षा अंग, नेपाल टेलिकम, विद्युत प्राधिकरण लगायत निजामती र अन्य सरकारी सेवाका कर्मचारीहरु परेका छन् ।

हुन त राष्ट्रबैंकले ५ करोड रुपैयाँभन्दा बढी ऋण लिने व्यक्तिको विवरण पहिले नै अख्तियारलाई पठाइसकेको छ । अख्तियारको निर्देशन पछि बैंकमा छानविनमा परेका कर्मचारीले आफ्नो लकर खोलेर सम्पत्ति झिक्न नपाउने भएका छन् ।

अख्तियारले अनुसन्धान सुरु गरेका कर्मचारी र तिनीहरु कार्यरत अड्डा भ्रष्टचार हुने अखडाको रुपमा परिचित रहेका छन् । छानवीनको दायरामा परेका कर्मचारीहरु मध्ये सबैभन्दा बढी कर्मचारी नेपाल विद्युत प्राधिकरणका रहेका छन् ।

गत बिहीबार सम्म ५१ कर्मचारीको नाम प्राप्त भई लकर रोक्का गरिसकेको र अरुको पनि अख्तियारबाट क्रमश जानकारी प्राप्त भएको बैंकले जनाएको छ ।

अनुसन्धानमा परेका कर्मचारीहरुमा सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक कोषरात वन्त, एसएसपी चिरञ्जीवी अधिकारी, एसपी श्यामकाजी कुँवर र गोपीमान श्रेष्ठ रहेका छन् । त्यस्तै, नेपाल प्रहरीका  पूर्व डिआइजी प्रतापसिंह थापा र रमेश विक्रम शाह, एसपी सञ्जयसिंह बस्नेत र डिएसपी हिराबहादुर गिरी रहेका छन् ।

त्यसैगरी नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी, राजेन्द्र नकर्मी, अम्बर स्थापित, पुरुपोत्तम खनाल र दिपेश आचार्य, कुमारप्रसाद शर्मा, सुधीरप्रसाद अर्याल, अनिल आचार्य, मदन शर्मा भगवतमानसिंह प्रधान, प्रदीप ठाकुर, निरज अधिकारी, चन्द्रमोहन झा रहेका छन् भने । 

टेलिकममा राजभण्डारीले फोरजी प्रोजेक्टबाटमात्र ४५ करोड अवैध रकम कमिसनबाट हात पारेकी थिइन् भने रिचार्ज कार्ड छपाईमा समेत करोडौं रकम लिएको स्रोतको दाबी छ । 

ऊर्जा मन्त्रालयका मोती कुँवर, वैदेशिक रोजगार विभागका भवानी थानी, विष्णुहरि उपाध्याय, विश्वबन्धु रेग्मीको लकर रोक्न राष्ट्रबैँकलाई आयोगले निर्देशन दिएको छ ।

त्यसैगरी आयल निगमका कर्मचारीहरु वतीराज पौडेल, रविनचन्द्र अधिकारी, रविनकुमार शर्मा, विरेन्द्र गोइत, मुकुन्दप्रसाद घिमिरे छन् भने सिटिईभिटीका रमेशकुमार बखती, देवचन्द्र देवकोटा, नरेन्द्र शाह, विष्णु कोइराला, राजु खड्का, यमप्रसाद भुर्तेल रहेका छन् ।

यसैगरी गृह मन्त्रालयका उद्धव तिमिल्सिना बझाङ, गोपाल पराजुली रामेछाप, दीपक पोखरेल झापा, यातायात व्यवस्था कार्यालयका विपिनकुमार लाल कर्ण ललितपुर, भिमप्रसाद गौतम इटहरी, कीर्तिवल्लभ पौडेल ललितपुर, राजेश पन्थी ललितपुर, जीवन आचार्य पर्सा, खुसीलाल कर्ण जनकपुर रहेका छन् ।

यस्तै, नापी विभागका सुमन्त झा पर्सा, त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलका दिनेश श्रेष्ठ (महाप्रबन्धक), राजस्व प्रशासनमा कार्यरत कुलप्रसाद चूँडाल ललितपुर, तुलसी सेढाई धरान, धर्मेन्द्र मिश्र बुटवल, इन्द्र ढुंगाना  पनि लकर रोक्कामा परेका छन् ।

यसैगरी, ऋण असुली न्यायधिकरणका दीर्घराज मैनाली बानेश्वर, विद्युत प्राधिकरणका विज्ञानप्रसाद श्रेष्ठ, विमल गुरुङ, रोशन अग्रवाल, बज्रभुषण चौधरी, गणेशप्रसाद राज, होमबहादुर केसी, हरिवीर सिलवाल, बोधराज ढकाल, दीपक उपाध्याय, महेश्वरलाल श्रेष्ठ, चिरञ्जीवी पौडेल, रामचन्द्र पौडेल, शेरसिंह भाट रहेका छन् ।

यसैगरी मेडिकल काउन्सिलका अनिलकुमार झा, मनोहर प्रधान, निलमणी उपाध्याय, इन्जिनियरिङग परिषद्का शालिग्राम सिंह, नगरपालिकाका कर्मचारीहरुमा रामबहादुर थापा काठमाण्डौं, साधुराम भट्टराई काठमाण्डौं, बाबुराम गौतम काठमाण्डौं, बद्री खड्का काठमाण्डौं, बसन्त आचार्य काठमाण्डौं, देवेन्द्र पोखरेल काठमाण्डौं, प्रमोद ढुंगाना काठमाण्डौं, उत्तरकुमार रेग्मी काठमाण्डौं, देवेन्द्र डंगोल काठमाण्डौ, नरेन्द्र श्रेष्ठ काठमाडौं, दीपक कोइराला काठमाडौं, गोपाल रेग्मी विराटनगर रहेका छन् ।

यसैगरी सहरी विकासमा कार्यरत कामेश्वरप्रसाद सिंह विराटनगर, सिंचाई मन्त्रालयका कर्मचारी सीताराम यादव, हिमालय पौडेल, थलबहादुर तामाङ र कृषि मन्त्रालयका लेखनाथ आचार्यपनि अख्तियारको सूचीमा रहेका छन् ।

त्यस्तै, काठमाडौं उपत्यका खानोनी लिमिटेड केयुकेएलका रविन्द्र नेपाल, लीला ढकाल, नागरिक उड्डयन प्राधिकरणका त्रिरत्न मानन्धन नि. महानिर्देशक, पुष्यराज शाक्य, कृषि विकास बैंकका सागरचन्द्र जोशी, मालपोत कार्यालयका बद्रीबहादुर कार्की डिल्लीबजार, ठाकुरप्रसाद निरौला झापा रहेका छन् । 

उनीहरुमाथि अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले लामो समयदेखि निगरानीमा राखेको बुझिएको छ । 


0 comments

Write Down Your Responses