Powered by Blogger.
सापकोटा र रानाको उमेद्वारी स्थगन,लोकतान्त्रिक गठबन्धनलाई सघाउने (प्रेस विज्ञप्ति सहित)

मकवानपुर / राप्रपा राष्ट्रवादीका मकवानपुर प्रतिनिधिसभा क्षेत्र नंबर १ र क्षेत्र नंबर १ (क) का उम्मेद्वारहरुद्वारहरु रामकृष्ण सापकोटा र चेतनारायण रानाले आफ्नो उम्मेद्वारी स्थगन गर्नुभएको छ। लोकतान्त्रिक गठबन्धनका उमेद्धार कमल थापा र धर्म लामिछानेलाई सहयोग गर्ने बचन सहित राप्रपा राष्ट्रवादीका मकवानपुर प्रतिनिधिसभा क्षेत्र नंबर १ र क्षेत्र नंबर १ ९क० का उम्मेद्वारहरुद्वार सापकोटा र रानाले आफ्नो उम्मेद्वारी स्थगन गर्नुभएको हो । राप्रपाका सहमहामन्त्री राजाराम बर्तौलालाई लोकतान्त्रिक गठवन्धनलाई सहयोग गर्ने प्रतिवद्धता पत्र सहित उनिहरुले आफ्नो उम्मेद्वारी नरहेको बताउनुभएको थियो । यस अघि कमल थापालाई सहयोग गर्नेगरि नयाँ शक्ति मकवानपुरका प्रतिनिधिसभा क्षेत्र नंबर १ का उम्मेद्वार प्रल्हाद लामिछानेले पनि उम्मेद्वारी स्थगन गरि सक्नुभएको छ।

0 comments

Write Down Your Responses