Powered by Blogger.
नेपाली कांग्रेस तथा राप्रपाका दुई सय भन्दा धेरै कार्यकर्ता वाम गठवन्धनमा प्रवेश

वागमती, ७ मंसिर / आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि वाम गठवन्धनको अभियानको क्रममा पुर्वी मकवानपुरको वागमती गाउँपालिका वाम गठवन्धनमय बनेको छ ।

आज वागमतीको फापरबारी र बेतिनीमा भएको कार्यक्रममा नेपाली कांग्रेस तथा राप्रपाका दुई सय भन्दा धेरै कार्यकर्ता वाम गठवन्धनमा प्रवेश गरेका छन् । वेतिनिमा भएको कार्यक्रममा नेपाली कांग्रेसका तात्कालिन बेतिनि गाविस कोषाध्यक्ष नजरमान स्याङ्तानको नेतृत्वमा जयबहादुर मगर, वालकृष्ण सिञ्जाली, विजय लामा, सुनमाया मगर, नेपाली कांग्रेसका वडा सभापति चन्द्रबहादुर गोले, तरुणदल वडा सदस्य विरबहादुर राना, राप्रपाका स्थानीय नेता शंकर मगर, तिर्थ आलेमगर सहित एकसय भन्दा धेरै प्रवेश गरेका हुन् ।

 त्यसैगरि वडा नंबर ४ मा भएको कार्यक्रममा राप्रपाका सुनबहादुर थिङ, अमृत आलेमगर, कमली विक, तरुण दलका प्रमोद गोले, बलबहादुर गोले सहित एक सय भन्दा धेरै नेता कार्यकर्ता वाम गठवन्धनमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ का उम्मेद्वार कृष्णप्रसाद दाहाल, प्रदेशका उम्मेद्वार प्रेमबहादुर पुलामी सहित वाम नेताहरुले फुलमाला लगाएर स्वागत गरेका थिए ।

 नव प्रवेशीहरुले अव देशको निकास तथा विकास वाम गठवन्धनबाट हुने भएकोले आफुहरु प्रवेश गरेको बताए ।

0 comments

Write Down Your Responses