Powered by Blogger.
समृद्धिको निमित्त लोकतान्त्रिक गठबन्धन,सर्बसत्ताबाद अस्वीकार : कमल थापा

हेटौंडा । राप्रपा अध्यक्ष कमल थापाले प्रजातन्त्रको विकल्प नभएको भन्दै नेपाली जनतालाई सर्बसत्ताबाद स्विकार्य नहुने बताए । हेटौंडा(१५ चुरियामाईमा आज आयोजित कार्यक्रममा बोल्दै थापाले राष्ट्रियताको संरक्षण , प्रजातन्त्रको सुदृढीकरण र मुकुकको द्रुततर बिकासको निमित्त लोकतान्त्रिक गठबन्धन भएको बिचार ब्यक्त गरे । उनले थपे ूयो गठबन्धन सङ्ग कोहि तर्सिनु पर्दैन यो कसैको विरुद्ध होइन। देश र जनताको चाहना र सपना पूरा गर्नको निमित्त होू।

आर्थिक बिकास अहिलेको प्रमुख बिषय भएको भन्दै थापाले सबै मिलेर सबल , समुन्नत र स्वाधिन नेपाल निर्माण गर्नुपर्नेमा जोड दिए । जिल्लाको बिकास र जनताको सुख दुखमा आफुले ईमानदारि पुर्बक भुमिका निर्बाह गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

नेपाली काङ्ग्रेसका नेता एबं मकवानपुर (१ ूखू का प्रदेश उम्मेदवार अशोक शाक्यले मकवानपुर बनाउन कमल थापा सहितको लोकतान्त्रिक गठबन्धनले जित्नु आबश्यक भयको बताए । आज मकवानपुर पुग्नु भएका थापा केही दिन हेटौंडामा चुनाबी कार्यक्रमका सन्दर्भमा आयोजित सभा,भेला र घर दैलोमा ब्यस्त रहने राप्रपा सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

0 comments

Write Down Your Responses