Powered by Blogger.
राजनितिमा महिला सशक्तिकरणका लागि अभिमुखीकरण

मकवानपुर / प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको मुखैमा आएर मकवानपुरमा निर्वाचनमा महिला सहभागिता विषयक अभिमुखीकरण  भएको छ । आसन्न निर्वाचनमा महिला सहभागिता र सकृयताको लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

मकवानपुर र चितवनका विभिन्न राजनितिक दलका महिला कार्यकर्तालाई महिला नेतृत्व, राजनितिक अधिकार,नेतृत्व क्षमता विकास, राजनितिमा महिलाको अवसर र चुनौती, निर्वाचन आचार संहिता, प्रभावकारी अभियान लगायत विषयमा  २ दिने अभिमुखीकरण गरिएको नारी सीप सृजना केन्द्रकी सचिव कल्पना विश्वकर्माले वताएकी छिन ।

तालिमवाट विभिन्न दलका २० जना महिला लाभान्वित भएका छन् । तालिममा मोहन श्रेष्ठ, भोज कुमारी तामाङर नेपाल वार एशोशिएसन मकवानपुरका सुमन कुमार श्रेष्ठले सहजीकरण गरेका थिए । तालिम पश्चात सहभागी महिलाहरुले आसन्न निर्वाचनमा योजना सहित सकृय भूमीका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको नारी सीप सृजना केन्द्रकी अध्यक्ष उमा सुवेदीले वताएकी छिन ।कार्यक्रम जागरण नेपाल र नारी सीप सृजना केन्द्रको सहकार्यमा भएको हो ।

0 comments

Write Down Your Responses