Powered by Blogger.
थाहा कला केन्द्र अहिले के गर्दैछ ? पढ्नुस्

मकवानपुर /  कला जीवनको उद्गम विन्दु हो, साथै कला संगै संस्कृति जीवनको अदभूत प्रेरक तत्व हो । कलाले मानिसलाई जीउन सिकाउँछ, संस्कृतिले व्यवहार सिकाउँछ । तसर्थ मानिसका आधारभूत आवश्यकताका अतिरिक्त कला र संस्कृतिले वडो महत्व ओगटेको छ । कला विनाकुनै कार्य सम्भव नै छैन । झन् कलाकै उपज सिर्जित संस्कृतिको महत्वबारे सबैमा सर्वविविदै छ ।
  यस्तै कुराहरुलाई मध्यनजर गर्दै कला संस्कृतिको क्षेत्रमा अभियान सञ्चालनको लागि उत्तरी मकवानपुरमा वि.सं. २०७२ साल जेष्ठ ९ गते थाहा कला केन्द्रको स्थापना भयो । कला संस्कृतिको क्षेत्रमा विभिन्न अभियान सञ्चालन गर्ने उद्देश्यले स्थापित थाहा कला केन्द्र विषेशत कला र संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनका निम्ति तल्लीन रहेको छ । यसै सन्दर्भमा विभिन्न गाउँटोलमा गएर नाटक, सडक नाटक, विभिन्न प्रतिभा प्रस्फुटन गराउने खालका कार्यक्रमहरु, संगीत तथा नृत्य कक्षा (निःशुल्क) रुपमा सञ्चालन गरिरहेको छ ।
थाहा नगरपालिका वडा नं ३ मा हाल यसको कार्यालय अवस्थित छ । अतः सोहि स्थानमा दैनिक विद्यार्थीहरु आफ्नो प्रतिभा प्रस्फुटन तथा निखार्नको निम्ति आवतजावत गर्ने गर्दछन् । हाल थाहा कला केन्द्रले समयको माग अनुसारका विभिन्न गीत नृत्यका भिडियोहरु , आप्mनै परिचय गीत उत्पादन गरी यसै गतिविधिलाई सक्रियताका संवाहक बनाएको छ । यस्तै यस्तै अभियानलाई आत्मसाथ गर्दै हाल थाहा कला केन्द्रले समाज परिवर्तनमा सकारात्मक सोच विषयक चलचित्र निर्माण गर्ने उद्देश्य लिएको छ ,जसका लागि विभिन्न संघ–संस्थाहरुसंग सहकार्य गर्नेछ ।
 समाजमा सदैव विभिन्न विकृति विसङ्गतिहरुले स्थान पाईरहेका हुन्छन् । तसर्थ विभिन्न संघसंस्थाहरु यस्ता समस्याहरु निर्मूल पार्नको निम्ति निरन्तर लागि परिरहेका हुन्छन् । यस्तै सोहि समस्याहरुको चित्रण गरी थाहा कला केन्द्रले पनि आफ्नै अभियान अर्थात कलाको अभियानबाट समाज रुपान्तरणमा चलचित्र निर्माण गर्ने उद्देश्य राखेको छ । विभिन्न मिडियाहरुले विभिन्न माध्यमबाट समाजलाई सकरात्मक बाटो तर्फ डोहो¥याउने खालका गतिविधि तथा कार्यक्रमहरु जस्तो टेलिफिल्म, फिल्म, नाटक, विभिन्न डकुमेन्ट्री सार्वजनिक गरीसकेको सन्दर्भमा थाहा कला केन्द्रको चलचित्र निर्माण अभियान  कुनै नौलो त हैन । तर पनि, (भनिन्छ सफल हुनलाई अरुको भन्दा नयाँ चीज गर्नपर्छ भन्ने छैन, तर त्यसलाई गर्ने शैलि चाई विल्कुलै फरक हुनुपर्छ ) भन्ने कुरालाई आत्मसाथ गरेर यसै बाटोलाई विल्कुल फरक तवरले थाहा कला केन्द्रले यो चलचित्र निर्माण गर्नेछ ।

यस्तै अभियानहरु सञ्चालन गर्ने क्रममा थाहा नगरपालिका – ३ अवस्थित शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारण सभाको अवसरमा थाहा कला केन्द्रलाई नगद सहित सम्मान गरेको छ । कला क्षेत्रमा उल्लेखनिय सहभागिता देखाउँदै निरन्तर खटिरहेकोले र थुप्रै प्रतिभाहरुलाई व्यवस्थित गर्दै गर्न सफल रहिआएकोले सम्मान गरिएको शिखर बचत तथा ऋण सहकारीले जनाएको छ । सम्मानका साथमा सहकारीका अध्यक्ष मधुसुधन विष्टले आगामी दिनमा पनि कला केन्द्रलाई निरन्तर साथ र सहयोग हुने प्रतिबद्धता समेत गर्नुभएको छ । 

हो यस्तै हौसला माया अनि सम्मानले गर्दा नै थाहा कला केन्द्रको सीर उच्च हुदै गएकोमा थाहा कला केन्द्र परिवार विस्वस्त हुँदै निरन्तर यसै क्षेत्रलाई फरक तवरले अगााडि बढ्ने हौसला मिलेको छ । र आगामी उद्देश्य पूरा गर्नको लागि पनि विभिन्न चुनौतिहरु त छदैँछन् तैपनि यसै उद्देश्य प्राप्तिका निम्ति कला केन्द्र परिवार निरन्तर लागिरहनेछ तसर्थ सम्पूर्णमा उक्त अभियानमा मनैदेखिको साथ र सहकार्यको लागि थाहा कला केन्द्र परिवार पुनः हार्दिक अनुरोध गर्दछ ।
                                                    जय थाहा कला केन्द्र 

0 comments

Write Down Your Responses