Powered by Blogger.
साहित्यकार, बुद्धिजीवी तथा पत्रकारहरूको साथ माधव नेपाललाई किन ?


माधवकुमार नेपाल नेपालको राष्ट्रिय राजनीतिका निर्णायक व्यक्तित्व हुन् । सिङ्गो जीवन नेपाल र नेपालीका लागि समर्पित गरेका उनी इमानदार, नैतिक, सच्चरित्रवान्, निष्कलङ्क र अनुभवी राजनेता हुन् । 

उनले मनमोहन अधिकारी नेतृत्वको सरकारमा उपप्रधानमन्त्री हुँदा गरेका कामहरू र पछि आफैँ प्रधानमन्त्री हुँदा थालनी गरेका प्रभावकारी कामहरू नै उनको देशभक्त एवं विकासवादी नेतृत्वका उदाहरणहरू हुन् । 

माधव नेपालले २०६२÷६३ को जनआन्दोलनको नेतृत्व गरी देशमा परिवर्तन ल्याउने कार्यमा, माओवादीलाई युद्धबाट शान्ति प्रक्रियामा ल्याउने महान् कार्यमा, आफू प्रधानमन्त्री हुँदा कसैले गर्न नसकेको प्रशासन सुधारका पक्षमा महत्वपूर्ण कामहरू गरी सुशासन दिने काममा र देशमा गणतन्त्रको स्थापना गरी जनमुखी संविधान लेखनकार्यमा लगायत देशको समृद्धि र विकासका लागि दूरगामी योजनासहितका कामहरूको थालनीमा दिएका योगदानहरू नेपाली माटोले कहिल्यै भुल्न नसक्ने र इतिहासको पानामा युगौँयुगसम्म स्वर्ण अक्षरले लेखिन ेखालका छन् । 

काठमाडौँको क्षेत्र नं २ बाट सांसद बनाएर पठाएको एउटा व्यक्तित्व राष्ट्रिय राजनीतिमा मात्र नभएर अन्तराष्ट्रिय तहमा नै एउटा निर्णायक र निर्विकल्प तहमा पुग्नु हाम्रा लागि गर्वको विषय हो । यति मात्र नभएर माधव नेपाल को हुन् ? र हामीले किन उनलाई भोट दिने निर्णय ग¥यौँ त ? त्यसका कारणहरू निम्नलिखित छन्

नेपाली राजनीतिका निष्कलङ्क, निर्विवाद र निर्णायक व्यक्तित्व,

राजनीतिक नैतिकता, निष्ठा र चरित्रमा विरोधीहरूले पनि औँला ठड्याउन नसक्ने सर्वमान्य राजनेता,

२०६२÷६३ को जनआन्दोलनमा नेतृत्व गरी देशबाट राजसंस्था हटाउन, देशमा गणतन्त्र ल्याउन र जनमुखी संविधान निर्माण गरी जारी गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्न सफल जननेता,

आफू प्रधानमन्त्री भएका बेलामा प्रशासन सुधारका लागि ऐतिहासिक कार्यको थालनी गरी सुशासनको प्रत्याभूति प्रदान गर्न सफल पूर्वप्रधानमन्त्री,

युद्ध, अशान्ति र हातहतियारको बाटोमा हिँडिरहेको माओवादीलाई शान्तिको बाटोमा ल्याएर देशलाई त्रासदीबाट शान्तिप्रक्रियामा मोड्न सफल दूरदर्शी राजनेता,

आफूले गरेको कामको जस अरूले लिँदा पनि विरोधमा नउत्रिने शालीन व्यक्तित्व,

भ्रष्टाचार, अनैतिकता र कपटको तुच्छ हावाले नछोएका स्वच्छ छवि भएका चरित्रवान् जननेता,

देशमा सङ्कट परेका बेलामा नभई नहुने निर्विकल्प र निर्णायक चरित्र,

एमालेको नौ महिने शासन कालको सफलताका कारक, दूरगामी कार्ययोजनाहरूका योजनाकार एवम् सङ्कटपूर्ण अवस्थामा पार्टीको नेतृत्व र देशको शासनसत्तासमेत सम्हालेका सफल राजनेता तथा पूर्वप्रधानमन्त्री,

क. मदन भण्डारीसँगै जनताको बहुदलीय जनवादको वैचारिक दर्शन निर्माणमा संलग्न सहयोद्धा,

विचारमा दृढ, व्यवहारमा लचकदार, जनतामा मिलनसार, दर्शनमा स्पष्ट, कार्यमा सक्रिय, देश विकासमा चिन्तनशील, विरोधीहरूलाई पनि संयोजन गर्ने क्षमता भएका र निरन्तर क्रान्ति, परिवर्तन एवम् लोकतान्त्रिक गणतन्त्रका लागि समर्पित त्यागी राजनेता,

देशको जुनसुकै क्षेत्रबाट पनि चुनावमा उठ्न सक्ने र उठ्नासाथ आफ्नो विजय सुनिश्चित हुने अवस्थामा पनि काठमाडौँको क्षेत्र नं. २ लाई नै रोजेर यहीँबाट देशको समृद्धिको थालनी गर्ने सङ्कल्पका साथ चुनावी मैदानमा आएका लोकप्रिय जननेता, 

नेपाली राजनीतिमा नैतिक मूल्य र मान्यताका एकमात्र उदाहरण,

राष्ट्र, राष्ट्रियता, स्वाभिमान, समस्या र योजनाहरूलाई अन्तर्रा्ष्ट्रिय सभा–सम्मेलनहरूमा निर्भीककताका साथ राख्न सक्ने विश्वले मानेको अन्तर्रा्ष्ट्रिय नेता,

जासुसी, तिलस्मी, उडन्ते र कपटपूर्ण भाषण र व्यर्थ आश्वासनबाट फरक स्पष्ट विचार र जनमुखी व्यवहारका उदाहरण, 

अस्थिर, अराजक, भ्रष्ट र जनताबाट तिरष्कृत हुँदै गएको नेपाली राजनीतिलाई निष्ठाको मार्गमा ल्याउन र जनमुखी स्थायी सरकार दिई देशलाई विकास र समृद्धिको उचाइमा पु¥याउन सक्ने क्षमता भएका राजनेता,


यस्ता महान् र अन्तर्रा्ष्ट्रिय छवि बनाइसकेका नेता एवम् नेपाली जनताका आशा र भरोसाका एक मात्र केन्द्रविन्दुका रूपमा रहेका भद्र, शालीन, गम्भीर, जनताका आँखामा राखे पनि नबिझाउने र देशकै निर्णायक व्यक्तित्व माधव नेपाललाई निरन्तर यस क्षेत्रमा पाउनु हाम्रो गौरवको विषय हो । 

अघिल्ला वर्षहरूमा अनुभवहीन र राष्ट्रिय राजनीतिमा कुनै पनि प्रभाव राख्न नसक्नेहरूको झुण्ड ठूलो भएका कारण सधैँ राजनीतिक अस्थिरता, अराजकता, भ्रष्टाचार र निरन्तर सरकार परिवर्तनजस्ता अराजनीतिक गतिविधिहरू भएका हुन् भन्ने निष्कर्ष हामीले निकालेका छौँ । 

यस्ता अनुभवी, दूरदर्शी, योग्य, दक्ष र अन्तर्रा्ष्ट्रिय व्यक्तित्वसँग अरू उमेद्वारहरूको तुलना नै हुन सक्दैन । त्यसैले यसपटक हाम्रो मत सफल एवं लोकप्रिय राजनेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ।

–काठमाडौँ क्षेत्र नं. २ का सम्पूर्ण साहित्यकार, बुद्धिजीवी, प्राध्यापक र पत्रकारहरू


0 comments

Write Down Your Responses