Powered by Blogger.
विष्णु दाहाल सहित कांग्रेस र राप्रपाका जिल्ला स्तरीय नेताहरु एमालेमा प्रबेश

हेटौँडा,१० मंसिर / 
नेपाली कांग्रेस मकवानपुरका प्रभावशाली नेता तथा पुर्व जिल्ला सचिव विष्णु दाहाल एमालेमा प्रवेश गरेका छन् । आज एमालेको पार्टी कार्यालय हेटौँडामा भएको विशेष कार्यक्रममा दाहाल सहित कांग्रेस तथा राप्रपा र केहि स्वतन्त्र ब्यक्तिहरु एमालेमा प्रवेश गरेका हुन् । नव प्रवेशीलाई एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उमेद्वार विरोध खतिवडा, नेकपा माओबादि केन्द्रका पोलिटब्युरो सदस्य एबम् मकवानपुर क्षेत्र नम्बर २ प्रदेश क का उमेद्वार कुमारी मोक्तान, एमालेका प्रदेशसभा सदस्य एबम् प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उमेद्वार कृष्णप्रसाद दाहाल, प्रदेश सदस्य रामेश्वर राना, पूर्ब साँसद अनन्त पौडेल, जिल्ला अध्यक्ष मुनु सिग्देल सहितका नेताहरुले फुलमाला तथा अबिर लगाएर एमालेमा स्वागत गरेका थिए । एमाले मकवानपुरका अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा एमाले उपाध्यक्ष बद्रि लम्साल, सचिब एकालाल श्रेष्ठ, मोर्चा बिभाग प्रमुख श्रीधर पोख्रेललगायतले बोलेका थिए । दाहाल सहित अन्य नेताहरु एमालेमा प्रबेश गरेपछि काँग्रेसमा खैलाबैला मच्चिएको छ । जिल्लाको नेतृत्व तहसम्म पुगेका दाहाल एमाले प्रबेश गरेपछि काँग्रेसभित्र नेताको समेत सुरक्षा नहुने भन्दै कार्यकर्ता भित्र असन्तुष्टि बढ्न थालेको छ ।
प्रवेश पश्चात दाहालले नेपाली कांग्रेसबाट मुलुक र मकवानपुरको सम्बृद्धि संभव नभएको बताएका छन् । नेपाली कांग्रेसले देशको हित नगरेको बताउँदै आफुले गणेशमानसिंहले किन पार्टी छोडेका रहेछन् भन्ने विषयमा बल्ल कुरा बुझेको बताए  । कार्यक्रममा बोल्दै राप्रपाका पूर्ब जिल्ला सदस्य रामहरी बन्जाराले राप्रपामा लाग्दा सुरुमा राम्रो लागेपछि बिस्तारै बाटो बिसँदै गएको बताए । बाटो बिर्सने पाटि भन्दा देशको हित चाहने पार्टि नेकपा एमाले भएको ठहर गर्दै आफू एमालेमा प्रबेश गरेको बताए ।
प्रवेश गर्नेहरुमा काँग्रेसका महासमिती सदस्य गिता सञ्जेल, नेपाल शिक्षक संघका विशिष्ठ सदस्य पिताम्बर वास्तोला समेत रहेका छन् । त्यसैगरी राप्रपाका पुर्ब जिल्ला सदस्य रामहरी बञ्जरा, नेपाली कांग्रेस मनहरी गाउँपालिका सदस्य उत्तम पराजुली, नेपाली कांग्रेस क्रियाशिल सदस्य वालक सापकोटा, निर्माण ब्यबसायी श्रीकृष्ण कार्की, युवा ब्यबसायी हिमाल पौडेल, राप्रपाका अभिनय घिमिरे, नेपाली कांग्रेस वकैया गाउँपालिकाकी गंगा लामा, कलाकार तथा ब्यबसायी कृष्ण गोपाल सिंह नेकपा एमालेमा प्रबेश गरेका हुन् ।

0 comments

Write Down Your Responses