Powered by Blogger.
सरकार बनाउने र गिराउने षडयन्त्रमै नेतृत्व लट्पटियो, अब त्यसो हुन दिन्नौंः पोखरेल


काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले लामो समयदेखि चल्दै आएको राजनीतिक दुर्दशाको अन्त्य अव चाँडै हुने वताउनुभएको छ । 

राजनीतिक अस्थिरताकै कारण यसविचमा मुलुक अस्तव्यस्त भएको भन्दै उहाँले अवको एक महिनापछि दुईतिहाई वहुमत सहितको वामपन्थी नेतृत्वमा सरकार बन्ने र परिणाम निकाल्ने गरि काम गरिने वताउनुभयो । 

महासचिव पोखरेलले प्रत्येक ६ ÷६ महिनामा सरकार वनाउने र गिराउने सिलसिलाको अन्त्य नभै मुलुकको सम्वृद्धिको रथ अघि नवढ्ने धारणा राख्नुभयो । 

काठमाडौं निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधीसभा उम्मेदवार समेत रहेका पोखरेलले वहुदलीय व्यवस्थापछि सरकार बनाउने र गिराउने षडयन्त्रमै यसविचमा राजनीतिक नेतृत्व लट्पटिएको भन्दैं अव त्यसो हुन नदिने जिम्मा मतदाता समक्ष आइपुगेको वताउनुभयो । 

‘एउटा दुर्भाग्यपूर्ण कुरा नै भन्नुपर्छ, यसविचमा सरकार बनाउने र ढाल्ने कुरा सामान्य जस्तै वन्यो, ६ ÷६ महिनामा सरकार टेको लगाएर राख्ने, बनाउने र ढाल्ने यो सिलसिलामा राजनीतिक नेतृत्व लट्पटियो’– गैरीधारामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव पोखरेलले भन्नुभयो –‘यसले देशको अर्थतन्त्र चौपट ग¥यो, हाम्रो सामाजिक सांस्कृतिक अवस्थालाई कमजोर गरायो, राष्ट्रिय स्वाभिमानलाई कमजोर भयो, विदेशसितको हाम्रो सम्वन्धलाई कमजोर वनाईदियो, हामी हामी परनिर्भर हुने स्थिती पैदा भयो, कुनै उत्पादन हुने कारखाना निर्माण गर्ने सकेनौं, अव पनि त्यस्तो सिलसिलाले निरन्तरता पाउनुहुँदैंन ।’ 

राजनीतिक स्थिरतामा मात्रै राजनीतिक नेतृत्वको योग्यताको सहि मापन हुने भन्दैं अव वामगठवन्धनलाई एकपटक दुईतिहाई वहुमत दिएर मुलुक बनाउने जिम्मेवारी सहित अवसर प्रदान गर्ने महासचिव पोखरेलले आग्रह गर्नुभयो । ‘मुलुकको भाग्य र भविष्यको रथ सम्वृद्धि तर्फ लैजाने कि फेरी उही दुस्चक्रमा फसाउने अव फैसलाा गर्नुस’ उहाँले भन्नुभयो–‘विगतमा कहिले दुई तिहाइ र कहिले वहुमत सहितको जनमत पाएर पनि योग्यता प्रदर्शन गर्ने नसक्ने काँग्रेसलाई होइन, अव हामीलाई असवर दिनुहोस ।’

महासचिव पोखरेलले वामगठवन्धनले वहुमत प्राप्त गरेर एक महिनाभित्र सरकार बनाएपछि आम जनताले अनुभूत हुने गरि काम गरेर देखाउने बताउनुभयो । उहाँले वामपन्थी गठवन्धनको साझा संकल्प र प्रतिवद्धतामा आधारित भएर काम गर्ने वताउनुभयो । 

कार्यक्रममा काठमाडौं ५ प्रदेशसभा १ तर्फका उम्मेदवार नारायण सिलवालले जनताको शिर उचो पार्ने गरि आफुले काम गर्ने वताउनुभयो ।

यसैविच, वुढानिलकण्ठ नगरपालिकाका वडा नंं ५ का काँग्रेसका स्थानीय नेता निरन शाह ठकुरी र मुकुन्द सापकोटा एमालेमा प्रवेश गर्नुभएको छ । कम्फर्ट हाउजिङमा आयोजित मतदाताको अन्तक्र्रिया कार्यक्रममा दुवैजना एमाले प्रवेश गर्नुभएको हो । 

नवप्रवेशीलाई महासचिव पोखरेल र निर्वाचन परिचालन कमिटीका संयोजक तथा पार्टी केन्द्रीय सदस्य सूर्य थापाले स्वागत गर्नुभएको थियो । 

कार्यक्रममा कम्फर्ट हाउजिङका अगुवाहरुले स्थायी सरकार हुँदा मात्रै देश विकास हुन सक्ने भन्दैं मुलुक अहिले त्यो सम्भावनाको नजिक भएको बताए ।




0 comments

Write Down Your Responses