Powered by Blogger.
दङ्गालीको आस्था र विश्वासः शंकर पोखरेल


निर्वाचनलाई गलत दिशामा जानबाट रोक्नु आम मतदाताको दायित्व हो । एउटा निर्वाचनमा गरिने एउटा गल्तीले वर्षौसम्म भविष्यका सम्भावनाहरुलाई समाप्त पारिदिन्छ । निर्वाचनका उचित परिणाम र निश्कर्षहरुले मात्र सम्बृद्धीतिरको यात्रा तय गर्न सकिन्छ । 

त्यसका लागि दृष्टिकोण र नेतृत्वको सन्दर्भमा गहिरिएर छलफल गर्नु आवश्यक हुन्छ । यसरी गरिने छलफलको अर्थ, अरुको अरुलाई अयोग्य देखाउने कदापी होइन । तर, सबैभन्दा योग्यलाई छानौ भन्ने आग्रह सम्म हो । चर्चा गर्न खोजिएको विषय हो–प्रदेश नम्बर ५ को । 

भूगोल र सम्भावित नेतृत्वको दृष्टिले प्रदेश नम्बर ५ देशभरको चासो बनेको छ । अपार सम्भावनाको भुगोल र विविधताबीचको एकताको पूर्ण स्वरुप हो ५ नम्बर प्रदेश । त्यसो त विगतमा यस्तै संभावनाहरु समेतलाई ध्यानमा राखेर प्रदेश नम्बर ५ लाई विभाजित गर्ने प्रयत्न केही शक्तिहरुबाट भएकै हो । 

विभिन्न नाममा पटक पटक प्रदेश नम्बर ५ लाई विभाजित गर्ने प्रयासहरु भएकोबारे हामी जानकार नै छौ । तर ति प्रयासहरु जनस्तरबाट अस्वीकृत भएका थिए । जसको अर्थ हो कुशल नेतृत्वको अगुवाइमा जनस्तबाट समेत प्रयास गरियो भने धेरै कुरा हासिल गर्न सकिन्छ । 

यसकै परिणाम हामी अहिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा केन्द्रीत छौ । नेताहरु जनताबीच पुगिरेहका छन् भने जनता पनि अब आर्थिक विकासको बाटोमै अघि वढ्न चाहेका छन् । 

संभावनाका अनेकौ पाटोहरुलाई केलाउँदै गर्दा हामीले मुल रुपमा पाँच नम्बर प्रदेशमा सम्बृद्धीको आधार, त्यसप्रतिको दृष्टिकोण, कार्यान्वयनको क्षमता, राष्ट्रिय राजनीतिमा पार्नसक्ने प्रभाव र पहुँच जस्ता विषयहरुलाई ध्यानमा राखेर नेतृत्व चयन गर्नु आवश्यक हुन्छ ।

 नेतृत्व चयनको सन्दर्भमा उचित निश्कर्ष निकाल्न सकिएन भने त्यसले आफ्नै अगाडी रहेका संभावनाहरुलाई समेत निकै पछाडी धकेलिदिन्छ । हामी सबै यो कुरालाई बुझेर अघि वढ्नु आवश्यक छ ।  

कस्तो नेतृत्व किन ? 
लेखकःउदय पोखरेल


प्रदेश नम्बर ५ को मुख्य मन्त्रीको रुपमा उम्मेद्वार बन्नेक्रममा दाङ जानु एक दिन अघि संचारकर्मीसँगको संक्षिप्त भेटमा एमाले नेता शंकर पोखरेलले भनेका थिए–अधिकारप्राप्तिको लडाइकोक्रम सकियो, अबको बाटो आर्थिक विकासको हो । 

उनले थपेका थिए–अब एउटा प्रदेशले सिङ्गो देशका लागि उचित सन्देश दिनसक्छ र त्यसमार्फत राज्यलाई बलियो बनाउन सकिन्छ । प्रेदशहरु ब्लियो बन्न सकेनन् भने राष्ट्र बलियो हुँदैन । आफ्ना लागि मुख्य मन्त्रीको जिम्मेवारी चुनौति र अवसरका दृष्टिले बराबरी जस्तै हुने भन्दै आफु चुनौतिलाई पन्छाएर अघि वढ्न सक्ने विश्वास ब्यक्त गरेका थिए । 

पहाडदेखि तराइसम्म, छिमेकी भारतको भूभागलाई समेत छोएको यो प्रदेशले सिङ्गो राष्ट्रलाई जोड्न सक्ने उनको भनाई थियो । पोखरेलका भनाइहरुलाई आधार मान्ने हो भने उनको सम्पूर्ण ध्यान अब पाँच नम्बर प्रदेशलाई कसरी सम्बृद्ध बनाउन सकिन्छ भन्नेमा केन्द्रीत छ । भू राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेता पोखरेलले राज्यपुनर्संरनाको काममा खेलेको भूमिकाले पनि नेकपा एमाले र माओवादी केन्द्रले पोखरेलाई महत्वपूर्ण भूमिका दिन चाहेको बुझिन्छ । 

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोखरेललाई मुख्यमन्त्रीको रुपमा अघि सारेर संघीयतामार्फत नेपालको आर्थिक सामाजिक विकासको मोडल प्रस्तुत गर्न चाहेको बुझ्न कठिन छैन । 

सबैलाई सक्षम बनाउने कि केही मात्र सक्षम बन्ने ? नेपाली राजनीतिको प्रवृतिलाई हेर्ने हो भने आफुलाई मात्रै सक्षम देख्ने परिपाटी छ । तर पोखरेल यस्ता नेता हुन् जसले जस्तो सुकै अवस्थामा पनि आफुलाई राष्ट्रिय राजनीति र आर्थिक सामाजिक विकासमा स्पष्ट दृष्टिकोणकासाथ उभ्याइरहे । 

दङ्गाली मतदातामा



प्रादेशिक संरचना बलियो हुँदा मात्रै राज्य बलियो हुनसक्छ । त्यो प्रादेशिक संरचनाको जग हाल्ने र त्यसलाई बलियो बनाउने दायित्व दङ्गालीलाई आउने अवस्थामा अब दुविधाग्रस्त बनिरहनु जरुरी छैन । 

अघिल्लो पटकको निर्वाचनमा शंकर पोखरेल पराजित भए पनि राष्ट्रिय राजनीतिमा उनको भूमिकालाई गहिरिएर हेर्नु जरुरी छ । उनीसँग प्रतिष्पर्धा गरेर विजयी बनेकाहरुले संसदमा जनताको पक्षमा कति दिन के कुरा बोले र त्यसको समाधानमा कस्ता प्रयास गरे तथ्यांकहरु हेर्दा पुग्छ । 

राष्ट्रिय विकासका लागि प्रष्ट दृष्टिकोण दिनसक्ने नेताले प्रदेशको सन्दर्भमा अझ वढी प्रष्ट दृष्टिकोण ल्याउने निश्चित छ । किनकी त्यसको कार्यान्वयनको दायित्वसमेत उनैसँग रहनेछ । नीति निर्माणको महत्वपूर्ण चरणमा यस्ता राजनीतिकर्मीले समग्र देशको विकासको मोडल तय गर्न सक्छन् । 

अहिले पाँच नम्बर प्रदेशमा राष्ट्रिय गौरवका पाँच वटा आयोजनाहरु निर्माणको क्रममा छन् । ति आयोजनाहरु पाँच वर्ष भित्रै पुरा गरी संचालनमा ल्याउन योग्य नेतृत्व आवश्यक छ । कृषि, स्वास्थ्य, शिक्षा, रोजगारी, समाजिक सुरक्षा, सिमान्तकृत समूदायको हित, खानेपानी र सिचाईको उचित प्रवन्ध जस्ता कामको आधारमा आर्थिक विकासका लागि बाटो तय गर्न सकिने र त्यसको नेतृत्वका लागि शंकर पोखरेल नै उपयुक्त पात्र हुनेमा कुनै दुविधा छैन । 


0 comments

Write Down Your Responses