Powered by Blogger.
पालुङ बहुउद्देश्यीय सहकारी सञ्चालकहरुको ‘दुहुनो गाई’ ?


थाहा नगर । उत्तरी मकवानपुरमा १८ वर्ष अघि स्थापना भएको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सञ्चालकहरुको बदनियतका कारण सर्वसाधारणको विकर्षणको थलो बन्दै गइरहेको छ । 

७ हजार भन्दा बढी सर्वसाधारणको निक्षेप संकलन गरेर सो क्षेत्रमै ठुलो आकारको सहकारीमा दर्ज भएको उक्त संस्था पछिल्ला दिनमा सञ्चालकहरुको ‘दुहुनो गाई’ बनेको भन्दै सर्वत्र गुनासो बढेको छ ।

पछिल्ला दिनमा संस्थामा नातावाद हावी भएको, कर्जा लगानीमा प्रक्रिया मिचेर मनोमानी गर्ने गरेको, सिमित सञ्चालकहरुको एकाधिकार चल्ने गरेको र संस्थाको साधान स्रोत व्यापक रुपमा दुरुपयोग हुन थालेको भन्दै संस्थाका सदस्यहरुबीचमा नै चरम असन्तुष्टी छाएको हो ।

२०५६ सालमा स्थापना भएको उक्त संस्थाले संकटकालमा सो क्षेत्रमा सरकारी वैंकका शाखाहरु विस्थापित भएका बेला राम्ररी फस्टाउने मौका पायो । पालुङ क्षेत्रका अधिकांश तरकारी कृषकको नगद बचत गरेर सुरुवातमै राम्ररी पुँजी संकलन गर्दै आएको उक्त संस्था पछिल्लो दिनमा झन् झाँङ्गीदै गएको छ । 

तर पनि विपन्न किसान, गरिव र तल्ला वर्गलाई भन्दा पनि संस्थाले सिमित व्यापारीहरुको नै बढीजसो हित गर्दै आएको छ । संस्थाबाट श्रृण निकाल्नका लागि सर्वसाधारण गएको खण्डमा अनेक बहाना गरेर यत्तिकै फकाईदिने तर सञ्चालकहरुले भने आ आफ्ना मान्छेलाई मनपरी ढंगले कर्जा प्रवाह गर्ने गरेको गुनासो छ । 

त्यतीमात्र होइन सहकारीका सात सिद्धान्त पनि संस्थाका पदाधिकारीहरुले पुरा नगरेको आरोप छ । 

त्यसो त गत असोज २० गते सम्पन्न संस्थाको १८ औं वार्षिक साधारणसभामा प्रस्तुत गरिएको लेखा समितिको प्रतिवेदनामा पनि यो कुरा औंल्याइएको छ । 

उक्त प्रतिवेदनको बुँदा नम्बर ३ को उपबुँदा घ देखि थ सम्मका खण्डहरुमा संस्थाले गरेको बदमासी उल्लेख गरिएको छ । 

सो प्रतिवेदनमा ‘केही कर्जाहरुमा भुक्तानी तालिका नराखिएको, धितो निरीक्षण प्रतिवेदन संलग्न नगरिएको, सहकारी मापदण्ड २०६८ को दफा ६६ ग अनुसार संस्थाबाट  व्यापारिक उद्देश्यले जग्गाको खरिद विक्री तथा सञ्चालकहरुको लगानीमा खोलिएको निजी उद्योग व्यवसायमा लगानी गर्न नहुने भनिएता पनि सञ्चालक समिति सदस्यलाई निजी उद्योग व्यवसायमा लगानी गर्न ऋण दिइएको उल्लेख छ ।

 हेर्नुहोस् उक्त प्रतिवेदनको अंशः

त्यतीमात्र होइन उक्त सहकारीमा आफन्त भर्ती गर्ने, सञ्चालकहरुले विभिन्न सुविधा लिने,  खर्चको शिर्षक तथा बिल मिलाएर लाखौं रकम फाइदा लिने, संस्थाको पैसाबाट ल्यापटप तथा विभिन्न सुविधा लिने मात्र होइन की केही सञ्चालकहरु अन्य कामले बजार आएका बेला संस्थाको नाममा खाजा खान मात्र पनि सहकारी छिर्ने गरेको स्रोतले बतायो । 




0 comments

Write Down Your Responses